आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख, अटिड शाखाका कर्मचारी विचौलियाबाट हाताहाती धन्दामा अडिट, अग्रिम कर निर्धारण, कम्प्युटर, कागजात फाइल लिएर गएपछि व्यवसायीस“ग बार्गेनि· शुरु

धरान÷प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि दैनिक पत्रपकिाका सम्पादकहरुसँगको काठमाण्डौमा भएको भेटमा भ्रष्टाचार, घुसखोरीको मामलामा आफू कडा भएको, आउँदा दिनमा केही न केही कडा कदम चाल्ने अवस्थामा पुगेको बताउनु भए तापनि उहाँको भनाईलाई चुनौति दिँदै यतिबेला आन्तरिक राजस्व कार्यालय धरान सुनसरीका कार्यालय प्रमुख र अडिट शाखाका केही कर्मचारीहरुले हाताहाती धन्दालाई रामै्रसँग अगाडि बढाएको पाइएको छ ।
आन्तरिक राजस्व कार्यालय धरानका एक कर्मचारीले आÏनो नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार अहिले जस्तो बेथिति कार्यालयमा कहिल्यै देखिएको थिएन । कार्यालय प्रमुख देवनाराण पौड्यालकै मिलीभगतमा अडिट शाखाका कर्मचारीहरु व्यवसायीलाई तर्साउने काम गरिरहेका छन् ।
नियमित र निर्धारण गरिए बमोजिम राजस्व तिर्दा पनि भागबण्डामा परेका व्यवसयीक प्रष्ठिानहरुमा गएर कम्प्युटर, कागजात, फाइल लिएर आउँछन र त्यो प्रतिष्ठानका अडिटरलाई बोलाउँछन् त्यसपछि हाताहाती अर्थात लेनदेनको बार्गेनिङ्ग शुरु हुन्छ, ती कर्मचारीले भने । पछिल्लो समय आधा दर्जन कर सहयोगी, विचौलिया (दलाल) हरु समेत सक्रिय भएका छन् । उनीहरुको धन्दा अपरिचित अडिटरमार्फत प्रमाणित गराउँछन् । व्यालेन्स सिटमा त्यस्ता अपरिचित अडिटरबाट प्रमाणित गराएपछि व्यसायीबाट रकम असुल गर्छन्, व्यालेन्स सिट (वासलात) भन्ने कुरा नै त्यस्ता अपरिचित अडिटरलाई थाहा हुँदैन तर सही गर्दिन्छन् । सही गरेवापत कर्मचारी र विचौलिया मिलेर व्यवसायीबाट असुल गरेको रकम भागबण्डा गर्छन्, उनले भने ।


यसरी रकम असुल्ने काममा अडिटर शाखाका अनमोल दाहाल र रमेश ओझा, नेत्र घिमिरे र रमेश कार्की अगाडि देखिएका छन् । व्यवसायीबाट रकम असुल्न सहज होस् भन्नकै लागि कार्यालय प्रमुखले नेत्र घिमिरेलाई तल्लो फाँटबाट अडिट शाखामा सरुवा गरेका हुन्, एक पुराना अडिटरले भने । अडिटमा पारिएका कुनै पनि फाइल पैसा नखाई छाड्दैनन् । उनले भने अडिटमा परेका फाइलका लागि अडिटरलाई बोलाउँछन । पैसा पाएनन् भने फाइल नहेरिदिने, लामो समयसम्म राखिदिने, फोन गरेर तर्साउनेसम्म गर्छन् । उनीहरु अडिटर पोजेटिव नभएमा व्यवसायीलाई अर्को अडिटर खोज भन्छन् । उनले भने पछिल्लो समय कार्यालय भित्रैका कर्मचारीहरुले क्यासपियर (करदाता) को फाइल जिम्मा लिएर रकम असुलेपछि काम गरिदिने गरेका छन् ।
सुनसरी जिल्लाको इटहरी, धरान, इनरुवा,दुहवी, झुम्का, खनारका दर्जनौ व्यवसायी आन्तरिक राजस्व कार्यालय धरानका कार्यालय प्रमुख र सीमित कर्मचारीबाट आतंकित भएको ती अडिटरले बताए । निजी विद्यालयहरुलाई समेत ५०÷१००००० लिएर दुःख दिने गरेका छन् । इटहरीका एक व्यवसायीले भने यस्तै अवस्था हो भने यहाँ व्यवसाय गरेर बस्न सकिदैन । मलाई सडकमा ल्याइसकेका छन् । भारतीय मुलका ती नेपाली नागरिकले भने इमान्दारिता पूर्वक कर तिर्दा समेत कागजपत्र विल, भौचर, कम्प्युटर लिएर गएर अडिटर मार्फत रकम माग्ने गर्छन् । भित्री पीडालाई लुकाएर आफै आन्तरिक कार्यालय पुगेका उनसँग कार्यालय परिसरमै जम्का भेट हुँदा सोध्दा भने अनमोल सरले चिया खान बोलाउनु भएकोले आएको हुँ । उनलाई कहिले विहान, कहिले बेलुका फोन गरेर तर्साउने गरेको पनि उनले बताए । यसै सम्बन्धमा केही दिन अगाडि हामीले कार्यालय प्रमुख देवनाराण्ण पौड्यालसँग यसै सम्न्बधमा बुझ्न सम्पर्क राख्दा उनले भने कार्यालय प्रयोजनमा कर्मचारीहरुले साँझ, विहान जुनसकै बेला पनि फोन सम्पर्क गर्न सक्छन् भन्दै गैर जिम्मेवारी जवाफ दिएका थिए । आन्तरिक राजस्व कार्यालय धरानले पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका स्थानका व्यवसायको समेत राजस्व संकलन गर्ने
गर्छन । धनकुटाका एक हार्डवेयर व्यवसायीबाट केही दिन अगाडि मात्र रु ५० हजार रुपैया घुस लिएका थिए भने तेह्रथुमका एक मदिरा पसल सञ्चालन गरेर बस्ने व्यवसायीबाट त्यसैगरी रकम असुलेका थिए । ती अडिटरले भने आन्तरिक राजस्व कार्यालय धरानमा सेवाग्राही व्यवसायीहरुसँग अतिरिक्त रकम लिने आयाम बढेको छ ।
सरकारले भ्रष्टाचार गर्ने र घुस लिएर दुःख दिने कर्मचारीहरुलाई फस्ट ट्रयाकबाट कारबाही गर्ने भने तापनि केही हुन नसकेको उनले बताए ।
हाताहातीको कारोबार गर्नेहरुलाई नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुन्धान आयोग छ, त्यसका क्षेत्रीय कार्यालयहरु पनि खुलेका छन् तर त्यसका काम कारबाही हेर्दा टिठलाग्दो अवस्था रहेको छ । केही दिन अगाडि हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका कार्यालय प्रमुख महेश आचार्यसँग व्यवसायीहरुबाट अतिरिक्त रकम लिनेमाथि कारबाही भएको देखिएन नि भन्ने जिज्ञासा राखेका थियौं ।
प्रत्युत्तरमा आचार्यले भन्नुभयो हामी सेवाग्राहीको बढी चाप हुने कार्यालयमा सादा पोसाकमा कर्मचारी खटाउने व्यवस्था गर्दैछौं । तर अहिलेसम्म आचर्याको भनाईले मूर्त रुप लिएको छैन । यसै सम्बन्धमा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालसँग ९८५१०७८७४९ मा सम्पर्क राख्दा सम्पर्क हुन सकेन । महानिर्देशन नेपाल अर्थमन्त्री युवराज खतिवडासँगै पूर्वको राजविराज, संखुवासभा, झापा गएको सोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया