धरान÷ मौसमी रुपमा हुने गरेका अनुगमनमा व्यापारी व्यवसायी र अनुगमनकर्ताको मिलेमतो हुने गरेको
आरोप उपभोक्ताहरुको छ । अनुगमन गर्ने अधिकार पाएका सरकारी कर्मचारीहरुले व्यापारीबाट कमिशन लिने गरेकै कारण अनुगमन कहिले र कहा आउने भन्ने विषयम व्यापारी व्यवसायीलाई अगाडि थाहा हुने भएकाले उनीहरु सचेत रहने एकातिर छ भने रकमको चलखेलमा उपभोक्ता ठग्ने व्यापारी व्यवसायीलाई उन्मुक्ति दिने गरेको उनीहरुले आरोप लगाएका छन् ।
गत शुक्रबार धरानका साना तथा ठूला गरी १७ वटा व्यवसायिक फर्ममा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभाक्ता संरक्षण विभागका टोलीको नेतृत्वमा अनुगमन भयो ।
विभागसंग उपभोक्तावादी संघ संस्था अन्तर्गत राष्टिूय उपभोक्ता मञ्च र स्थानीय प्रशासनको रुपमा लिइएको इलाका प्रहरी कार्यालय धरानका कर्मचारीको संलग्नतामा गरेको अनुगमनका क्रममा अधिकांश व्यापारिक प्रतिष्ठानमा म्याद गुज्रिएका, कुहिएका तथा तौल कम भएका खाद्य सामाग्री भेटिए । यसरी खुलेआम उपभोक्तालाई ठगिगररहेको रंगेहात भेटिएका व्यापारी विरुद्ध अनुगमनकर्ताले कारबाही नै अगाडि बढाएनन् । यसरी कारबाही अगाडि नबढाउनुको प्रमुख कारण व्यापारी र अनुगमनका कर्मचारीको मिलेमतो रहेको उपभोक्ता प्रवेग लिम्बुको आरोप छ ।
त्यसो त व्यापारी तथा व्यवसायीहरुको हक हितका लागि संगठिन सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिले भने उद्योगी व्यवसायीसंग समन्वय नगरी मौसमी रुपमा गरिएको अनुगमन खाली व्यापारी व्यवसायीलाई दुःख दिने नियत भएको तर्क राख्छन् । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विजय श्रेष्ठले व्यापारीले नजानी नजानी गल्ति गर्ने गरेको बताउदै मौसमी रुपमा कसैसँग समन्वय नगरी गरिएको अनुगमन व्यापारी व्यवसायीलाई दुःख दिने गरेको आरोप लगाउनुभयो ।
स्थानीय स्तरमा पनि अहिले स्थानीय तहमा अनुगमन गर्न धरान उपमहानगरपालिकाले समेत अनुगमन समिति गठन गरेको छ । धरान उपमहानगरपालिकाको उपमेयर सयोजक रहने अनुगमन समितिलाई शुक्रबार आएको टोलीले समन्वय
नगरी अनुगमन गरेको आरोप धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेले लगाउनुभयो ।
व्यवसायीहरुको भनाइले त झन उपभोक्ता ठग्ने श्रृंखला अहिलेदेखि नभई धेरै अगाडिदेखि भएको बुझिन्छ । उपभोक्ता सचेत नहुदा बारम्बार ठगिने गरेको अ अनुगमनका क्रममा भेटिएको कम तौलका चामल लगायत खाद्य पदार्थले स्पष्ट पारेको छ । तर पनि व्यापारीहरु गल्ति आफूहरुको नभई उद्योगकै भएको भनेर पन्छिने गरेको पाइएको छ ।
यता अनुगमन गर्न आएको मन्त्रालयका कर्मचारीको टोलीले लगाएको आरोप भने मान्न तयार छैन । विभागले चार चार महिनामा देशका विभिन्न स्थानमा अनुगमन गर्ने कार्यतालिका भएकै कारण अनुगमन गरेको नेपाल सरकार वाणिज्य मन्त्रबालय अपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागका शाखा प्रमुख रमेशकाजी श्रेष्ठ बताउनुहुन्छ ।
असार मसान्तभित्र बजेट सक्नकै लागि गरिएको अनुगमनले व्याापारी व्यवसायीले उपभोक्तामाथि व्यापक ठगी गरेको पाइए पनि उनीहरुमाथ कुनै कारबाही गरेन खाली चेतावनी दिएर छाडिदिएको छ । सो बेला २ हजार भन्दा बढी म्याद गुज्रिएका र कुहिएका सामान भेटिएका थिए । स्थानीय सरकारसंग समन्वय नगरी नया आर्थिक बर्ष अगाडि अनुगमन टोली आउनु र अनुगमनका व्यापारीले खुलेआम उपभोक्ता ठगिएको भेटिदा कारबाही नगर्नुले मौसमी रुपमा हुने गरेका यस्ता अनुगमनले व्यापारी र अनुगमनबीचका साठगाठ भएको हो कि भन्र्ने शंका उपभोक्तालाइ उब्जाएको छ । अनुगमन उपभोक्ताकै हितमा गरिने हो र यसलाई प्रभावकारी बनाउन अनुगमन मौसमी रुपमा नभई समय समयमा गर्न आवश्यक छ र उपभोक्तालाई ठग्ने व्यवसायीलाई कारबाही गर्न आवश्यक छ । हैन भने उपभोक्ताको शंका वास्तविक होइन भन्ने कुनै ठाउ नै रहदैन ।

