घण्टाघरबाट हेर्दा

दह«ै झापड दे छन्
हाम्रा पर्धानमन्तरी खप्रओबालाइ अब हेप्ने दिन तुरिए । हेप्न पनि कम्ता हेप्या थे त ? कहिले उखान तुक्के भन्या छन्, कहिले कर प्रसाद भन्या छन्, कहिले हावादारी गफ गेर्ने भन्या छन, कहिले कक्षा ८ सम्म मात्र पढ्या अँग्रेजी त फिटिक्कै जान्दैनन् भन्या छन् । ए बाबा † हेप्नुको पनि भन्नुको पनि एउटा सीमा हुन्छ नि ? बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु बस्न पाएँ भन्दैमा थ्याच्च नबस्नु भन्ने उखानको त अलिकति ख्याल गर्नुपर्छ । विमस्टेक वैठकमा फर्रर्र अंग्रेजी बोलेर हाम्रा पर्धानमन्तरीले सबै जोरी पारीको गालामा थप्पड हान्देका छन् । अब थुतुनो चलाऊन हेरम ? यो विचित्रको मुलुक हो भन्ने कस्तो अलिकति हेक्का नभाको हँ ? हेलम्बु गाउँ पालिका सोनाम तामाङ्गले पाल्या गोरुले एक माना दूध दिन्छ भने हाम्रा पर्धानमन्तरीलाई फर्रर्र अंग्रेजी बोल्न के को आपत्ति ? गोरुले दूध दिन सक्छ भने पर्धानमन्तरीले अंग्रजी बोल्न किन सक्दैनन् । विमस्टेकको वैठकमा बोलेर देखाइदिए त ? जे भे नि पर्धानमन्तरी पो हुन वा †
छातेले छत्री ओढाए
नेपालँ भर्खरै विमेष्टिक बैठक सिद्या छ । वैठक सिद्धिन पा’छैन जोरी पारीहरुको खस्याउ खस्याउ गफ शुरु भैसक्या छ । के निहु पाउँ कनिका बुक्याऊ भन्ने ध्याउन्नमा हुन्छ यहाँ जोरीपारीहरु । अब हेरम न विमस्टेक बैठकाँ विदेशी सरकारका प्रमुखहरु आउने नै भए । विमस्टेकको बेला काठमाण्डौमा गर्मीमा गर्मी उद्युम थिएछ । त्यस्तो बेलामा छत्री त ओढ्नै पर्छ अब हेरम न छत्री ओढेको, ओढाएको कुरालाई लिएर यतिबेला जोरी पारीहरुले पहाड बनाका छन् । म्यानमारका राष्ट्रपति विन मिन्टले आफै छत्री बोकेर ओढेछन् । सँगै हिडेका नेपालका उपपर्धानमन्री इश्वर पोख्रेलललाई छातेले छात्री ओढाएछ । वात यति मारका राष्ट्रपति आफै ओढ्ने हाम्राले चाहिँ ओडेनन् भनेर किन गर्दन फुलाउनु र चिच्याउनु ? विचरा म्यानमारका
राष्ट्रपति छत्री ओढाइदिने मान्छे नै भएनन । ईश्वर पोख्रेललाई ओढाउने सुरक्षेकर्मी थिए नि त । जे होस् तातेले छत्री ओढाएको कुराले राम्रै चर्चा पायो ।
भेटै दिएनन् रे
प्रसंग विमस्टेक बैठककै हो । दुइ दिनसम्म चल्या विमस्टेक बैठकमा सडकै खाली गरेर विदेशी राष्ट्रप्रमुखहरुलाई सननन सडकाँ दौडाइयो । सर्वसाधारणले व्यहोर्नु सम्मको हैरानी व्यहोरे भनेर केही सञ्चारमाध्येमहरुले ताइ न तुईको समाचार पस्किएछन् । हाम्रै देशकी
राष्ट्रपति हिड्दा त सडकाँ कुनै सनलाई समेत हिड्न नदिएर खाली गराइन्छ त्यसमाथि झन विदेशी सरकारका प्रमुख पो परे त सडक खाली त गर्नैपर्छ । अझ रोचक कुराचाहिँ के परेछ भने भारतीय पर्धानमन्तरीले यसपटक पूर्व
पर्धानमन्तरीहरु स्यालबहादुर, माकुन्याउ, झल्ला झलु, महन्त वा, उपिन्द्र जादव, बाउराम कसैलाई नि भेट दिएनन् रे । ती सबैलाई खप्रओले द्या रात्री भोजमा भेटेकै हो । एकपटक भेट्टाएसी फेरि किन भेट्नु प¥या यो र ? वर्तमान हुँदा हुँदै पूर्वसँग भेट्नुको महत्व पनि त रहँदैन । कि कसो हौ ?
तोरीबारी बनाए रे
नेप्लिज लाँग्रेसका जुवा नेता गनगने थापा नि कहिलेकाहीँ उटपट्याङ्ग कुरा गर्छन् गफ चुट्न त ओली वाको नजिक नजिक पुग्या गनगने थापाले अस्तिका दिन एउटा कार्जेक्रममा भनेछन् खप्रओलीले चार जात ३६ वर्णको फूलबारीलाई तोरी बारी बनाए । गनगने थापालाई कस्तो अलिकति पनि हेक्का नभाको हँ ? कम्युनिस्टले ३६ वर्णको फूलबारी मान्दैनन् । उनेरको उद्देश्ये भन्या एकै छत्रको तोरीबार नै बनाउने हो । कम्युनिस्ट शासनमा सबै जन्ता एकै छत्रका हुनुपर्छ । अनि पो कम्युनिष्ट शासन गनगने काजीले खै कुरा बुझ्या ? ३६ वर्णको फूलबारीको के औचित्ये । खसी बाख्री एकै धोक्री माने सबैलाई समान बनाइदियो लन्ठै साफ ।
बाउराम राष्ट्रिय जनावर
सत्तामा बस्ने बानी भा’काहरु सत्ताबाट हटेसी ठिस ठिस हुन्छ भन्थे हो कि क्या हो ? नत्र एक पटक अर्थमन्तरी र अर्के पटक पर्धानमन्री भाका त्यो नयाँ हो कि पुरानो शक्तिका संयोजक बाउराम भट्टराई यतिबेला अलि बेसुरका गफ किन गर्थे ? हुन त त्यसरी बेसुरका गफ गर्नेमा बाउरामात्र नभएर राजपाका
राजिन्दर, लाँग्रेसका स्यालबहादुर, राप्रपाका कमलाउ पनि छन् । तर पनि बाउरामचाहिँ अलि ज्यादै बेसुर भा’ हुन कि भन्ने घण्टाघरलाई लाइरा’छ । अस्तिका दिन एक कार्जेक्रममा बाउरामले भनेछन्
राष्ट्रिय जनावर गाईलाई ज्यान गए नि बनाउनु हुँदैन । गाईलाई नबनाएर के गधालाई बनाउने त ? कि बाउरामको आसये आफैलाई राष्ट्रिय जनावर घोषित गर्दिए हुन्यो भन्ने हो ? खै केही बुझिएन । गाईको दूध, गोवर, गहुँ त सबै चल्छ । बाउरामको चल्दैन क्यारे । कुनै कुरा चल्दैन नचल्नेलाई राष्ट्रिये जनावर घोषना गर्न अलि मिल्दैन कि ? हुन त यस मुलुकाँ नमिल्ने केचाहिँ छ र ? कि कसो हौ ?
फर्सी खुवाए रे
चित्रबहादुर केसी । नाम जस्तो छ तिनको बोली र व्यवहार पनि त्यस्तै छ । उन्लाई किन सत्तामा जाम्ला, घुस खाम्ला, राजधानीमा आलिशान महल जोडम्ला, चिल्ला गाडीमा दौडम्ला भन्ने छ । भेडिया घसान झै घसेका छन्, संघीयता खारेज नगरे संघीयताले नेपालै खाइदिन्छ भनेर । चुनाउका बेला नि उन्ले कहिल्यै आश्वासन बाँडेनन् । त्यत्रा नेता भएर नि टेम्पो, बस चढेर हिड्छन् । अनि चित्रबहादुर विचित्रका होइनन् त ? अस्तिका दिन उन्ले भन्या प्रचण्डाउ र पर्धानमन्तरी खप्रओले चुनाउका बेला जन्तालाई खसीको सपना बाँडे अहिले चाहिँ फर्सी ख्वाए रे । कुरोचाहिँ सोह«ैआना ठीक हो । खसीको सपना नदेखाको भे’ प्रचण्डाउ र खप्रओ सत्तामा पुग्ने नै थिएनन् । नेपाली जन्तालाई यस्तै ठूला ठूला सपना देखाउनुपर्छ । ठूला सपना नेखाउनलाई नेतै मान्दैनन् । पछि ढुंगामा ठेस लागेसी चित्रबहादुर केसी सम्झन्छन । कि कसो हौ ?
आफ्नै घोचो आफैतिर सोझो
घरेलु मन्तरी आफूलाई खुबै तिरमार खाँ सम्झन्थे अहिले भने अलिकति डल्लो परेका छन् । आफनै विरुद्धमा सर्र्वोेच्च अदालतमा मुद्दा दायर भएसी घरेलु मन्तरी डल्लो प¥या हुन् । नेकपाका प्रवक्ता प्रकाण्डलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिन्छ तर घरेलु मन्तरी समात्न
प्रहरीलाई निर्देशन दिन्छन् । विचारा प्रहरी के गरुन ? नसमात्दा पनि
पिरलो समात्दा पनि पिरलो । अहिले आएर आफू नियेम कानुन मान्ने मान्छे हुँ, मैले प्रकाण्डलाई अठ्याउन निर्देशन द्या छैन आफू विरुद्ध प¥या मुद्दा डिसमिस गरिदिनु प¥यो भनेर सर्वोच्च अदालतमा घरेलु मन्तरीले लेखेर पठाका छन् । हिजो एउटै थालमा खाएर एउटै ठाममा विस्ट्याउने आज सत्तामा पुगेसी अँठ्याउने गर्नु त भएन राजनीति हो कहिले सासूको पालो कहिले बुहारीको पालो । कि कसो हौ ?
अन्तेमा
पारिारिक विरासतबाट
राजनीतिमा आ’का पकाशमानले अस्तिका दिन भन्या भाषन गरेर मात्र देश समृद्ध बन्दैन रे । अनि के चाहिँ गरेर समृद्ध बन्छ भन्ने कुराचाहिँ तिन्ले ज्यान गए बताएनन । अहिलेका सबै नेता भाषन गर्न जान्ने मात्र छन् । मीठो मसिना खान, विदेश घुम्न र जसरी भए नि सम्पत्ति थुपार्न जान्या छन् । काम गर्न तिन्ले जानेकै छैन । अब त्यै एउटा भाषन गर्न जान्या छन् । भाषनले पूर्व पश्चिम रेल, घरघरमा ग्याँस पाइप, पानी जहाज, हावाबाट विजुली आउदै छ भन्ने
कुरा विचारलाई थाहै रै’नछ । भाषनले कत्रा कत्रा परिवर्तन भा’छ । भाषनको शक्ति प्रकाशमानलाई विचारा के
थाहा ? हावामा नेता भा’ हुन् कि क्या हो ?

तपाईको प्रतिक्रिया