धरानमा सम्पूर्ण पूर्वधार युक्त अत्याधुनिक सुविधासम्पन्न हिरासत भवनको शिलान्यास स्थानीय जनसहभागितामा चार करोडको लागतमा बन्ने भवन निर्माणमा प्रदेश सरकार पन्छदै

धरान÷जनसहभागिताबाटै समृद्धितर्फ उन्मुख पूर्वाञ्चलमै पहिलो धरानमा सम्पूर्ण पूर्वाधारयुक्त अत्याधुनिक सुविधा सम्पन्न हिरासत भवनको सोमबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले शिलान्यास गर्नु भएको छ ।
इलाका प्रहरी कार्यालयको हातामा स्थानीयको जनसहभागितामा चार हजार वर्ग फिटको दुई तले व्यवस्थित ८ वटा कोठा करिब ४ करोड रुपैयाको लागतमा हिरासत भवन निर्माण हुने भएको हो ।
धरानका स्थानीयको सहयोग, वैदेशिक रोजगारमा गएका धरानेहरु, विभिन्न संघ संस्था, संघीय सरकार, धरान उपमहानगरपालिकाको समेत आर्थिक सहयोगमा बन्न लागेको
हिरासत भवन निर्माणको परिकल्पनाकार इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेशवर पौड्याल हुनुहुन्छ । निर्माणाधीन भवनको शिलान्यास गर्दै मन्त्री कार्कीले भन्नुभयो धरान जनसहभागितामा समृद्ध भएको सहर हो । उहाँले भन्नुभयो विगतको कुशल नेतृत्वको कारण धरानको विकासमा जुन काम भएको छ त्यसबाट प्रदेश सरकारले पनि सिक्नुपर्ने भन्दै न्यायिक हिरासत बनाउने काम सरकारको दायित्वभित्र पर्ने भएपनि यो स्थानीय स्तरबाटै स्रोत संकलन गरेर बन्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।
मन्त्री कार्कीले भन्नुभयो यहाँका प्रहरीले आग्रह गरेको भए प्रदेश सरकाराले थोर बहुत सहयोग गथ्र्यो होला तर अब सहयोग गर्नुपर्ला जस्तो छैन । यहाँबाट संकलन भएको रकमबाट हिरासत भवन निर्माण गरेर बाँकी रहेको रकम पानमाराको जीर्ण प्रहरी चौकी निर्माण गर्नुपर्ने भन्दै मन्त्री कार्की भवन निर्माणमा प्रदेश सरकारको दायित्वबाट पन्छन खोज्नु भएको थियो । उहाँले भन्नुभयो प्रदेश सरकार अत्यन्तै नयाँ संरचना हो, माथिबाट आउने सीमित बजेटबाट ठूला ठूला भवन, पुल पुलेसा, सडक बनाउन सक्दैनौं । भौतिक निर्मिाणका योजनाहरुमात्र बनाउन सक्छौै भन्दै मन्त्री कार्कीले धरान पहाड र मधेशको संगम स्थल, जोगवनी किमाथांकको ट्राजिन्ट पाोइन्ट भएकोले स्थानीय, प्रदेश र संघीय सरकारको पहलमा धरानलाई सम्पूर्ण सहरको रुपमा विकास गर्न सकिने, वृहत धार्मिक करिोर बनाउन सकिने बताउनुभयो । उहाँले हाल निर्माणाधीन कोशी राजमार्गलाई चार लेनको बनाउने काम भइरहेको र उक्त सडक डाइभर्सन नगरी धरानको बीचैबाट लैजादा यसको महत्व बढ्ने समेत बताउनु भएको थियो ।
हिरासत भवन निर्माणका लागि स्थानीयहरुबाट करिब ४० लाखको प्रतिबद्धता आइसकेको, २० लाख संकलन भएको र ६ लाख रुपैया खर्च भएको छ । शिलान्यासका क्रममा गंगा कालिकोटेबाट १ लाख ११ हजार १ सय ११, गोपाल श्रेष्ठबाट, १ लाख ११ हजार १ सय ११, पवन अग्रवालबाट १ लाख ११ हजार १ सय ११, मनोहरलाल अग्रवालबाट ५१ हजार, एस.डब्लु लामिछानेबाट एक लाख, रमेश अटलबाट १ लाख ११ हजार १ सय ११, दिलिप श्रेष्ठबाट २५ हजार, माया राईबाट १ लाख ११ हजार १ सय ११, दुर्गामाया वनेमबाट २५हजार संकलन भएको थियो । भवन निर्माणको औचित्यमाथि प्रकाश पादै इलाका प्रहरी कार्यालय धरानका डिएसपी एवम् योजनाकार रामेशवर पौडेलले भन्नुभयो हिरासत भनेको यातनामात्र होइन सुधार पनि हो भन्ने मान्यताका आधारमा हिरासत भवन बनाउन लागेका हौ । उहाँले भन्नुभयो अन्तर्राष्ट्रिय स्तरमा कुनैपनि व्यक्तिलाई हिरासतमा राख्दा मानव अधिकारको प्रत्याभूमि, व्यक्तिगत सुरक्षाको प्रइत्याभूति, मानवोचित जीवन यापन, खाना, बसोबास र उपचारको व्यवस्था हुन्छ । नेपालमा हालसम्म यस प्रकारको हिरासत भवन नरहेको भन्दै डिएसपी पौड्यालले पुरुष, महिला, रोगी, तेस्रो लिंगी अर्थात अपराधको प्रकृति हेरेर थुनामा राख्न सकियोस् भनेर भवन बनाउन लागेको प्रष्ट पार्नुभयो ।
सो अवसरमा बोल्दै धरान उपमहानगरपालिका पूर्व प्रमुख एवम भवन निर्माण समितिका सल्लाहकार मनोजकुमार मेन्याङ्गबोले आफ्नो विगत कोट्यादै सुविधा सम्पन्न हिरासत भवन बन्न लागेकोमा अरुलाई भन्दा आफूलाई बढी खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो जनताले दिएको पैसा प्रारम्भमै दुरुपयोग भएको, अनावश्यक खर्च गराउने काम भएकोप्रति निर्माण समिति र डिजाइन गर्ने इन्जिनियरको ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले भन्नुभयो आसरा सुधार केन्द्र निर्माण गर्दा दाताहरुले कमिटमेन्ट गरे अनुरुपको ३४ लाख रुपैया उठ्न बाँकी छ । त्यो रकम उठ्ने हो भने दुई महिनाभित्र आसराका सम्पूर्ण काम सिद्धिने भन्दै मेन्याङ्गबोले बरु थोरै दिनुस् कमिटमेन्ट गरे अनुसारको रकम समयमा नै दिन दाताहरुलाई आग्रह गर्नुभयो ।
हिसासत भवन निर्माण आयोजनका संयोजक मिनकुमार सुब्बाको अध्यतामा भएको शिलान्यास समारोहमा धरान उपमहानगरपालिकाकी कावा मेयर मञ्जु भण्डारी सुवेदीले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो भने सञ्चालन मुरारी सुवेदीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया