नेपालमै पहिलो पटक सा“स्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

नेपालमा पहिलोपटक सांस्कृतिक अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सव हुने भएको छ। सो महोत्सव काठमाडौंमा आगामी मंसिर ७ देखि १० गतेसम्म चार दिन चल्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाल लगायत विभिन्न देशहरूको संस्कृति आदनप्रदान गर्ने उद्देश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रले उक्त महोत्सव आयोजना गर्न लागेको महोत्सव आयोजक समितिका अध्यक्ष सन्तोष सुवेदीले बताए । उनले महोत्सवमा भाग लिने व्यक्तिका लागि जुलाई ७ देखि आवेदन खुला गरिएको र आवेदन दिने मिति सेप्टेम्बर ७ सम्म रहने जानकारी दिए । फुल लेन्थ फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री फिल्म, चिल्ड्रेन फिल्म, महिलासम्बन्धी बनेका फिल्मलाई आयोजकले महोत्सवमा सहभागी गराउने महोत्सव आयोजना समितिका निर्देशक सुवर्ण थापाले बताए । उनका अनुसार चलचित्रकर्मीहरूले निःशुल्क रूपमा सहभागी गराइने र बाट डाउनलोड गर्न सकिनेछ । पब्लिक च्वाइस अवार्ड, जुरी अवार्ड इन्करजमेन्ड अवार्डसहित आठ विधामा अवार्ड प्रदान गरिने जानकारी दिइएकोछ । फुल लेन्थ फिचर फिल्मका विजेतालाई ट्रफिसहित एक हजार अमेरिकी डलर, डकुमेन्ट्री फिल्मलाई ५०० अमेरिकी डलर, चिल्ड्रेन फिल्म, सर्ट फिल्म र महिलासम्बन्धी बनेका फिल्मलाई ट्रफिसहित २५० र २५० अमेरिकी डलर पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त महोत्सवमा विभिन्न देशका चलचित्रकर्मी, चलचित्र विज्ञहरूको समेत सहभागिता हुनेछ । साथै चलचित्र निर्माणका विषयमा अनुभव आदनप्रदान गर्नका लागि साक्षत्कार कार्यक्रम रहनेछ । (स्रोत थाहा खवर डट कम)

तपाईको प्रतिक्रिया