सिध्याउ“छ कि क्या हो ?
नेपालाँ कम्युनिष्ठ सरकारको आयु भन्या ९ महिना भन्थे हो कि क्या हो ? हाम्रा पर्धानमन्तरी ओलीले ९ महिनाको खड्को टार्न प्रचण्डाउसँग लगानगाँठो कसे, उपिन्दर जादवलाई बाजा बजाएर मन्त्री बनाए । तर खड्को ट¥या जस्तो छैन । ओली वाको सरकार बनेसी जताततै बालिका बलत्कृत हुने, बलात्कृत पछि हत्या हुने त्यसपछि आन्दोलन हुने क्रम चल्या चल्यै छ । कञ्चनपुरमा पर्धानमन्तरी खप्रओको निन्द्रा नै हराम हुने गरी आन्दोलन चर्किया छ । यता पोखरामा फेरि बालिका बलात्कार गरी हत्या भएछ, उदयपुरमा नि त्यस्तै भा’छ । खप्रओकै टोल छिमेक झापामा नि त्यस्तै हुँदै रै’छ ।
बलात्कारी र हत्यारा यसलाई कारबाही गर भनेर नारा लगाउँदा प्रहरीले ड्याङ्ग ड्याङ्ग गोली हानेर मार्न थाल्या छ ।
सरकारलाई असफल बनाउन प्रहरीको पनि हात छ कि क्या हो ? घण्टाघरलाई त शंका लाग्न थाल्या छ । विचरा खप्रओले समृद्धिका लागि त्यत्रा त्यत्रा सपना जो देख्या थे सबै फुस्सा हुने लक्षण पो देखियो ।
आरजुको आरोप
नेप्लिज लाँग्रेसका सभापति स्यालबहादुर देउवाकी पत्नी आरजु म्यामले भन्या ओली सरकारले बलात्कारी, चोर, डाकालाई असल चाल चलन भा’भनेर जेलबाट समय अगावै छाडेकाले मुलुकाँ बलात्कारका घट्ना घट्या रे । हैन हौ ती आरजु म्यामले बोल्ने कुरा अर्थोक केही पाइन छिन् । आफ्नै पार्टीमा भाँडभैलो मच्चाउने आरजुलाई माताले ढिलै भए नि नेकपाको सरकारको डडेल्नुमा जुम्रा देखिछन । सत्तामा पति देव हुँदा सानो राइँदाइँ थिएन । त्यसबेला आफ्नै आङको भुइँसी पनि देख्या थिइनन् । हिन्दीमा एउटा उखान छ सब वक्त वक्तकी वात है । को कहिले सत्तामा मडारिन पुग्छ के कहिले मडारिन पुग्छ ।
मुखले रामराम
हिन्दीमा एउटा उखन छ मुखमे रामराम बगलिमे छुरा । अहिले यो उखनालाई चरितार्थ गर्दिया छन् हाम्रा घरेलु मन्तरी रामबहादुर थापा
बादलले । हुन त नाटक गर्न, असत्य कुरालाई सत्य सावित गर्न नेपालका कम्युनिष्टहरुले अन्तर्राष्ट्रिय रेकर्ड नै बनाएका छन् । सित्तिमित्ति त यिन्का अभिल्तिर पर्ने सक्दैनन् । जे भए नि हाम्रा घरेलु मन्तरी अलिकति दयालुचाँहिँ छन् है । कञ्चनपुर प्रदर्शनमा घाइते भा’का अर्जुन भण्डारीलाई भेट्न शिक्षण अस्प्तालमा विचारा आफै दौडिएर पुगेछन् । थापाले भण्डारीका आफन्तलाइ भेटेर
सबै उपचार खर्च सरकारले गर्छ सम्म भन्न भ्याएछन् । घरेलु मन्तरी थापाको कुरा पनि बुझिनसक्नु भयो । एकातिर पहरीलाई बलात्कारको विरुद्धमा आन्दोलन गर्ने माथि मच्चिएर ठोक्न निर्देशन
दिन्छन् अनि घाइतेहरुलाई भेट्न आफै पुग्छन् । आफै धामी आफै झाक्री भन्या यही हो ।
सुन अभाव
बजाराँ यतिबेला सुनको अभाव भा’छ रे । सुन अभाव किन भा’ भन्ने कुरा सरकारलाई राम्ररी थाहा छ , अर्थोक छोलोखेलो नभए नि सुनचाहिँ नेपालाँ छेलोखेलो नै थियो । स–साना दोकानाँ नि सुन पाइन्थ्यो । जन्ताको हित नचाहने सरकार परेसी कस्को के लाग्छ ? जब देखि गोरेलाई सरकारले समात्यो त्यही बेलादेखि देशाँ सुनको अभाव चर्किदै गा’ हो । विदेशबाट ठँसठँस्ती कनेर भए नि गोरेले नेपालमा सुन ल्याएर अभाव पारेका थिएनन् । नेपालाँ मात्र होइन भारतमा समेत निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्दिया थे ।राम्रो काम गर्नेलाई त सरकारले प्रोत्साहन पो गर्नु पथ्र्र्याे त ? आफ्नो पनि गर्न सक्ने ह्याउ छैन अर्काले गर्दा नि छिर्के लगाउने । अब सुनको सहजता बनाउन सरकारले गोरेलाई छोड्नै पर्छ । सुन विनाको पसलाँ दिनभरि माखा धपाएर बस्ने व्यापारी, उपभोक्ता सडकमा आउनै पर्छ । सरकारका विरुद्धमा नाराबाजी गर्नैपर्छ । कि कसो हौ ?
सेवाग्राहीलाई पोसाक
नमच्चिने पिङको सय झड्का भन्छन् । त्यसै यसो भन्या होइन । अब हेरम न यो दुई तिहाइको दम्भ परेको पलङ्गा सुतेको खप्रओको सरकारले अब सेवाग्राहीले नि निश्चित पोसाक लगाउनुपर्ने नियेम बनाउन लाग्या छ
रे । नानीभन्दा आँची ठूलो भन्या यही हो । अब उप्रान्त जिल्ला प्रशासन कार्यालय जाने सेवाग्राहीले सरकारले तोकेको पोसाक लगाएर मात्र जान पाउने रे । दुनियाँमा नभाको नियेम । जताबाट नि जनताकै ढाड सेक्ने । सेवाग्राही कर्मचारी हुन र ? कर्मचारीलाई पो सरकारले पोसाकवापत भत्तो दिन्छ । अब सेवाग्राहीलाई नि सरकारले पोसाक वापत भत्तो दिन्छ कि ? जन्ताका नाममा माखो मार्न नसक्ने
सरकारले नयाँ नयाँ नियेम बनाएर जगत हँसाउन किन खोज्या होला ? सायद गनतन्त्रको सुन्दर पक्षे भन्या यही होला ।
गलपासो
नेप्लिज जन्ताका लागि संघीयता गलपासो बन्दै गा’छ रे । संघीयता सडकमा उफ्री उफी आफैले भि¥या हैन र ? अनि अहिले गलपासो भयो भनेर चिच्याएर हुन्छ ? आफैले भिरेसी त्यसलाई बोक्नैपर्छ । अघि बूढी मानिन पछि बूढीले जानिन , बाघ आयो घिच्याउन बूढी लागि चिच्याउन भन्या यही हो । केन्द्र, प्रदेश र स्थानीयलाई एउटै कुरामा छुट्टाछुट्टै कर तिर्नुपर्नैै, बेकामे प्रदेश सरकारलाई ज्वाई जस्तै पाल्नुपर्ने भएसी गलपासो भा रे । अन्तरे बाले भन्या संघीयता गलपासो भयो । जंगली हात्ती सहर पसेर थर्काउन थालेसी संघीयताको गलपासो नेपालाँ जन्ताले भि¥या रे । जन्नताले तिरेको सबै कर भुसतिघ्रेका सेवा सुविधामै खर्च हुन थाल्या छ भनेर अहिले चिन्ता गरेर फुइøयाँ हुन्छ । संघीयता आएसी बर्रर्र बर्रर्र आकाशबाट असर्फी बसेएला जस्तै गरेर चिच्याउनेहरु यतिबेला गलपासो भयो भनेर उफ्रेर केही होला जस्तो छैन ।
राम्रै गरेछ
हाम्रा पर्धानमन्तरी केपी वलीलाई सधै हावा गफ गर्ने भेनर उछित्तो काढ्नेहरु यतिबेला तीन बल्ड्याङ्गचित्त खाएका छन् । ओली वा सधै हावा गफ गर्दैनन् भन्ने अहिले एक आद्य घट्नाले प्रमानित ग¥या छ । अब हेरम न तीज आउनु हुँदैन लोग्नेको खल्ती चैट बनाएर आइमाइहरु दिनैपिच्छे दर खान दौडन्थे । अब भने उनीहरु घरैमा ओथरा बस्ने भा’छन् । यो सबै पर्धानमन्तरी केपी शर्मा ओलीकै कृपा हो । तीजको दरमा कर लगाउने निर्नय ओली सरकारले गरेसी’ तीजमा घिच्नेहरु पार्टी प्यालेसमा पुग्या छन् । विसञ्चो हुने गरी धोकेका छन् । तीजको पार्टीमा कर लगाइदेर ओली सरकारले फजल खर्च जोगाइद्या हुनाले घण्टाघर सादुवाद दिन्छ ।
अन्तेमा
नमच्चिने पिङको सय झडका त्यसै भन्या होइन । नेप्लिज काँग्रेसका केन्द्रीय सदस्ये शेखर कोइरालाले अस्तिका दिन पर्धानमन्तरी खप्रओलाई चेताउनी देछन् । उन्ले सुरमा बोल्या हुन कि बेसुरमा उनै जानुन । तर भन्दिएछन् काँग्रेससँग जोरी नखोज्नुस्, राणा र राजा ठेगान लगायौ । अब कम्युनिस्टको पालो रे । हैन हौ अलिकति पत्याउने डिङ्ग पो हाक्नुपर्छ त । भाषन गर्दा ताली खान मात्र गरिने भाषनले केही खालो सार्ला जस्तो चाहिँ घण्टाघरलाई लाग्दैन । दिउँसै बत्ती बालेर खोज्नुपर्ने लालबाबुसँग चुनाउमा उत्तानो टाङ्ग भएका शेखर कोइरालाले नि भाषन गर्दा खप्रओको प्रवृत्ति सापटी लिन थाल्या हुन कि क्या हो ?

