रोशन अधिकारी । धरान उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष । पेशाले पर्यटन व्यवसायी अधिकारीले पूर्वाञ्चलमै पहिलो पटक प्याराग्लाइडिङ्ग र घोड सवार सञ्चालनमा ल्याउनु भएको हो । जनप्रतिनिधि हुनुभन्दा अगाडि उहाँले धरानको मात्र नभएर पूवाञ्चलमै आन्तरिक तथा वाह्य पर्यटकलाई कसरी भिœयाउन सकिन्छ भनेर आफनो एकल प्रयासमा प्याराग्लाइडिङ्ग र घोड सवार सञ्चालनमा ल्याउनु भएको हो ।
वडा अध्यक्ष भए पनि उहाँले राजनीतिलाई समाजसेवाको माध्यम मात्र बनाउनु भएको छ । समाजमा एउटा सहयोगीको काम गर्दा गर्दै समाजले नै रुचाएर उहाँलाई वडा अध्यक्षमा निर्वाचित गरेको हो । पेशागत राजनीति गर्ने सोच समेत नभएका अधिकारीलाई वडामा युवादेखि बृद्धबृद्धा सबैले उत्तकै रुचाउँछन् । अधिकारीकै शब्दमा भन्दा तँ सबैलाई माया गर्छस्, रात विहान केही गाह«ो पर्दा सहयोग गर्छस् । इमान्दार छस्, युवा छस् भनेर निर्वाचनमा मलाईलाई अत्याधिक वहुमतले जिताउनु भएको हो । बर्षौदेखि पेशेवर राजनीति गर्ने आफ्ना प्रतिद्वन्द्वीलाई वडा अध्यक्षको निर्वाचनमा अधिकारीले भारी मतले पराजित गर्नु भएको थियो ।
राजनीतिक रङ्गकै कुरा गर्ने हो भने अधिकारी नेपाली काँग्रेसका जुझारु कायकर्ता हुनुहुन्छ । २०४१÷०४२ सालदेखि ै उहाँले नेपाली काँग्रेसलाई साथ, सहयोग र समर्थन गर्दै आउनु भएको हो । पार्टीले उहाँको आवश्यकता महसुस गर्दा उहाँ जस्तोसुकै सहयोग गर्न तयार रहनुहुन्छ तर अनावश्यक चिया गफ, गुट उपगुट, नेतृत्वको निकट भएर फूर्तिफार्ति देखाउने स्वभाव न त उहाँमा पहिले थियो न त अहिले नै छ । निर्वाचनताका अन्य उमेदवारले लम्बेतानको आश्वासन मतदाताहरुलाइ बाँडेका थिए । तर अधिकारीले वडामा शान्ति सुरक्षाको कुरा मात्र अगाडि सार्नुभएको थियो । आज वडा नं. १ मा शान्ति
सुरक्षाको सवालमा उल्लेखनीय सुधार आएको छ भने आवश्यकता र जनभावना अनुसारका अन्य विकासका कार्यहरुले समेत तिब्रता पाएको छ । यसपटक हामीले तिनै युवा जुझारु धरान उपमहानगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष
अधिकारीसँग विकास निर्माण, शान्ति सुव्यवस्था र आगामी कार्ययोजनाका सम्बन्धमा केन्द्रित रहेर वार्ता गरेका छौंै । प्रस्तुत छन् वार्ताका सारसंक्षेप ः
धरान वडा न. १ पुरानो बस्ती, बौद्धिक सर्कलको बसोबास भएको ठाउँ हो । तपाई निर्वाचित भएर आएपछि विकासका के कस्ता कामहरु भए त यो एक बर्षमा ?
–यो एक बर्षको कार्यकालमा धेरै कामहरु भएका छन् । बाटाघाटा, पुल पुलेसाका कामहरु प्राथमिकताका
आधारमा भएका छन् । १ नं. वडा धरानको कस्तो छ भने यहँ निजी क्षेत्रबाट सञ्चालित अत्याधिक स्कुल कलेज छन् । वडाबासीको सुरक्षालाई ध्यान दिएर, सडक पेटी,
पुरानो बाटो शिखर टोलको कामलाई अगाडि बढाएका छौं । यस्तै पुरानो बजार–नयाँ बजार लिंक रोड गोपाल मार्ग त्यसलाई पनि कालोपत्रे गरेका छौैं । यो वडाको समस्या भनेको खहरे हो । खहरे खोलामा यस बर्षको बर्षातमा तीनचार ठाउँमा तारजालीको ग्याविङ्गको काम गरेका छौं । यसैगरी सरसफाइमा समेत त्यतिकै ध्यान दिएका छौं । पुरानो बजार र नया बजारमा डस्विनको व्यवस्था गरेका छौं । महिला लक्षित कार्यक्रमहरु, बाल कार्यक्रम गरेका छौं । सात वटा बालक्लब गठन गरेर विविध खेलकुदका सामाग्री वितरण गरिरहेका छौं । वडा नं. १ मा एक मात्र सामुदायिक विद्यालय पञ्चायत प्रावि (३ नं. स्कूल) आर्दश प्राविलाई एक बर्षलाइ पुग्ने विद्यार्थीका लागि शैक्षिक सामाग्री, जुत्ता, कपडाका लागि १ लाख ६० हजार बराबरको सहयोग उपलब्ध गराएका छौं । साथसाथै खेलकुदसँगै लागू औषध विरुद्धका कार्यक्रमलाई आगामी दिनमा सशक्त ढंगले अगाडि लैजाने सोच बनाएका छौं ।
लागू औषध विरुद्धमा कस्ता कार्यक्रम गर्दै हुनुहुन्छ ?
–हामी वडा नं. १ लाई दुव्र्यनमुक्त वडा घोषणा गर्देछौं । यसका लागि यहाँका बौद्धिक जमात, घर परिवार, लागू औषधका पूर्व प्रयोगकर्ता सबैसँग छलफल गर्छौं । औपचारिक रुपमा मात्र हामी घोषणालाई सीमित राख्दैनौं । गरेर देखाउँछौं । एउटा दूव्र्यसनीको कारण परिवार तनावमा हुन्छ । समाजमा अशान्ति छाउँछ । दुव्र्यसनीहरुलाई कसरी हुन्छ काउन्सिलिङ्ग गरेर भएपनि यो वडालाई दुव्र्यसनीमुक्त बनाएर छाड्छौं । मलाई विश्वास छ यसमा मलाई सबैको साथ र सहयोग प्राप्त हुनेछ ।

निर्वाचनताका तपाईले मतदाताहरुलाई के कस्तो आश्वासन दिनुभएको थियो ?
–मैले त्यस्तो कुनै प्रकारको आश्वासन नै बाँडिन् । वडाबासीको एउटै चाहना थियो र उहाँहरु भन्नुहुन्थ्यो वडा शान्त होस, शान्त वातावरणमा काम गरी खान पाउँ । गुण्डागर्दी, सर्वसाधारलाई आतंकित बनाउने काम नहोस् । यो क्षेत्र शैक्षिक क्षेत्र पनि हो । दुर्घटना हुने भएको ठाउँ भएकोले त्यसको न्यूनिकरण गर्न के गर्न सकिन्छ ? हम्स लगाउने हो कि, पेटी बनाउने हो कि ? अहिले पेटी बनाइसकेपछि मैले भ्रष्टाचारमुक्त बनाउँछु भनेको थिए । अहिलेसम्म कसैले पनि वडाबाट यस्तो दुव्र्यवहार भयो, यो कामको लागि पैसा माग्यो भन्नु भएको छैन । यसमा म स्ट्रीक भएर लागेको छु ।
यो वडामा आगामी दिनमा गर्नुपने महत्वपूर्ण कामहरु चाहिँ के के छन् ?
–यो वडामा खहरेले प्रत्येक बर्ष क्षति पु¥याउने गरेको छ । त्यस ठाउँमा बसोबास गर्ने सुकुम्बासीको संरक्षण गर्नु हो । प्रत्येक बर्ष उहाँहरु बाढीको जोखिममा पर्ने गर्नुभएको छ । मलाई पनि उहाँहरुले गुनासो गरिसक्नु भएको छ । खहरेमा करिडोर बनाउने सोच मैले बनाएको छु । आगामी दिनमा त्यहाँ करिडोर बनाइदिँदा पानीले पनि निकास पाउँछ, सधैको लागि राम्रो हुने थियो । करिडोर भएमा त्यस ठाउँको विकास पनि हुने थियो । यसैगरी धरानका सबै वडामा वडा समिति आफ्नै भवन छ । यहाँ पनि वडा समिति बनाउँदा बार्षिक केही रकम बचत हुने थियो । वडा समिति बनाउन खाली जग्गाको पहिचान गर्दैछु । हाल वडा समितिले भाडावापत बार्षिक १ लाख ८० हजार तिर्छौै । वडा समिति भए त्यो पनि विकासमा खर्च हुन्थ्यो । मुख्य कुरा हाम्रो वडामा त्यति ठूलो काम केही छैन । बजारको बीचमा भएकोले सबै रामै्र छ । तर पनि यो वडामा शाखा बाटोहरु धेरै छन् । । प्रजातन्त्र आएपछि यो वडामा ५÷६ वटा बाटो मात्र बनेको छ । अझै पनि ७÷८ वटा कच्ची बाटो बनाउनुपर्ने छ । यस ठाउँका बासिन्दाहरुले मलाई भनिरहनु भएको छ । मसँग यतिबेला पर्याप्त बजेट छैन । गत बर्ष २२÷२३ लाख विकासका लागि आएको
थियो । त्यसमा पनि ४० प्रतिशत महिला बालबालिकाका लागि छुट्याउनुपर्छ । बाँकी रहेको रकमले काम गर्नुप¥यो ।
चालीस प्रतिशत वडामा आएको बजेट महिला बालबालिकाका लागि छुटिन्छ । त्यो केमा खर्च हुन्छ ?
–जस्तै महिलाहरुले गर्ने कार्यक्रमहरु कटिङ्ग, तालिम आदिमा हुन्छ ।

विकासमा भन्दा पनि यस्ता कार्यक्रममा बजेट ज्यादा जाँदा के काम हुन्छ त ? उहाँहरु स्वरोजगार हुनुभयो ?
–प्रभावकारी ढंगले भयो भन्ने मलाई लाग्दैन । २५ जनाले तालिम लिँदा दुई तीन जनाले काम गरेको पाइयो । नत्र ४० प्रतिशत बजेट
घरेलु उद्योग जस्तोमा लगानी
गरिदिए राम्रो हुन्थ्यो । त्यसरी उद्योग खोलिदिँदा वडाको यति, तपाई महिलाहरुको यति प्रतिशत भन्दा हुन्थ्यो ।
बजेट छरियो नि हैन ?
–हो आएको बजेट छरियो । टुक्रिएर गयो । बालबालिकाको बाल क्लवहरुमा पनि बजेट दिनुपर्छ ।
बालक्लबहरुले के के काम गरिरहेको छ ?
–उनीहरु नबरालियुन भनेर खेलकुदका सामाग्री वितरण गरिन्छ । हामी पनि सिक्दै छौं । आगामी दिनमा थप राम्रो नीति निर्देशन आउलान् ।
वडा अध्यक्षहरुलाई प्रसस्त अधिकार दिएको छ । पाएको अधिकार बमोजिम काम गर्न सकेको जस्तो
लाग्दैन ?
–हामीले के अधिकार पाएका छौं
र ? पाँच हजार सम्म वडाबाट खर्च गर्ने अधिकार छैन । हाम्रो वडामा पैसा छैन, वडा समितिको नाममा बैंकमा खाता खोएिको छैन । दुई तीन हजार पनि नगरपालिकासँग माग्नुपर्ने हुन्छ । सानो भन्दा सानो काममा पनि हामीले समिति गठन गरेर जानुपर्नै हुन्छ । एउटा सिंग्नेचर गर्ने अधिकारचाहिँ हामीसँग छ तर अरु केही छैन । सिंहदरबार वडा वडामा आएको छ भन्छन् तर हामीले अहिलेसम्म अनुभूति गर्न पाएका छैनौं ।
वडाबाटै नगरपालिकाले गर्ने काम हुन्छ भन्छन् नि त ?
–भनिहाले त सिफारिस दुईचारवटा गर्न पाइछ । अरु त के हुन्छ र ? नापी नक्साको कुरा वडामा केही आएको छैन, व्यवसायिक प्रमाणपत्र वडाले दिन पाउँदैन । हामीले सिफारिस गरेपछि नगरपालिकाबाटै हुन्छ । अधिकार शब्दमामात्र छ , व्यवहारा देखिएको छैन ।
आगामी दिनमा के कस्ता योजना प्रस्तुत गर्नुभएको छ ? त्यसका लागि कति बजेट माग गर्नुभएको छ ?
–पोहोर जति दियो अब पनि त्यति नै दिने हो । पहिला पनि कति चाहिन्छ, के चाहिन्छ भनेर सोधिएन । वडामा गर्ने काम के के छ भनेर लेखेर पठाउनु भन्नुभयो हामीले लेखेर पठायौ । हामीले १५ वटा कामको विवरण दियौ तर दुई वटा कामको बजेट पठाउनुभयो । यसपालि त्ीइ टोलविकास समितिले दिएको सुझाव पठाउनु भन्नुभयो । वडा नं. १ मा ७ वटा टोल विकास समितिले ५÷७ वटाका दरले सुझाव दिएको छ । सबै समेट्दा ३५÷३६ वटा योजना हुन्छन । तर दुई वटा मात्र सिफारिस भएको भने सुनिदैछ । एउटा बाटोमा मैले ४०–६० मा हालेको छुु । यो वडालाई उपेक्षित गरिएको छ । पार्टी नमिलेर हो कि ?
तपाइहरुको आय स्रोत नगर पालिकाले दिएको मात्र हुन्छ कि आफ्नो पनि आयश्रोत हुन्छ ?
–नगरपालिकाले दिएको मात्र
हुन्छ । हामीले वडाबाट सिफारिस लगायतबाट उठेको रकम नगरपालिकालाई बुझाउनुपर्छ अनि नगर पालिकासँग माग्नुपर्छ । हामीले उठाएको रकम १ रुपैयाँ पनि राख्न पाउँदैनौ ।
अनि अधिकार के रहयो त ?
–अधिकार त भनि हाले नि नेताहरुले चुनावको बेला सिंहदरबारको अधिकार गाउँमा आउँछ भनेर प्रलोभन देखाउने, झुक्याउने काममात्र गरेका
छन् ।
अहिले वडाबाट के के काम हुन्छन् त ?
–नागरिकताको सिफारिस वडाबाट हुन्छ । नगरपालिकाले गर्नुपर्दैन । विजुलीबत्तीको सिफारिस पनि वडाबाट हुन्छ । त्यसभन्दा बाहेक घर नक्सा, व्यवसायिक प्रमाणपत्रको काम वडाको सिफारिसमा मात्र हुन्छ अन्तत नगरपालिका नै जानुपर्छ । वडामा प्राविधिक छुट्याइएको छ भन्छन् तर कहिल्यै वडामा आएर बस्दैनन् । उहाँहरु नगरपालिकामै बस्नुहुन्छ ।
वडामा खटाइएको भनिएका प्राविधिकहरु वडामा बस्दैनन् ?
–बस्दैनन् । बाहिर बाहिरै बस्नुहुन्छ । कहिल्यै आएको मलाई थाहा छैन । अफिसमा अर्थात वडामा बस्नुहुन्छ भनेर वडा समितिमा थप कोठा भाडामा लिएका छौं तर आउँदैनन् । सबै कुरा वडामै हुन्छ भन्ने हल्ला थियो तर एक बर्ष भयो केही भएको छैन ।
वडामा दिइएका भनिएका प्राविधिक कर्मचारीलाई नगर पालिकामा देख्नु हुन्छ ?
–यदाकदा देखिन्छन् । उहाँहरु बाहिर बाहिरै घुमिरहनु हुन्छ भन्ने सुनेको छु । सुने अनुसार उहाँहरुले दुई तीन वडा छुट्याएको छ रे । कुन कुन दिन आउने भन्ने थाहा भए सूचना टाँस गथ्र्यौ ।
उहाँहरु तलब कहाँबाट
खानुहुन्छ ?
–उनीहरुलाई नगरपालिकाले नै तलब दिन्छ । वडाको पैसा वडामै जम्मा गर्ने, खर्च गर्ने, बैंक खाता खोल्ने भनेर माथिको निर्देशन आएको छ तर अहिलेसम्म त्यो लागू भएको छैन ।
किन लागू नभएको त ? सोध्नु भएको छैन ?
–हामीले मात्र हैन अन्य वडाका वडा अध्यक्षहरुले सोध्दा स्पष्ट निर्देशन आएको छैन भनेर पन्छाउने काम
गरिएको छ । प्रदेश सरकारले निर्देशन दिएपछि मात्र काम हुन्छ भन्नुहुन्छ ।
वडामा तपाईहरुको बैंक खाता छैन ?
–छैन ।
पर्यटनको सम्भावना यहाँ कतिको देख्नु भएको छ ?
–यहाँ अर्थात प्रदेश नं. १ मा पर्यटनको प्रचुर सम्भावना छ । गर्नुचाहिँ पर्छ । धरान एउटा सुन्दर सहर हो । सामान्य कुरा गरौ नमस्ते झरना । नममस्ते झरना राम्रो छ तर प्रत्येक बर्ष दुर्घटना हुन्छ । कमसेकम त्यसको व्यवस्थापन गर्न सकिन्छ । शिवजट्टा पनि त्यतिकै राम्रो छ तर सडक राम्रो छैन । नगरपालिकाले धरानदेखि भेडेटार सम्म केवलकार चलाउने सम्बन्धी अध्ययन शुरु गरिसकेको छ । त्यो वनेमा पर्यटन व्यवसाय फस्टाउँछ । म एउटा पर्यटन व्यववसायी भएको नाताले
घरवार बैंकमा राखेर पर्यटनका लागि केही गर्दै आएको छु । यो कुरा सबैलाई थाहा छ । विडम्बनाचाहिँ पर्यटन बोर्डले मलाई सदस्य समेत राखेको छैन पर्यटनसँग सरोकारै नभएका मानिसलाई बोर्डको सदस्यमा राखिएको छ । यो कुरामा मलाई दुःख लागेको छ । म माथि राजनैतिक पूर्वाग्रह राखिएको हो कि भन्ने मलाई लागिरहेको छ ।


