लाहुरेको सहर धरान लाहुरेविहीन बन्दै

धरान÷ धरान पूर्वकै सुन्दर सहरभित्र पर्दछ । यहा विकास निर्माणका कार्यहरु अन्य स्थानीय तह भन्दा बढी छ । यसको प्रमुख श्रेय यहाका बासिन्दालाई जान्छ । त्यसमा पनि लाहुरेको सहर भनिएर चिनिएको धरानको विकासमा लाहुरेहरुको सबै भन्दा ठूलो देन छ भन्दा फरक पर्दैन ।
यहा बसोबास गर्ने लाहुरेहरु प्राय. बेलायती सेनामा काम गरेर अवकास पाएरका बढी छन् । हुन त सिंहपुर, हङकङ लगायतका देशहरुमा समेत सेनाका काम गरे ७५ प्रतिशत भन्दा बढी लाहुरे भने बेलायती नै रहेका छन् । अहिले उनीहरु आवासीय रुपमै बेलायत बस्न थालेपछि भने धरानका हरेक क्षेत्र प्रभावित बन्न थालेका छन् ।
पछिल्लो समय गोर्खा भूपू सैनिकहरुले बेलायती सेना सरह पेन्सन लगायत अन्य सेवा सुविधाको माग राखी आन्दोलन गरेसंगै उनीहरुको आंशिक माग सुनुवाई पश्चात उनीहरुले बेलायतमा बस्न पाउने अधिकार समेत सुनिश्चित भएको छ । यो अधिकार प्रयोग गर्दै बेलायतमा कार्यरत बहालवाला सेना तथा भूपू सेनाका परिवार बेलायत बस्न थालेपछि धरानका हरेक क्षेत्र प्रभावित बनेको हो । धरानमा दर्जन भन्दा बढी वृटिश गार्खाहरुको व्यवसायीक फर्म, उनीहरुको पहिचान झल्कने भौतिक संरचना, भूपूहरुले सञ्चालन गर्दै आएका सामाजिक संघ संस्थामा पुस्ता हस्तान्तरणको समस्या, वैदेशिक रेमिटेन्समा असरमात्र हैन धरानको व्यापार व्यवसायमा असर पर्नुका साथै नेपालमा पहिचानको मुद्दा प्रमुख वहसको रुपमा अगाडि आइहरदा भूपू लाहुरेको बेलायत विस्थापनले राजनीतिक रुपमा पनि ठूलो असर परेका गोर्खा भूपू सैनिक एकता समाजका अध्यक्ष गजेन्द्र इस्बोले बताउनुभयो । पेशाबाट निवृत्तिभरण भएसकेपछि भूपूहरुलाई चलयमान बनाउन उनीहरुले व्यवसायिक फर्मसगै भूपूले गरेका योगदानलाई पुस्तौपुस्ता सम्म यादगार बनाउन स्मरणीय योग्य भौतिक संरचना समेत निर्माण गदै आएका छन् । उनीहरुले धरान १० मा वृटिश सैनिक भवन, धरान २ भानुचौकमा गोर्खा कम्प्लेक्स लगायत भूपूको पहिचान झल्कने आधा दर्जन भन्दा बढी भोतिक सरचना निर्माण भइसकेका छन भने धरान २० माछामारामा निर्माण हुदै गरेको गार्खा स्मृति पार्क समेत प्रभावित बनेको छ ।
गोर्खा भूपू सैनिकका परिवारलाई रोजगारीमुलक काममा व्यस्त राख्न सञ्चालनमा आएका वित्तीय संस्था, व्यापारिक प्रतिष्ठानमा भूपू सैनिकको भूमिका प्रमुख रहने गरेको छ । कतिपय भूपू बेलायती सेनाहरु धरानबाट घरजग्गा नै बेचेर बेलायत नै पलायन हुदा वैदेशिक रेमिटेन्ससंगै यहाको व्यापार व्यवसायमा ठूलो असर परेको छ भने त्यस्ता संस्थाको पुस्ता हस्तान्तरणमा समेत समस्या भएको गोर्खा बचत ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर राई बताउनुहुन्छ ।
त्यतिमात्र हैन धरानको भौतिक संरचनामा पनि धराने लाहुरेहरुको ठूलो भूमिका छ । धरानका गल्ली गल्ली चौक चौकमा कालोपत्रे हुनुमा लाहुरे समुदायको ठूलो योगदान रहेको छ । अहिले भने उमेर ढल्केका केही बेलायती भूपू सेनाबाहेक सबै बेलायत बसोबास गर्न थालेपछि भने धरानको विकासमा समेत ठूलो प्रभाव पारेको महसुस स्वयम् भूपू लाहुरेहरुले गरेका छन् । यसलाई मध्यनजर गरी राज्यले भूपू लाहुरेलाई नेपालमै बस्ने अवस्था सिर्जना गर्न जरुरी रहेको भूपू वृटिश सैनिक दानबहादुर राई बताउनु हुन्छ ।
वैदेशिक रेमिट्यान्सले चलेको धरान लाहुरेहरुको बेलायत बसोबासका कारण व्यापार व्यवसायमा समेत ठूलो प्रभाव पारेको छ । आफूले कमाएको रकमलाई सही सदुपयोग गर्दै व्यवसाय सञ्चालनमा शेयर हाल्ने भूपू सेनाले आफ्नो लगानी निकालेर जाने गरेका छन् भने विगतमा बेलायतमा बसेर घर परिवारलाइृ पठाउने रेमिट्यान्स नेपाल भित्रिन सकेन । जसले गर्दा धरानको व्यवसायमा ७५ बढी गिरावट आएको सुनसरी उद्योग वाणिज्य संघ धरानका सदस्य एवम् बराह ज्वेलसरी इण्डिष्टिूज प्रा.लिका धरान शाखा प्रमुख मानबहादुर विश्वर्मा दियालीको भनाई छ ।
वृटिश गोर्खा सैनिको बढी बसोबास भएको धरानमा आवासीय रुपमै बेलायत बस्न थालेपछि धरानको हरेक क्षेत्र प्रभावित बनेको छ । करिब १० हजार भूपू गोर्खा मध्ये आधा जति बेलायत गइसकेका र अरू पनि जानेक्रममा छन् । उनीहरूको बेलायत बसाइले नेपाल भित्रिरहेको मासिक ६५ करोड बराबरको रेमिट्यान्स अब उतै रहन थालेको छ । विगतमा ५० प्रतिशत भन्दा बढी भूपू सैनिकको बसोबास रहेका धरानलाई पुनः पहिलेकै जस्तो चलायमान बनाउन स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारले उनीहरुको भावनालाई बुझेर नीति नियम बनाउन जरुरी भएको छ ।

 

तपाईको प्रतिक्रिया