सगरमाथा, कोशी नमान्ने लिम्बुवान किरा“त नभए गृहयुद्ध हुने – कुमार लिंगदेन

धरान÷संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च, सघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिंगदेनले प्रदेश नं. १ को नाम कोशी, सगरमाथा नमान्ने लिम्बुवान
किराँत नभए गृहयुद्ध हुने चेतावनी दिनुभएको छ ।

अध्यक्ष लिंगदेनले शनिवार धरानमा आयोजित अधिनायकवादी सरकारको गलत नीति तथा चरम महंगीको विरुद्धमा आयोजित शान्तिपूर्ण ¥यालीलाई धरानको भानुचौकमा संक्षिप्त सम्बोधन गर्दै उहाले यस्तो चेतावनी दिनु भएको हो ।
धरानको पब्लिक हाइस्कुलबाट शुरु भएको ¥यालीमा सहभागीहरुले एकीकृत सम्पति मूल्यबृद्धि खारेज गर, प्रदेश १ लाई लिम्बुवान किराँत प्रदेश कायम गर, अनियन्त्रित मूल्य बृद्धि खारेज गर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिन्दावाद को नारा लगाएका थिए । ¥यालीलाई भानुचौकमा सम्बोधन गर्दैै अध्यक्ष लिंगदेनले भन्नुभयो ऐतिहासिकताका आधारमा प्रदेश नं. १ लाई लिम्बुवान किराँत प्रदेश घोषणा गर्नैपर्छ । संक्षिप्त सम्बोधन पश्चात ¥याली पुतली लाइन, चतरालाइन, हुँदै पुन ः पब्लिक हाइस्कुलमा आएर वृहत अन्तरक्रिया कार्यक्रममा रुपान्तरण भएको थियो ।


अन्तरक्रिया कार्यक्रममा पूर्वमा जातीय मुक्तिका लागि लामो समयदेखि सक्रिय, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सह अध्यक्ष समेत भइसक्नु भएका मेजर श्रवणकुमार लिम्बु, जनमुक्ति पार्र्टीका लिम्बुवान इन्चार्ज भइसक्नु भएका चन्द्रबहादुर खापुङ्गहाङ्गलाई भव्य स्वागत गरिएको थियो । मेजर लिम्बु र खापुहाङ्ग झण्डै एक महिना अगाडि ठूलो संख्यामा आफ्ना सहयोगी कार्यकर्ताहरु सहित संघीय लिम्बुवान मञ्च नेपालमा प्रवेश गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमलाई केन्द्रीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावतीले सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया