बालमैत्री घोषणा तयारीका लागि विभिन्न कार्यक्रम

धरान÷ नेपालको संविधानले प्रदत्त गरेको स्थानीय स्तरबाटै बालमैत्री घोषणा गर्ने अभियान अन्तर्गत धरान उपमहानगरपालिका वडा नं. १४ ले समेत असारको पहिलो हप्ताभित्र आफ्ना वडालाई वालमैत्री वडा घोषणका लागि विभिन्न कार्यक्रमहरु अगाडि सारेको छ ।
नेपालको संविधान २०७२मा उल्लेख भए अनुरुप बालबालिकाको मौलिक हक सुनश्चित गर्ने लक्ष्यसहित धरान १४ ले यस भन्दा अगाडि क्लब स्तरीय हाजिरी जवाफ प्रतियोगिता, सरसफाई सम्बन्धी कार्यक्रम लगायतका काम हरु गरिसकेको छ । बाल मैत्री घोषणामा ३९ सुची पार गर्नुपर्ने प्रावधान अनुरुप ९५ प्रतिशत काम पूरा गरेको वडाले पछिल्लो समय वडालाई बालमैत्री घोषणा गर्न थप मद्धत पुग्ने अभिप्रायले बालबालिका सम्मिलित प्रचारप्रसार ¥यालीको आयोजना समेत शनिबार सम्पन्न गरेको छ ।
धरान १४ का ११ वडा बाल क्लबको सहभागितामा निकालिएको ¥यालीमा आफ्ना बालबालिकालाई समयमै खोपको मात्रा पुरा गराऔं, तीन बर्षभित्र माथिका बालविकास केन्द्र र ६ बर्षमाथिको बालबालिकालाई विद्यालय पठाऔं, जन्मको ३५ दिन अगाडि जन्म दर्ता गराऔं, बाल श्रम प्रयोग गर्नु सामाजिक अपराध तथा कानुनी अपराध हो जस्ता नारा लेखेको प्लेकार्ड बोकेर विजयपुर परिक्रमा गरेको थियो ।
दन्तकाली मन्दिरमा आएर समापन भएको सो कार्यक्रममा धरान उपमहानगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख गणेशप्रसाद खतिवडा, वडा अध्यक्ष कृष्ण भट्टराईले बालमैत्री घोषणापश्चात हुने फाइदाका विषयमा जानकारी गराउनु भएको
थियो । वडाले असार १३ गते वृहत कार्यक्रमका साथ बाल मैत्री घोषणा गर्ने अभियान अनुरुप कार्यक्रमहरु विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया