धरान÷ पछिल्लो समय नेपालीहरुको मौलिक चाडपर्व साझ बन्दै गएका छन् । केही समय अगाडि पहाडे मुलका सनातन हिन्दु धर्म मान्ने सर्वसाधारणले जनै पूर्णिमा मनाउने गरे पनि अहिले रक्षा बन्धन समेत सबै नेपालीको साझा पर्व बन्न पुगेको छ ।
आइतबार अर्थात जनैपूर्णिमा तथा रक्षा बन्धनका दिन विवाहित महिलाहरुको समूह वीमन वोर्थ ग्रुपले विभिन्न अपराधमा आरोपित थुनुवा र प्रहरीलाई इलाका प्रहरी कार्यालय धरानमै पुगेर हातमा राखी बाधिदिएका छन् ।
०७४ सालमा विवाहित महिलाहरुको हरेक क्रियाकलापलाई समाजमा स्थापित गराउन गठन भएको यो ग्रुपले इलाका प्रहरी कार्यालयमा रहेका ३५ कैदीबन्दी र त्यहा सुरक्षामा खटिएका प्रहरीलाई हातमा राखी बाधी मिठाई समेत खुवाए ।
दिदी बहिनीहरुले यसरी इलाकामै आएर राखि बाधिदिएकोमा थुनुवामा रहेका कैदी तथा प्रहरीले खुशी व्यक्त गरेका छन् । दिनरात जनताको सुरक्षामा खटिने प्रहरीको लागि यसरी दिदी बहिनीहरु आएर राखी बाधिदिएकोमा प्रहरीलाई हौसला मिलेको इलाका प्रहरी कार्यालय
धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभया ।
अपराधिक क्रियाकलापमा सलग्न भएकाहरुलाई सकारात्मक सोच परिवर्तन गर्न र चाडपर्वमा घर जान नपाएका प्रहरीलाई हिनताबोध भन्दा पनि हौसला प्रदान गर्ने उद्देश्यले आफूहरुले इलाकामै गएर राखि बाधिदिएको वीमन वोर्थ गु्रप धरानकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी दिनुभयो ।
समाजमा रचनात्मक काम गर्ने उद्देश्यले गठित यो ग्रुपले स्थापना भएकै बर्ष विवाहित महिलालाई एकै ठाउमा राखेर मिस स्टेट कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्षा बन्धन पर्वमा गु्रपकी सचिव छाया श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
हिन्दु धर्म ग्रन्थमा उल्लेख भए अनुसार रक्षा बन्धन पर्व आफ्ना दाजुभाईको रक्षाका लागि दिदी बहिनीले बाधिदिने प्रचलन रहिआएको छ ।

