धरानमा कुखुराको आयातमा रोक लगाइयो

धरान÷केही समय अगाडिदेखि धरानमा कुखुरा आयातमा रोक लगाइएको छ ।
काठमाण्डौ र चितवनमा वल्डफ्लु रोग भेटिएपछि गरिबी निवारणका लागि स्वयम् सेवकहरुको प्रयास सञ्जाल
धरानको पहलमा पोल्ट्री व्यवसायी, कुकुरा व्यापारी तथा यसमा सरोकार राख्ने विभिन्न संघ संस्थाको सहयोगमा अन्य स्थानमा उत्पादन भएका कुखुरालाई धरान आयातमा रोक लगाइएको हो ।
जेष्ठ १३ गते सरोकारवालाहरुको धरान १३ मा रहेको पशु सेवा कार्यालयमा भएको छलफलबाट अर्को निर्णय नहुन्जलसम्म कुखुरा आयातमा रोक लगाउने निर्णय गरिएको हो । उनीहरुले गरेको निर्णयको बोधार्थ जिल्ला पशुसेवा कार्यालय इनरुवा, इलाका प्रहरी कार्यालय धरानलाई समेत बुझाएका छन् ।
सञ्जालका अध्यक्ष दिलकुमार लामिछानेको अध्यक्षतामा बसेको छलफलमा उपभोक्ता र व्यवसायीको हितलाई ध्यान दिएर धरानका मासु व्यवसायी, पोल्टी फर्म र उपभोक्तावादी संघ संस्थाको छलफलबाट अर्को निर्णय नहुन्जेलसम्मका लागि धरानमा कुखुरा लगायत अन्य पंछीलाई आयातमा रोक लगाइएको धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बताउनुभयो ।
काठमाण्डौ र चितवनमा बर्ड फ्लु भेटिएकोले धरानमा हालसम्म त्यस्तो नभेटिएकोले धरानलाई बल्र्डफ्लुबाट सुरक्षित राख्न पनि सबैको छलफल कुखुरा आयातमा रोक लगाइएको गरिबी निवारणका लागि स्वयम् सेवकहरुको प्रयास सञ्चालका अध्यक्ष दिलकुमार लामिछानेले बताउनुभयो । उहाले यो कार्यले उपभोक्ता र व्यवसायी दुवैलाइ फाइदा हुने बताउनुभयो ।
एभियन एन्फुएन्जा नामक
भाइरसबाट सर्ने बर्डफ्लुको महामारी नेपालमा समेत केही बर्ष अगाडिदेखि भित्रिएपछि कुखुरा पालक कृषक तथा मासु व्यवसायीको व्यवसाय नै धरापमा पर्ने गरेको छ । अहिले धरानमा यहा उत्पादन भएको मासु मात्र सप्लाई हुदा कुखुराको माग धान्नै मुस्किल पर्ने
धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया