सार्क शिखर सम्मेलनका क्रममा भारीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट जनकपुर र लुम्बिनीमा हुने सम्बोधनलाई रोक्ने घृष्टता संसदको राज्य व्यवस्था समितिले गरेको प्रस्तावप्रति चर्चा परिचर्चा चुलिएको अवस्थामा नेपाल सरकारले मोदीको सम्बोधन कुनै पनि हालतमा
नरोकिने जनाएको छ ।
१८ औा सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरस्थित मुक्तिनाथको दर्शन गर्न जाने कुरा लगभग निश्चित भइसकेको छ । यसभन्दा अगडि साउनमा नृपाल आउनु भएका भारतीय प्रधानमन्त्री मादीले मंसिर १० र ११ गते हुने १८ औं सार्क सम्मेलनमा नेपाल आउादा जनकपुर, लुम्बिनी पुगेर दर्शन गर्ने बताउनु भएको
थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भइसकेको छ । अभिनन्दनका क्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अभिनन्दित हुने जोकोहीले पनि सम्बोधन गर्ने परम्परा रहेको छ । तर मोदीलाइ नै सम्बोधनमा
रोक लगाउनु पर्छ भनेर राज्य व्यवस्था समितिले सरकारसाग प्रस्ताव गर्नु हाास्यास्पद हो । मोदीलाई नागरिक अभिनन्दका बेला कुनै पनि हालतमा रोक्न नमिल्ने सरकारले प्रष्ट पारिसकेको छ । मोदीको सम्बोधन रोक्नुपर्छ भन्ने कुरामा राष्ट्रपति रामवरण यादव, माओवादीका केही सभासदहरुले आ–आÏनो तहबाट लविङ्ग गरिरहेका थिए । राज्य व्यवस्था समितिले जनकपुर र लुम्बिनीका मञ्चबाट मोदीले गर्ने सम्बोधन अमर्यादित हुने भएकोले रोक्ने सरकारलाई निर्देशन दिएकोथियो ।
मोदीको स्वागतका लागि जनकपुरबासीहरु यतिबेला आतुर
रहेका छन् । मोदीको आगमन हुने चर्चासागै जनकपुरको जानकी मन्दिरलाई बेहुलीजस्तै सिागारिएको छ । सडकको स्तरोन्नति गरिएको छ । चोक, गल्ली तथा मुख्य स्थानमा स्वागतका व्यानरहरु राखिएका छन् । भिट्टामोडदेखि जकपुरसम्मको १९ किलमेटिर सडक रातारात चौडा र कालोपत्रे बनाइएको छ । मानौ यबितेला जनकपुर मोदीमय भएको छ । मोदीको आगमनको पूर्व सन्ध्यामा जसरी जनकपुर सजाइएको छ त्यसभन्दा अगाडि कहिल्यै सजाइएको थिएन । भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरको प्रांगरणमा अभिनन्दन पश्चात सार्वजनिक सम्बोधन गर्नुहुने भएको छ । मोदीको जनकपुर भ्रमणको तयारीको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिलाई दिइएको छ । निर्धारित कार्यक्रम अनुसार मंसिर ९ गते विहान मोदीले मन्दिरमा पूजापाठ गरेपछि सोही समय उहााले सम्बोधन गर्नुहुनेछ ।
यसभन्दा अगाडि मोदी भारतको पट्ना हुादै नेपाल भारत सीमा नाका भिट्टामोड हुादै गाडीमा जनकपुर आउने बताइएको थियो । तर सुरक्षा लगायत विविध कारणले उहाा हेलिकोप्टरबाटै आउने निधो भएको सरकारका तर्फबाट जनकपुरमा मोदीलाई स्वाग गर्ने जिम्मेवारी पाएका मन्त्री निधिले प्रष्ट्याइसकेका छन् । उहाा चढेको हेलिकोप्टर नेपाली सेनाको पकौली व्यारेकमा अवतरण गरी गाडीमा मन्दिरसम्म पुग्ने तयारी गरिएको छ । मोदीले जनकपुरमा विपन्न वर्गका छात्र–छात्राहरुलाई सैयौ साइकल वितरण गर्नुका साथै वृहत्तर जनकपुर विकासका लागि झण्डै ६ अर्ब रुपैयाा सहयोगको घोषणा समेत गर्नुहुने भएको छ ।
