नेपाल–भारत सम्बन्धलाई थप उचाई………

धरान÷जनस्तरबाटै नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन, छोरी पढाऊ, छोरी बचाऊ, रुख रोप र वातावरण जोगाऊ भन्ने स्लोगन बोकेर रोटरियन भारतीय युवती सुनिता सिंह चोकनी साइकिलिङ्ग गर्दै धरान आइपुगेकी छिन् ।
नेपाल भारतको झण्डा सहित जनहितका लागि सकारात्मक सन्देश सहितको पर्चा समेत वितरण गर्दै धरान आइपुगेकी सिंहलाई रोटरी क्लब अफ धरान र रोटरी क्लब अफ घोपाका पदाधिकारीहरुले घण्टाघर परिसरमा भव्य स्वागत गरेका थिए ।
भाद्र ३० गते अर्थात जुलाई १५ तारेखबाट गुजरात–सोमनाथबाट साइकिलिङ्ग यात्रा आरम्भ गरेकी सिंह काठमाण्डौ पुगेर आफ्नो साइकलिङ्ग यात्रालाई विट मार्ने बताउँछिन् । उनले भारतको गुजरात, एमपी, छत्तिसगढ, झारखण्ड, उडिसा, पश्चिम बंगाल, विहार, सिक्किमको साइकलिङ्ग यात्रा पूरा गरी सोमबार सिलगुढी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गरेकी थिइन् । काँकडभिट्टामा भारत तर्फ भारतीय अर्ध सैनिक बल, भारतीय प्रहरी र स्थानीय बासिन्दाले स्वागत गरेका थिए भने नेपालतर्फ सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय रोटरी क्लबका पदाधिकारीहरुले स्वागत गरेका थिए ।


बेटी बचाऊ, वेटी पढाऊ पैर लगाउ इन्भाइरोमेन्ट बचाऊ भन्ने नारा नै किन रोज्नु भयो त भन्ने धरान साप्ताहिकको जिज्ञासामा सिंहले भन्नुभयो म बेटी पढाऊ, बेटी बचाउ स्लोगनको हरियाणा एम्जवेस्टर समेत हुँ । अहिले छोरीहरु संकटमा छन् । छोरी भएको थाहा भएमा गर्भपतन गराउने एउटा घिनलाग्दो प्रथा चलेको छ , त्यो गलत हो । त्यसका लागि भारत सरकारले बेटी बचाऊ वेटी पढाऊ भन्ने स्लोगन नै तयार पारेर अभियान सञ्चालन गरेको छ । यो सन्देश नेपालमा पनि पुगोस भनेर मैले आफ्नो अभियान नेपालमा पनि शुरु गरेकी हुँ । रोटरी क्लब अफ रेवनी मेन डिष्ट्रिक्ट ३०११ की सदस्य समेत रहेकी सिंह एक पवर्तारोहण समेत हुनुहुन्छ । उहाले सन २०११ मा नेपालको सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसपछि हालसम्म नेपाल र भारतका २० वटा उच्च हिम श्रृंखलाहरुको आरोहण गरिसकेको सिंहले बताउनुभयो । यसका अलावा आफनो फुर्सदको समयमा उहाँ विरुवा रोप्न सक्रिय हुने गर्नुहुन्छ । हालसम्म उहाँले भारतका विभिन्न स्थानहरुमा ७ हजार भन्दा बढी विरुवा रोपिसक्नु भएको छ । हालको साइकलिङ्ग यात्रा सम्पन्न भएपछि सेप्टेरम्बरबाट पुनः वृक्षारोपणमा सक्रिय रहने सिंहले बताउनुभयो । आÏनो साइकलिङ्ग यात्राको डेढ महिना अर्थात ४५ दिनमा ५ हजार किमी यात्रा गर्ने लक्ष्य रहेको बताउनुहुने सिंह भाद्र १२ गते मंगलबार धरानबाट लाहान, बर्दिबास, पथलैया, हेटौडा, नारायणघाट, धादिङ्ग हुँदै काठमाण्डौ पुग्नुहुने भएको छ । उहाँलाइ धरान आइपुग्दा रोटरी क्लब अफ धरान र घोपाका मुकेश अग्रवाल, सुरेश अग्रवाल, सुरेन्द्रमान स्थापित, सुनिल श्रेष्ठ, कृष्णकुमार अग्रवाल, तुलसी वस्ती लगायतले रुद्राक्षको माला, खादा र रोटरी क्लबका स्लोगन अंकित उपहार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया