सुनसरीको सीमावर्ती क्षेत्रमा भएका ८४ वटा मदरसा प्रशासनको उच्च शतर्कतामा,सार्क शिखर सम्मेलनलाई मध्य नजर गरी सम्भावित आतंककारीको घुसपैठ रोक्न सीमामा कडाई

धरान/यही मंसिर १० र ११ गते
राजधानीमा हुन लागेको १८ औं सार्क शिखर सम्मेलनमा शंकास्पद व्यक्तिहरु विभिन्न जिल्लाको नाका प्रयोग गरी
राजधानी पुग्न सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय सनसरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सार्क शिखर सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, वंगलादेश, भुटान, माल्दिभ्स, अफगानस्थनका राष्ट्रप्रमुखहरुको सहभागिता रहने भएको छ । सम्मेलनमा आतंककारी गतिविधि गर्दै आएको कामातुर लिरेशन अर्गनाइजेशन (के.एल.ओ.),
भारतीय मुजाहिद्धिन, तालिवानी आतंककारीहरु नेपाल–भारतको खुला सीमा नाकाको प्रयोग गरी राजधानी पुग्न सक्ने आशंकामा
सरकारकै निर्देशनमा सुनसरीमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी रविराज पन्थले जानकारी
दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पन्थले आइतबार आफ्नै कार्यकक्षमा भन्नुभयो, सम्मेलनको सुरक्षा स्थितिलाई मध्यनजर गरी विगत दुई महिना अगाडिदेखि नै विशेष तयारी गरिरहेका छौं । पूर्वाञ्चलका क्षेत्रीय प्रशासक अन्नपूर्ण दाशको उपस्थितिमा
सुरक्षा समितिको वैठक बसी महत्वपूर्ण निर्णयहरु समेत भएका छन् । सुनसरीमा धेरै नाकाहरु भएकोले कुनै एक ठाउालाई मात्र केन्द्रित गरिएको छैन । प्रमुख जिल्ला अअिधिकारी पन्थले भन्नुभयो, विशेष गरी नेपाली सेनाबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सबैको पहलमा सुरक्षास्थिति सुदृढ बनाउने काम भइरहेको छ । यसका लागि सुनसरीका दर्जनभन्दा बढी नाकामा कडाइका साथ सवारी साधन चेकिङ्ग, सुरक्षाकर्मीहरुको उपस्थिति नभएका स्थानहरुमा निगरानी बढाउने, शंकास्पद देखिएका व्यक्तिसाग सोधपुछ गर्ने, आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिने सम्मका कामहरु भइरहेको छ ।
यसका लागि कति सुरक्षाकमर्मी
परिचालन गरिएको छ त भन्ने सवालमा उहााले भन्नुभयो संख्यात्मक रुपमा यति नै भन्ने कुरा तोकिएको छैन । आवश्यकता अनुसार दुई चार, पााच दश जनाको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसका लागि समय पनि यही नै हो भन्ने छैन । सुरक्षाकर्मी पोसाकमा, सादा पोसाकमा
खटिरहेका छन् । सुनसरीमा सबैभन्दा बढी शंकास्पद ठाउा कुन हो त भन्ने सवालमा प्रमुख जिल्ला अधिकारी पन्थले भन्नुभयो, यो कुरा सबैलाई थाहा छ, मिडियामा पनि आइरहेकै छ । नेपाल भारत सीमावर्ती नाका, पाखा क्षेत्र, प्रहरीको उपस्थिति भन्दा टाढाको स्थान, सदरमुकामभन्दा परको घनावस्ती, निरन्तर अपरिचित अनुहारको भेटघाट हुने स्थान, अन्य प्रयोजनका लागि मिटिङ्ग बस्ने ठाउालाई सम्वेदनशील क्षेत्रको रुपमा हामीले लिएका छौं । हालसम्म यस्ता गतिविधिमा संलग्न वा संदिग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ कि छैन भन्ने अर्को सवालमा पन्थ भन्नुहुन्छ, अहिलेसम्म हामीले यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिएका त छैनौ तर निगरानीचाहिा बढाएका छौं । लागू आषध ओसारपसार गर्ने सन्दर्भमा होस वा सुनचाादी तस्करी, हात हतियार ओसार पसारका कुरा हुन् । यस्तै आवरण भित्रबाटै त्यस्ता गतिविधि हुने भएकोले हामीले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएका छौं । तर यही सार्क गतिविधिलाई सुरक्षा थ्रेड बढाउाछ भन्ने एकल आधारमा नियन्त्रणमा लिएका छैनौं ।
सुनसरीमा ८४ वटा मदरसाहहरु छन् । ती ठाउाहरुबाट यदाकदा संदिग्न पाकिस्तानीहरु पनि आएर बस्ने सूचना आउाछ । यस सम्बन्धमा के भन्नुहुन्छ भन्ने जिज्ञासामा पन्थको कथन छ हामीले त्यस्ता ठाउामा निगरानी बढाएका छौं । राज्यको उपस्थिति जुनसुकै ठाउामा ढिलो चााडो पुग्छ । कुनै पनि सूचनालाई हामी सम्पत्तिका रुपमा लिन्छौं । आगामी दिनमा हामी  सीमा सुरक्षामा अझ कडाइ गर्दै लैजान्छौं ।
यसैबीच मोरङ्ग र झापामा पनि यतिबेला सीमा सुरक्षामा कडाई गरिएको छ । गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले शनिवार झापामा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिनुभएको थियो ।
भारतमा पृथकतावादी आन्दोलन गरिरहेको कामतुर लिरेशन अर्गनाइजेशन (के.एल.ओ.) लाई भारत सरकारले आतंककारीको सूचिमा राखेपछि उसका नेपालमा हुने गतिविधि नियन्त्रण गर्न सिलवाले निर्देशन दिनुभएको हो । सार्क सम्मेलन हुने पूर्व सन्ध्यामा शिलवालले त्यस्तो निर्देशन दिनुलाई त्यस्ता आतंककारीहरु विभिन्न भेष र बहानामा राजधानी पुग्न सक्ने आशंकाले नै हो, झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालको बुझाई छ । पश्चिम बंगाल र आसामका केही जिल्लामा केएलओले भुमिगत गतिविधि गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया