नेता हुन त नविना जस्ती
उहिल्यै हे¥या सरावी भन्ने हिन्दी सिनेमामा अभिताव बच्चनले मोच हो तो नाथुराका जैसा भनेर खुट्टा बटारेको अहिले आएर घण्टाघरलाई झल्झल्ती याद आउन थाल्या छ । नेकपाकी नेता नविना लामाले आफ्ना काजेकर्ताको दह«ै संरक्षन गर्दिरान । अनि पो ऐरे गैरे नत्थु खैरे सबै नविना कि नविना भन्दा रा’न । नेता भन्या त नविना जस्तो हुनुपर्छ । वाह † अस्तिका दिन सत्यमान लामालाई प्रहरीले दायाँबायाँ ख्यालै नगरी क¥याप्प्प अँठ्याएछ । सत्यमानका विरुद्धमा गुण्डागर्दी, ठगी गरेका ८–१० वटा उजुरी त प्रहरीमा प¥या रै’छ । त्यति नाथे त के हो र ? दुई चार दर्जनै उजुरी प¥या, अदालतले गोर्खे लौरी कस्नु भनेर पैmसला गरेकाहरु त तनक्क छाती तन्काएर हिड्या छन् । उजुरी प¥यो भन्दैमा सत्यमाजनलाई त्यसरी अँठ्याउँदा नविनाको मात्र हैन अरुका पनि कन्सिरी नतात्ने कुरै भएन । त्यसमाथि पनि नविना दुई तिहाई वहुमत पार्टीकी सांसद कन्सिरी मात्र हेन कन्पारै तातिहाल्छ नि । उनी सत्यमानलाई छुटाउन आफै प्रहरी कार्यालय पुगिछन्, प्रहरीका विरुद्धमा मन्त्र पढिछन्, फोन हल्लाइछन् । घरेलु सचिवले सिडियोको सातो खाएछन्, सिडियोले प्रहरीको दिमाग भुटेछन् । त्यसपछि त वातै खलास । नामै सत्यमान, झुटा हुनै सक्दैन थे ।
दुई चार जना खुस्कदैमा केही हुन्न
पहिला पहिला गामघरतिर अरुको जग्गा जमिन हेर विचार गरिदिने, खेतिपाति गरिदिने, अन्नवाली थन्क्याइ दिनेलाई कम्तिया भन्थे । अहिलेचाहिँ नेताको माल थन्काइदिने, मेडिकल कलेज थन्काइदिने, डिपार्टमेन्ट स्टोर खोलिदिनेहरुलाई माफिया भन्दा रै’छन् । अब हेरम न झापाको वि एण्ड सी मेडिकल कलेजका नामधारी सञ्चालक दुर्गा प्रसाईले अस्तिका दिन एउटा अन्तरवार्तामा डा. गोविन्द केसी जस्ता दुई चार जना खुस्कदैमा केही लछारपाटो लाग्दैन भनेर बोलेछन् । कहाँको राजा राम कहाँको गंगु तेली । गोविन्द केसीकै कारण प्रसाई अस्पतालको सम्बन्धन लिन पा’ छैन । प्रचण्डाउ र खप्रओकोलाई घरैमा बोलाई चरेशको थालमा मार्सी चामलको भात चौरासी व्यन्जन बनाएर खिलाएका थिए । तर गोविन्द केसीले अनसन थाल्दिहाले । सम्बधन पाइएला पाइएला जस्तो भा’थ्यो केसीको अनसनले इधम बर्बाद उधम बर्बाद बनाइदियो । उन्ले भन्या ठिकै हो १७÷१८ हजार खुस्कदा त केही भएन जाबो दुई चार जना खुस्कदैमा केचाहिँ होला र ?
संसद अवरुद्ध हु“दैन रे
कहिलेकाही त हाम्रा पर्धानमन्तरी खपओका गफ पनि साह«ै घतलाग्दा
हुन्छन् । कसैले उखान तुक्के भन्छन्, कसैले जोकर भन्छन्, कसैले के भन्छन् । भनुन भन्नेको थुतुनो थुन्न सकिदैन क्यारे ? अब अस्तिका दिन उन्ले भन्या अवदेखि संसदमा दुई चार जनाले विरोध जनाएर ठिंग उभिदैमा संसद अवरुद्ध हुँदैन रे । छैन गजबको गफ ? हो नि त्यस्तो सांसदमा दुई चार जना पिलन्धरेहरुलाई सरकरका काम मन परेर भनेर ठिंग उभिएर अवरोधै त गर्नु भएन नि । चित्त बुझेन भने बरु सडकतिर आएर उभिनु, माइतिघर मण्डलातिर गएर उफ्रनु, उभिनु । संसदमा किन उभिनु प¥यो ? सरकारले देशा रेल दौडाउनु प¥या छ, घर घरमा ग्याँसको पाइप पु¥याउनु प¥या छ । यत्रा काम गर्न लाग्या सरकारलाई काम गर्न दिनु पर्दैन ? कुरो खै बुझ्या
त ?
हिस्स बूढी हरिया दा“त
खप्रओको सरकार लत्तरो सरकार होइन । दुई तिहाई बहुमतको सरकार हो । पुरुषलाई महिला, महिलालाई पुरुष बनाउन मात्र यो सरकारले गर्न सक्दैन अर्थोक सबै कुरा गर्न सक्छ । यस्तो बलियो बाँगो सरकारले गरेका निर्णयलाई लुतुलुतु अदालतले उल्ट्याएको देख्दा
घण्टाघरलाई नि आश्चर्य नै लाग्या छ । अब हेरम न देउवा सरकारले पहिला पहिला नियुक्ति गरेकाहरुलाई खप्रओले हँटाउन खोज्नु ठिकै हो । हिजो देउवाले आफ्ना मान्छे राखे अब ओलीले आफ्ना मान्छे राख्छन् । जिसका भैँस उसका लाठ्ठी भन्ने त उखानै छ । तर खप्रओका अगाडि अदालत गलपासो भएर देखा प¥या छ । अदालत जानेलाई थप थप पुनर्वहाली गरेर पठाइद्या छ । अबचाहिँ पक्का भयो दुई तिहाई सरकारको निर्णय पनि लागू नहुने रै’छ ।
पानी खा“दा पनि विरोध
मह काढ्नेले हात चाट्छ भने त उखानै छ । महचाहिँ एउटा काढ्ने अनि हात चाहिँ अर्काले चाट्ने त हुँदैन क्यारे । मह काढ्नेले मेरो हात चाट चाट भनेर अरुलाई चाट्न दिने कुरो पनि हुँदैन क्यारे । अब हेरम न यतिबेला राष्ट्रपति र पर्धानमन्तरीले हजारौ रुपैयाँको पानी खान्छन् भनेर विरोध गर्नेहरुको लर्को नै लाग्या छ । देशको सबैभन्दा ठूलो पदमा उनेरु नै बस्या छन्, दुनियाँको विरोध खप्नुपर्छ, गाली खानुपर्छ । अनि उनेरले जाबो पानी खाँदा नपाउनु ? महँगो ओछयानमा सुत्ने, दायाँ बायाँ प्रहरी प्रशासन लगाउने, मीठो मसिनो लडाउने, कहीँ जाँदा पनि सडकमा कसैलाई आउनै नदिएर शानसँग हिड्ने, भत्ता टन्न बजाउने भनेकै अहिले हो । भोलि पद
रहला नरहला । अनि जाबो गोडा पन्द्रेक हजारको एक लिटर पानी पिउँदा त्यत्रो
राँडे रुवाई किन ग¥या होला ? हिजो अरुले खाका थे, आज अरुले खादैछन्, भोलि अरुले खान्छन् । कि कसो हौ ?
अपहरण गर्ने रे †
यतिबेला डाक्टर र प्राध्यापक
अपहरणमा परिएला भनेर थर्कमान भा’छन् । एक्लै दोक्लै हिड्नै छाड्या छन् । वास्तविकता के रै’छ भनेर घण्टाघरले यसो तिनेरको थुतुनो सुँघ्या त बातै अर्को रै’छ । पर्धानमन्तरी खप्रओ र शिक्षे मन्त्री गिरिराज मणि पोख्रेलले सरकारले ल्याएको मेडिकल विद्येयकको विरोध गरे डाक्टर र प्राध्यापकलाई अपहरण गर्ने चेतावनी द्या रै’छन् । यो
सरकार त दुई तिहाई वहुमतको पो त हो गाँठे । अनि उस्ले गर्न खोजेको कामको विरोध त गर्नु भएन नि ।
गरिबका छोराछोरीले नि मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनेर वित्थाँ किन अनसन बस्नु, किन सडकमा उफ्रनु ? सर्कारले भन्या सोह«ै आना ठीक हो मेडिकल शिक्षा धनीका छोराछोरीले मात्र पढ्ने हो । गरिवकाले नि पढन थाले भने काम गर्ने मान्छेको चरम अभाव हुन्छ । अनि यहाँका डाक्टर, पाध्यापकलाई अपहरण गरेर थुमथुम्याउनु परेन ? खै कुरो बुझ्या ?
असारे बजार अनुगमन
मुलुकमा असार लायो कि सबैले बुझे हुन्छ विकासले चरम गति लिन्छ । विकासका लागि नेपालीले अरु समयको भर पर्नै छाडिसके । सडकको कालेपत्रे यति बेलै बन्छ, पुल, पुलेसा यतिबेलै बन्छ । यतिबेला दिनरात काम हुन्छ । अब त हुँदा हुँदा बजार अनुगमन पनि यतिबेलै हुन थाल्या छ । असारे अनुगमनको नामले यतिबेला धरानमा समेत राम्रै चर्चा बटुलेको छ । असारे अनुगमन उही बजेट डकार्ने उत्तम उपाय भन्दा अर्केचाहिँ देखिएन । कुहेको पापड बेच्दा पनि मतलब छैन, गएको माघे संक्रान्तिमा बनाएका ढुसी आएका तिलका लड्डु बेच्दा नि मतलब छैन, म्याद गुज्रेको तेल बेच्दा नि मतलब छैन, कुहेका फलफूल बेच्दा पनि मतलब छैन । अनुगमनका लागि अनुगमन गरेसी’ वातै खलास ।
अन्तेमा
हिजो आज मुलुकाँ नयाँ नयाँ घोषणा हुन थाल्या छन् । पर्धानमन्तरी खप्रओले सम्बृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउन लाग्या हो कि क्या हो । छनक त त्यस्तै त्यस्तै देखिन थाल्या छ । कहिले बालमैत्री घोषणा, कहिले आकामुक्त क्षेत्र घोषना यतिबेला प्रतिष्पर्धात्मक रुपले नै अगाडि बढेको छ । घोषना कार्जेक्रमको आयोजना ग¥यो खाना नास्ताको भोज ग¥यो । स्थानीय निकाय र मुक अमुक एनजिओ आइएनजिओले माल देकै छ । कुन दिनदेखि बृद्धवृद्धा मुक्त, युवायुवती मुक्त कार्जेक्रम नि नहोलान् भन्न सकिन्न । माल पाएसी’ घोषना गर्देर बजाउनु त हो ।

