विद्यालय स्तरबाटै विभिन्न विद्यामा तालिम शुरु

धरान÷विद्यार्थीहरुभित्र रहेको क्षमतालाई बाहिर ल्याउन गरिमा डान्स धरानले विभिन्न विधामा तालिम दिएको छ ।
गर्मीको विदालाई सदुपयोग गर्दै ५ बर्षदेखि १४ बर्ष सम्मका बालबालिकाहरुलाई उद्घोषण कला, नृत्य र, ¥याप वक लगयतका तालिमहरु दिइएको थियो ।
यसरी सिकाइएका विद्यार्थीहरुलाई प्रतिष्पर्धामा समेत उतारिएको थियो । सोही प्रष्पिर्धाबाट उत्कृष्ट विद्याका विद्याका विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको
थियो ।
प्रतिष्पर्धाबाट जुनियर तर्फ बेष्ट डान्स परिवर्तन राई, बेष्ट क्याटवाक जेनिसा तामाङ, बेष्ट कराते डेमो अपेक्षा तामाङ, वेष्ट डिसिप्लीन अर्चन तामाङ, वेष्ट ड्रेस सुशिल याक्खा, बेष्ट इन्टरडक्सन परिवर्तन राई, बेष्ट फोटो जेनिक अपेक्षा तामाङ, वेष्ट स्माईल लाजेहाङ याक्खा, वेष्ट पर्सन्यालिटी दिक्सन याक्खा घोषित भएका थिए भने सिनियर तर्फ वेष्ट डान्स याङ्क्षेन शेर्पा, वेष्ट कराते डेमो दिप्सन तामाङ, वेष्ट डे«स जेसाङ लिम्बु, वेष्ट डिसिप्लीन आदित्यका धमला, वेष्ट इन्टरडक्सन युना खापुङ, वेष्ट फोटो जेनिक सुजाता राई, वेष्ट स्माईल आरोही श्रेष्ठ र वेष्ट पर्सन्यालिटी नुमा लिम्बु घोषित भएका थिए । उत्कृष्ट भएका उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी सुवास हुक्पा चोङबाङ,
गरिमाका प्रबन्ध निर्देशक मणिकुमार लिम्बु र धरान जेसीजका भुपु अध्यक्ष प्रेमराज शाक्ले ट्रफी हस्तान्तर गरेका थिए । उत्कृष्ट छनौट तर्फका निर्णायकहरुमा नृत्यद्वय निर्देशक नन्दा
राई, भक्ति राई, धरान जेसीजका भुतपूर्व अध्यक्षद्वय दोर्पध्वज राई, प्रेमराज शाक्य, कराते प्रशिक्षक राज लिम्बु, मिस लिम्बु २०१४ की मिस चार्मिङ कुन्नी हाङस्रोङ लिम्बु, मिस लिम्बु २०१७ की फस्ट रनरअप सन्ध्या तुम्बाहाम्फे, मिस एस ई.ई.२०१७ की सेकेन्ड रनरअप लिसारा थापा मगर रहेका थिए ।
सो अवसरमा नृत्य निर्देशक माया सुनवार राई, नेपाल टेलिभिजनबाट प्रशारित छमछमी सिजन ३ की फस्ट रनरअप मनिता राई र छमछमीकै सिजन २ का फष्ट रनरअप सुरेश राईलाई सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया