सुनसरी डिलर तथा थोक व्यवसायी संघमा पुन: सुराना

धरान/सुनसरी डिलर तथा थोक व्यवसायी संघको सोमबार सम्पन्न दोस्रो साधारणसभाले पुन: मानिकचन्द सुरानाको अध्यक्षतामा ११ सदस्यीय नयाा कार्यसमिति चयन गरेको छ ।
सुनसरी उद्योग वाणिज्य संघको सभाकक्षमा भएको साधारणसभाबाट सदस्यमा सर्वसम्मवत निर्वाचित हुनेहरुमा सीताराम आचार्य, पवन पोद्धार,
राजकुमार अग्रहरी, सन्तोष अग्रवाल, उमेश अग्रवाल, अरुण श्रेष्ठ, विजय साह, अजित अग्रवाल, राजेन्द्र साह
(माइला), भोलानाथ बराल र अमित अग्रहरी रहनु भएको छ । नव निर्वाचित कार्य समितिका सदस्य सीताराम आचार्यका अनुसार अध्यक्ष सहित १३ जनाको कार्य समिति रहने संघमा एकजना सदस्य र कार्यसमिति भित्रैबाट उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको टुंगो आगामी वैठकले गर्नेछ ।
यदाकदा सुनसरीका डिलर तथा थोक व्यवसायीहरुले व्यहोर्नु परेका अनेकौ झन्झट, विभिन्न समूहबाट आउने थ्रेड आदिलाई मध्यनजर गरी यस क्षेत्रमा लागेका सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने उद्देश्यले २०६९ आषाढ ७ गते नेपाल सरकारको ऐन कानुन बमोजिम जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता भएको संघले व्यवसायीको हितका निम्ति काम गर्दे आएको छ । यसका अलावा संघले सामाजिक कामहरुमा समेत आफ्नो अग्रसरता बढाउदै लगेको छ ।
दोस्रो साधारणसभाको समुद्घाटन गर्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष
सरोज श्रेष्ठले छोटो समयमा संघले गरेका कार्यहरुको प्रशंसा गर्नुभएको थियो । अरुण तेस्रो आयोजना लगभग बन्ने निश्चित भएकोले आगामी दिनमा धरानको विकासले फड्को मार्ने, यहााका व्यवसायीहरुले इटहरीका व्यवसायीकै आधारमा ढुवानी गर्नुपर्ने, साप्ताहिक रुपमा हुादै आएको सोमबारको बन्दलाई कुन दिन बन्द गर्न सकिन्छ भन्ने कुरामा छलफलबाट दिन तोक्न उद्योग वाणिज्य संघ तयार रहेको बताउनुभएको थियो । यसैगरी पूर्वाञ्चल संयुक्त परिवहन संघका अध्यक्ष जीवी खड्काले साधारणसभाको सफलताको कामना गर्दै हामीले सेवा दिएका छौ भने डिलर तथा थोक व्यवसायीले हामीलाई रोजगारी दिएका छन् । त्यसैले हामी दुवै एक  अर्काका परिपुरक हौा । उहााले थप्नुभयो धरानको तीनकुनेमा प्रहरीको ज्यादतिले व्यवसायीहरु आतंकित भएकोले यसका विरुद्ध परिवहन संघ र डिलर तथा थोक व्यवसायीले आन्दोलन नै गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
डिलर तथा थोक व्यवसायी संघ सुनसरीका सल्लाहकार एवम् दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा रही निस्वार्थ सेवा गर्नुहुने गिरिधारी सापकोटालाई सो अवसरमा सम्मान समेत गरिएको थियो । संघका अध्यक्ष माणिकचन्द सुरानाको अध्यक्षतामा सम्पन्न दोस्रो साधारणसभामा सम्मानित व्यक्तित्व गिरिधारी सापकोटा, सन्तोष अग्रवाल,
मणिराज भट्टराईले समेत शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया