धरान÷ बोलबममा आउने भक्तजनहरुलाई पूर्वका धार्मिक पर्यटकीय स्थलको जानकारी गराउनका लागि पिण्डेश्वर बाबाधाम समितिले बोलमका समयमा यसबर्षदेखि सूचना केन्द्र राख्ने भएको छ । धरानको पिण्डेश्वर मन्दिरमात्र हैन दन्तकाली, बुढासुब्बा, पञ्चकन्या लगायत धनकुटाको भेडेटारमा रहेको पाथीभरा, सुनसरीको रामधुनी लगातका तीर्थ स्थलको विषयमा जानकारीमुलक बोर्ड राखी प्रचार प्रसार गर्ने पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार वनेपालीले जानकारी दिनुभयो ।
यसले बोलमबमा आउने भक्तजनहरुलाई पूर्वका धार्मिक स्थलका विषयमा जानकारी हुनेमात्र हैन प्रदेश नं. १ मा रहेका प्रमुख धार्मिक स्थलको प्रचारप्रसारमा समेत सहयोग पुग्ने उहाले बताउनुभयो । धार्मिक स्थलको प्रबद्र्धनका लागि राखिएको यस सूचना केन्द्रले पिण्डेश्वर मन्दिरको महिमालाई समेत अझ बढाउने अपेक्षा समितिले राखेको छ ।
यसैबीच धरानमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले प्रत्येक बर्षको साउन महिनाझै यस बर्ष पनि बोलबम मेलाको भव्य तयारी गरिरहेको जानकारी गराएको छ । विगत बर्षको भन्दा भव्य बनाउन यस पटक पिण्डेश्वर बाबाधाम समितिको प्रचारप्रसारमा जोड दिएका कारण भक्तजनहरुको संख्यामा पनि यस बर्ष बढ्ने समितिको दाबी छ ।
पशुपतिनाथ मन्दिर भन्दा
पुरानो पौराणिक महत्व बोकेको पिण्डेश्वर मन्दिर भएको दाबी गर्ने समितिले साउन १ गते विशेष रुद्राभिषेक पूजा १०८ को आयोजना गरी यस बर्षको बोलबम मेलाको शुरुवात गर्ने भएको हो । रुद्राभिषेक पूजा १०८ कलश संकल्प र जन अर्पण गरी बोलमब धार्मिक उत्सवको प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीबाट मंगलबारदेखि शुरु गरिएको आयोजक पिण्डेश्वर बाबाधाम समितिले जानकारी दिएको छ ।
विगतमा भारतका विभिन्न देवालयमा गएर जल चढाउदै आएका भक्तजनलाई पिण्डेश्वरको महिमालाई विश्वसामू पु¥याउन यहाका अग्रज धर्मालम्बीहरुले २०३९ सालदेखि सप्तकोशीको जल पिण्डेश्वर मन्दिरमा चढाउन शुरुवात गरे पनि यसको महत्वका विषयमा प्रचारप्रसार सोचे जस्तो हुन नसकेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकासकुमार वनेपालीले बताउनुभयो । उहाले यसपटक भने प्रचारप्रसार व्यापक गरिएको बताउदै प्रचारप्रसारका लागि नेपालका प्रमुख धार्मिक स्थल
रामधुनी कंकालिनी, शंभुनाथ
राजविराज, जनकपुर, लहान, मिर्चैया, बर्दीबास, क्षिरेश्वर, मिथिला, कमलामाई लगायतका नगरपालिकाहरुमा गएर व्यापाक प्रचार प्रसार तथा त्यहाका प्रमुहरुलाई जल अर्पणका लागि निमन्त्रण गरेको समेत जानकारी अध्यक्ष वनेपालीले बताउनुभयो । विगतमा भारतका विभिन्न देवालयमा मात्र हुने गरेको महाआरति समितिले विगतको बर्षदेखि धरानको पिण्डेश्वर मन्दिरमा बनारसबाट ल्याएका पण्डितबाट शुरुवात गरे पनि विगतमा व्यवस्थापनको कमीले केही कमजोरी भएपनि अहिले भने स्थानीय पण्डितबाट नै आरत गर्ने र यसलाई व्यवस्थि गर्दैै लाने समितिको योजना छ । श्रावण २५ देखि ३१ सम्म प्रतिदिन हुने महाआरतीको तयारी भइरहेको आरती व्यवस्थापन समितिकी संयोजक दुर्गा काफ्लेले बताउनुभयो ।

प्रदेश नं. १ कै महत्वपूर्ण तथा पौराणिक इतिहास बोकेको धार्मिक स्थल पिण्डेश्वरमा आउने गेरु बस्त्र भक्तजनहरुका लागि यसपटक खानेपानी, स्वास्थ्य, सुरक्षा लगायतका सम्पूर्ण कुरामा कुनै कमी नहुने समितिको भनाई छ । केही बर्ष अगाडिदेखि यसको महत्वलाई बुझेर भारतबाट समेत जल चढाउन यस मन्दिरमा आउने गरेको बताउदै अध्यक्ष बनेपालीले यसको प्रवद्र्धनका लागि नेपाल सरकारले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।


