धरान÷नेपाल राष्ट्र नेपाली जनता एवम् बौद्धिक सनातन धर्म तथा सँस्कृतिको उत्थानका लागि गरेका अथक परिश्रम एवम् मेहनतको कदर गर्दै विश्व हिन्दु परिषद् नेपालले नेपालका ऐहिासिक जगदगुरु अनन्त श्री विभुषित बालसन्त मोहन शरण देवाचायको धरानमा भव्य अभिनन्दन गरेको छ ।
स्थानीय सिद्धि नेवा परिषद्को सभा हलमा धरानका विभिन्न सामाजिक संघ संस्था, भजन किर्तन मण्डली, र्धािर्मक संघ संस्थाको सहभागितामा विश्व हिन्दु परिषद्ले बालसन्त देवाचार्यको अभिनन्दन गरेको हो । बालसन्त देवाचार्यका सम्बन्धमा विश्वहिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष देवराज अधिकारीले भन्नुभयो ६ बषको उमेरमै घर छोडेर बृन्दावन पुग्नु भएका देवाचार्यको जन्म झापाको हडिया बुधबारेमा भएको थियो । परिवारमा छैठौ सन्तानको रुपमा रहनु भएका देवाचार्यले स्कन्द पुराणले भने अनुसार भगवान विष्णु हालको चतराधाममा ३३ दिनसम्म ध्यान बस्नु भएको थियो । त्यसैले चतरा प्रचीन हरिद्वार हो ।
बालसन्त देवाचार्यले महाकालीमा २०७२ साल वैसाख ५ गते नेपाल आमाको मूर्ति बनाउने संकल्प गर्नुभयो । उहाँले चाहेको भए, दुई चार जना व्यक्तिबाटै सहयोग लिएर नेपाल आमाको मूर्ति बनाउन सक्नु हुने थियो । तर जगदगुरुले त्यसो गर्नुभएन । हरेक नेपालीको त्यसमा केही न केही योगदान रहोस भन्ने उद्देश्यले महाकाली देखि मेचीसम्मका हरेक व्यक्तिबाट एक रुपैयाँ सहयोग अभियान सञ्चालन गर्नुभयो । एक हातमा खुकुरी र अर्को हातमा नेपालको झण्डा लिएको नेपाल आमाको मूर्ति बनाउने संकल्पले चाडै नै मूर्त रुप लिने समेत उहाँले प्रष्ट पार्नुभयो । अध्यक्ष अधिकारीले अभिनन्दन पत्र समेत पढेर सुनाउनु भएको थियो । अभिनन्दन पत्रमा भनिएको छ धर्मशास्त्र एवम् स्कन्द पुराणको शुक्ष्म अध्ययन र गहन विवेचना गरी सप्रमाण विश्वकै चार क्षेत्रमध्येको एक पवित्र तीर्थ स्थल बराह क्षेत्र प्राचीन हरिद्वार, सप्तकोशी गंगाको तट चतरा धाममा प्रथम पिण्डेश्वर कुम्भ महोत्सवको आयोजना गरी नेपाललाई कुम्भ राष्ट्रको रुपमा परिचित गराई नेपालको छुट्टै विशिष्ट पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कायम गर्न सफल हुनुभएकोमा हामी नेपालीहरु गौरावन्वित भएका छौं ।
अन्तर्राष्ट्रिय ख्याति प्राप्त सन्त
भारतको पण्डित सभाबाट नेपाली माटोको सुपुत्रहरुमध्ये प्रथम जगदगुरुको सम्मान प्राप्त गरी नेपालीको गौरव अभिवृद्धिमा यहाँले उल्लेखनीय योगदान दिनु भएकोले नेपाल राष्ट्रकै ऐतिहासिक जगद्गुरु अनन्त श्री विभुषित शब्दद्वारा सम्मान गर्न पाएकोमा हामी धन्य छौं ।
धार्मिक पथिक
नेपालको सतहत्तर जिल्लाकै पैदल यात्र गरी मुलुकका विभिन्न भूभागमा वैद्धिक सनातन हिन्दु धर्मको जनजारण अभियान सञ्चालन गदै मेची महाकालीका तमाम जनहरुले धार्मिक सहिष्णुता, सद्भाव एवम् प्रेमको भावना जगाई राष्ट्रिय एकताको मालामा गाँस्न सफल हुनु भएकोमा हामीलाई गर्भानुभूति भएको छ । यात्राका क्रममा लुप्तावस्थामा रहेका विभिन्न स्थान, तीर्थ, धामको महत्वमा प्रकाश पार्दै तिनको पुनरुत्थानमा अतुलनीय योगदान दिनु भएकोमा भक्तजनहरु कृतार्थ भएका छौं ।
सफल अन्वेषक
नेपालमै द्वादश ज्योतिर्लिङ्ग रहेको तथ्य सप्रमाण राखिदिनु भई धार्मिक क्षेत्रमा सुनौलो तरंग ल्याइदिनु भएको छ । यसले नेपालको कृति सगरमाथा झै उच्च हुन पुगेकोमा नेपालीले आफूलाई भाग्योदयको अनुभूति गरेका छौं । भारतको हरियाणा राज्यको जगाधरीको बुदियाग्राममा नेपालको पेगोडा शैलीको मन्दिर निर्माण गरी त्यस मन्दिरमा किम्वार्क सम्प्रदाय परम्पराका महान आचार्य म्वभुराम देवाचार्यको प्रतीमा स्थापना गरी उक्त क्षेत्रलाई महान तीर्थमा परिणत गराउनु भएको सुकर्मले सम्पूर्ण हिन्दुहरु कृत कृत्य भएका छौं । ०७४ साल फागुन १७ गतेका दिन नेपालमा पहिलो पटक धरान नगरीमा आयोजित अष्टादश महापुरणको कलश शोभा यात्राको गरिमा बढाउन आफै सरिक मात्र नभई समुद्घाटन गर्ने अनुकम्पा समेत प्रदान गरी महापुराणलाई भव्यताका साथ सफल बनाउने आर्शीवचन समेत प्रदान गरेको यथार्थलाई हामी सदैव नमन गर्न चाहन्छौं । प्राचीन हरिद्वार चतराधाममा श्री पिण्डेश्वर कुम्भको आयोजना गरी पश्चिमका नेपालीलाई पूर्वतर्फ यात्रा गराउने र पश्चिममा ७५ फिट अग्लो अष्टधातुको नेपाल आमाको प्रतीमा बनाई पूर्वेलीलाई जोड्ने अभियानले राष्ट्रिय एकताको सुत्रमा बाँधिएको छ । ७७ जिल्ला पैदलयात्रा गरी प्रत्येक नेपालीबाट एक एक रुपैया संकलन र धातु संकलन गरी देशको पश्चिमी सीमाना सुरक्षाका लागि एक हातमा नेपाल राष्ट्रको झण्डा र अर्को हातमा नेपालीको गौरव नांगो खुकुरी लिई राष्ट्रको भौगोलिक एवम् सार्वभौम सत्ताको रक्षाको निम्ति प्रत्येक नेपालीलाई सचेत र जागृत गराउन नेपाल आमाको मूर्ति स्थपानले उच्च नैतिकताको राष्ट्रिय भावना उदय गराउने जस्ता सुकर्महरु समेतको अत्युच्च मुल्यांकन गर्दै विश्व हिन्दु परिषदबाट अभिनन्दन पत्र सादर गर्दछौं ।
अभिनन्दन समारोहमा परिषदका उपाध्यक्ष माणिकचन्द्र सुराणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन महासचिव सीताराम आचार्य र कार्यक्रमको सह संयोजक कोपिला भट्टराईले गर्नुभएको थियो ।

