काठमाडौँ ÷ नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौ दक्षिण एशियाली तथा आमन्त्रित आइटिएफ तेक्वान्दो प्रतियोगितामा आज स्वर्ण पदक जित्नुभएको छ । नेपाल आइटिएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा शुक्रबारदेखि सञ्चालन भएको सिनियर महिला स्पर्धाको ५५ केजीमुनिको स्पाइरिङको फाइनलमा सबिनाले अफगानस्तानकी फेरिस्थालाई हराउँदै स्वर्ण पदक हात पारेकी हुन् ।
सिनियर महिला स्पर्धाको ६४ केजीमुनिको स्पाइरिङको फाइनलमा करिश्माले भारतकी भेदिका शाहलाई
पराजित गर्दै स्वर्ण पदक जितिइन् । सिनियर महिला स्पर्धाको ४७ केजीमुनि नेपालकी रुविका खड्काले भारतकी विकानश्रीलाई, ५२ केजी मुनि नेपालकी रञ्जु पुलामी मगरले चीनकी हुइङ साङ ताङलाई, ६२ केजी मुनि भारतकी एस भारतीले नेपालकी श्वेता राईलाई तथा ७५ केजी मुनिको समुहमा नेपालकी सृजना राईले बंगलादेशकी सान्तोना
रानीलाई आ–आफ्नो खेलमा हराउँदै स्वर्ण जिते ।
जुनियर महिला स्पाईरिङको ४० केजीमुनि भारतकी आर मल्लिकले नेपालकी स्वस्तिका सुवेदी, ४५ केजी मुनि नेपालकी अबिना राईले भारतकी प्रमिका श्रीबंस, ४७ केजीमुनि भारतकी आयुषाले नेपालकी वर्षा सुनुवार, ५० केजीमुनि भारतकी कुसुम मिठाले नेपालकी रोशनी कँुवर, ५२ केजीमुनि नेपालकी निश्चल राईले बंगलादेशकी सपना किन्तोनिया, ६० केजीमुनि नेपालकी कोपिला स्याङताङले भारतकी प्रनिका सूर्यवंसीलाई आ–आफ्नो खेलमा हराउँदै स्वर्ण जित्न सफल
भए ।
महिला जुनियर स्पर्धाको ५५ केजी मुनि नेपालकी अनिषा कार्कीले स्वर्ण जित्नुभएको छ । जुनियर पुरुषको २२ केजीमुनिको स्पाईरिङमा नेपालका लक्की राईले स्वर्ण जितेका छन् । उनले चीनका स्याउमिङलाई पराजित
गरेका हुन् । जुनियर पुरुषको २७ केजीमुनि चीनका याङ थाङ लीङले भारतका फिग्नेस कृष्णलाई हराउँदै स्वर्ण जिते ।
त्र

