पिण्डेश्वर मन्दिरमा महाआरती

धरान÷ भक्तजनहरुको सुविधालाई ध्यान राखेर पिण्डेश्वर बाबाधाम समितिले पिण्डेश्वर मन्दिर परिषरमै महाआरती गत बर्षदेखि शुरुवात गरेको छ ।
भारतको बनारसमा मात्र हुने गरेको आरती विगतमा भक्तजनहरु आरतीका लागि बनारस नै पुग्नुपर्ने बाध्यता अब भने हटेर गएको छ ।
गत बर्ष बनारसबाट ल्याएका पण्डितद्वारा शुरु गरिएको महाआरतीमा समस्या उत्पन्न भएपछि स्थानीय स्तरबाट नै महाआरती गर्ने पण्डित उत्पादन गरेसंगै यसलाई दीर्घकालीन रुपमा अगाडि बढाइने समितिले जानकारी दिएको छ । महाआरती बर्षैभरि गरिने पनि पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो ।
यसैगरी सुरक्षालाई मध्यनजर गरी धरान १४ विजयपुरका मन्दिरहरुमा सिसी क्यामेरा जडान समेत जडान गरिएको छ ।
धरान उपमहानगरपालिका वडा नं. १४ र पिण्डेश्वर बाबाधाम समितिको संयुक्त पहलमा मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी मन्दिरका विभिन्न भागमा ४ वटा सिसी क्यामेरा जडान गरिएको हो ।
पिण्डेश्वर मन्दिरमा जल चढाउने भीड बढ्न थालेपछि त्यहा आउने भक्तजनको
सुरक्षालाई मध्यनजर गरी पहिलो पटक १४ नंं वडा समिति र पिण्डेश्वर बाबाधाम समितिको पहलमा चारवटा सिसी क्यामरा जडान गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।
सिसी क्यामेराको उद्घाटन प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले शनिवार गर्नुभएको थियो । जडान गरिएको सिसी क्यामेरा चार भागमा लक्षित गरिएको छ । पिण्डेश्वर मन्दिर प्रांगरणमा भएको गणेश मन्दिर, सरस्वती सरोवर, पिण्डेश्वर मन्दिर परिषरभित्र र बाहिर जडान गरिएको हो । सिसी क्यामरा जडानपश्चात प्रत्येक बर्ष साउन महिनामा पिण्डेशवर मन्दिरमा सुनसरीको चतराको सप्तकोशीबाट जल चलाउने भक्तजनहरुको संख्यामा वृद्धि हुदै गएपछि भक्तजनको सुरक्षासंगै लाइनमा लागेका समयमा भक्तजनलाई भइपरी आउदा तत्काल उद्धार गर्न सहज हुने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताउनुभयो ।
मन्दिरै मन्दिर भएको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकारले समेत सहयोग गर्न थालेको छ । यस बर्ष संघीय सरकारले धरानका मठमन्दिरका विकासका लागि १ लाख १० हजार रुपैया बजेट विनियोजन समेत गरेको छ । जस अनुसार पिण्डेशश्वर मन्दिर, दन्तकाली मन्दिर र बुढासुब्बा मन्दिरका लागि ३०÷३० हजार छुट्याइएको छ भने पञ्चकन्या मन्दिरका लागि १० लाख बजेट छुट्याइएको छ ।

 

तपाईको प्रतिक्रिया