गोरखा डिपार्टमेन्ट स्टोरको पा“चौ शाखा धरानमा सुविधा सम्पन्न एसी जडित सेमिनार हल सञ्चालनमा

धरान÷बर्षौेदेखि सुविधा सम्पन्न, पर्याप्त पार्किङ्ग स्थल सहितको सेमिनार हलको अभाव झेल्दै आएका धरानेहरु अब ढुक्क भएका छन् । पूर्वकै सुन्दर सफा, वहुजाति, वहुभाषीहरुको बसोबास भएको धरान उपमहानगरपालिकामा सुविधा सम्पन्न सेमिनार हलको अभावलाई गोरखा डिपार्टमेन्ट स्टोरले पूरा गरिदिएको छ ।
डिपार्टमेन्ट स्टोरको पाँचौ शाखाले
धरानमा एकै साथ दुई वटा सेमिनार हल सञ्चालनमा ल्याएको छ । सगरमाथा व्यांक्वेट हल र कञ्चनजंघा सेमिनार हल सञ्चालनमा आएपछि अब धरानेहरुले कुनै पनि साना ठूला जस्तासुकै कार्यक्रम गर्न सभाहल खाज्दै हिड्नु नपर्ने भएको छ । यी दुवै हलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जुनसुकै प्रकारका कार्यक्रम सञ्चालन गर्न सकिने गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ ।
डिपार्टमेन्ट स्टोरका शाखा इन्चार्ज
रविन बस्नेत भन्नुहुन्छ, सगरमाथा ब्यांक्वेट हलमा ७ सय ५० जनाको क्षमता रहेको छ भने कञ्चनजंघा सेमिनार हलमा २ सय ५० जना अट्ने क्षमता रहेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गर्न प्रयाप्त सुविधा उपलब्ध गराइएको छ । यी दुवै सेमिनार हलको विशेषता मिटिङ्ग हल (राउन्ड टेवल) समेत बन्न पुगेको छ । झण्डै ५० जना क्षमताको राउण्ड टेवल कार्यक्रम गर्नु र पछि मिटिङ्गको लागि उपयुक्त हुने सोचले तयार पारिएको समेत बस्नेतले जानकारी दिनुभयो । सञ्चालनमा आएको थोरै समयमा कञ्चनजंघा सेमिनार हलमा ४० वटा कार्यक्रमहरु सञ्चालन भइसकेका छन् भने सगरमाथा व्यांक्वेट हलको पहिलो बुक भाद्र १८ गते रहेको र त्यही दिनदेखि उक्त सेमिनार हल सञ्चालनमा आउने भएको छ । यहाँ स्मरणीय कुरा के छ भने सेमिनार हल प्रयोग गर्ने, कार्यक्रम आयोजना गर्नेहरुले पार्किङ्गको झन्झट व्यहोर्नु नपर्ने भएको छ । डिपार्टमेन्ट स्टोरको पाँचौ शाखाको अन्डर ग्राउण्डमा झण्डै १२ सय मोटर साइकल र १ सय वटा कार पार्किङ्गको सुविधा उपलब्ध छ, इन्चार्ज बस्नेतले भन्नुभयो ।

गोरखा बारमा उल्लेख्य ग्राहक

झण्डै एक महिना अगाडिमात्र सञ्चालनमा आएको गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखाको चौथो तलामा रहेको गोरखा बारमा यतिबेला उल्लेख्य मात्रमा ग्राहकहरु आउन थालेका छन् ।
एसीजडित मधुर प्रकाशसँगै सुमधुर संगीतको धुनमा मदिराका पारखीहरुले स्वदेशीदेखि लिएर संसारका जुनसुकै ठाउँमा उत्पादन भएका मदिराको स्वाद लिने गर्छन् । एसीजडित आरामदायी बसाइले पारखीहरुले भरपुर आनन्द उठाउने गरेका छन् ।
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ शाखा धरानका इन्चार्ज रविन बस्नेत भन्नुहुन्छ दिउँसो भन्दा पनि साँझको माहौल अत्यन्तै राम्रो छ । पछिल्लो दिन ग्राहकहरुको संख्यामा उल्लेख्य मात्रामा बृद्धि भएको छ । हाल
सरदर २ सय जना ग्राहकहरु प्रतिदिन आउने गर्नुहुन्छ । दिनमा भन्दा पनि रातमा ग्राहकहरुको चाप हुने गरेको पनि इन्चार्ज बस्नेतले बताउनुभयो । स्वदेशी तथा विदेशी मदिरासँग सँगै स्न्याक्सहरुमा इण्डियन, चाइनिज, इटालियन रहेका छन् । चाइनिज चप्सी, चिकन चिल्ली नुडल्स, सिफुड्स, इण्डियन स्न्याक्समा नान, विरियानी,
हैदरावादी विरियानी, डोसा, मसल डोसा, परौठा, नेपाली स्न्याक्समा भटमास, किनिमा, विभिन्न फ्राइ आइटमहरु रहेका छन् ।

गोरखा किचनको रौनकै भिन्दै

गोरखा डिपार्टमेन्ट स्टोरको पाचौ तलामा रहेको गोरखा किचनमा विहान सात बजेदेखि बुलुका १० बजेसम्म ग्राहकहरुको आवात जावत चलिरहरन्छ । चौथो तलामा रहेको किचन विहान ७ बजे खुलेपछि बेलुकी १० बजेमात्र बन्द हुन्छ ।
गोरखा किचनको रौनकै भिन्दै रहेको छ । धरान बजार लगायत टाढाटाढा सम्मको मनोरम दृश्यको आनन्द लिदै विहान कफी नास्ताबाट प्रारम्भ भएको दिनचर्या खाना फेरि नास्तासँगै बेलुका १० बजे टुंगिन्छ । यस भन्दा अगाडि रातको ९ बजे बन्द हुने किचन हाल १० बजे बन्द गर्ने गरिएको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत चिकित्सक, प्राध्यापक, नर्स र कर्मचारीहरुको सुविधालाई ध्यानमा
राखेर १० बजे बन्द गर्न थालिएको हो । कामको व्यस्तता,, समयको प्रतिकुलता भएको भन्ने उहाँहरुको गुनासो आएपछि बन्द गर्ने समय सारिएको आचार्यको कथन छ ।
किचनका इन्चार्ज विष्णु खड्का भन्नुहुन्छ, किचनमा विहान ७ बजेदेखि बेलुका १० बजेसम्ममा प्रतिदिन झण्डै ५ सय ग्राहक आउनु हुन्छ । विहान नास्ताको समय
रहन्छ भने ९ बजे पछि खाना खनेहरु धेरैहुने उहाँले प्रष्ट पार्नुभयो । गोरखा डिपार्टमेन्ट स्टोरमा रु ५० मा भरपेट सादा खाना, रु ९० मा भरपेट चिकेन खाना, नेपाली थाली भेज खाना रु २ सय, नन् भेज खान रु २ सय ५०, थकाली खाना भेज रु ३ सय र नन भेज रु ३ सय ५० र जिके स्पेसल खाना रु ५ सय ५० मा पाइन्छ । जिके स्पेशल खाना रु ५ सय ५० मा मासुको भेराइटी, घ्यु, दही, पापड, कोक, सलाद लगायतका समाग्री रहने गरेको छ ।

तपाईको प्रतिक्रिया