धरान÷ धरानमा लागू औषधको कारोबारी बढेको पाइएको छ । प्रहरीले १२ दिनको अवधिमा ११ जनालाई विभिन्न प्रकारका ठूलो परिणामका लागू औषध सहित प्रक्राउ गरेको छ ।
धरान प्रहरीले धरानको विभिन्न स्थानबाट ११ जना लागू औषध कारोबारीसहित उनीहरुको साथमा रहेको १ सय ६ सेट टिटी जेसिक, ३ सय ४० थान नाइटूोसन, ६४ थान स्पास्पो प्रोक्सोभन (एसपी) सहित ६ सय ७ ग्राम ब्राउन सुगर बरामद गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
प्रहरीले जेष्ठ १५ गते धरान १३ का १३ का २० बर्षीय रविन साहलाई ५० थान लागू औषध, १७ गते धरान १का २५ बषीय विनय मगर र २० बर्षीय सौगात खवासलाई १ हजार १ सय सेट टिटी जेसिक, २२ गते धरान ३ का ३१ बर्षी सुरज साह र २४ बर्षीय सिद्धराज कार्कीबाट ४६ सेट टिटी जेसिक, २४ गते धरामपुर ६ का २६ बर्षीय अजय राईलाई ६ सय ७ग्राम ब्राउन सुगर र २५ गते को १ ह ९७९२ मा टेम्पो चालक धरान ११ का भविन तामाङ र धरान ६ पानबारीका सविन बस्नेतले टेम्पोको सिटमुनी लुकाई ल्याएको अवस्थामा ६४ थान स्पास्पो प्रोक्सिन । २ सय ४० थान नाइटूोसनसहित धरानका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो ।
प्रक्राउ परेकाहरुलाई म्याद थप गरी लागू औषध कारोबार ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएपी पौडले जानकारी दिनुभयो ।

