धरानको कला, संस्कृतिसंगै साहित्यिक विकासका लागि कविता प्रतियोगिता

धरान÷ धरान उपमहानगरपालिकाद्वारा गठन गरिएको धरान प्रज्ञा प्रतिष्ठानले तेस्रो कार्यक्रमको रुपमा यही जेष्ठ २१ गते धरान उपमहानगरपालिका रहेका विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई समेटेर प्रतियोगीतात्मक कविता गोष्ठीको आयोजना गर्ने भएको छ ।
साहित्य, कला, संगीत, नृत्य, भाषा संस्कृति आदि विविध क्षेत्रको माध्यमबाट सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले गठित प्रतिष्ठानले शनिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितात्मक कविता गोष्ठी आयोजना गर्न लागेको जानकारी
गराएको हो ।
धरान १ धुलीखेल समाजको कार्यालयमा आयोजना हुन लागेको सो प्रतियोगिताका लागि सूचना प्रकाशित भएपछि ६२ वटा कविता क्याम्पस तथा विद्यालयका विद्यार्थीहरुले प्रतिष्ठानमा बुझाएको भपनि ३२ वटा मात्र प्रतियोगितामा समावेश गरिने प्रतिष्ठानका सदस्य विनोद तखाचेले बताउनुभयो ।
प्रतियोगितामा कलेज स्तरबाट ९ वटा कविताले प्रतिष्पर्धा गर्दैछन भने विद्यालयमा २३ वटा कविताले प्रतिष्पर्धा गर्ने उहाले जानकारी
दिनुभयो ।
प्रतियोगिताबाट विजेता कलेज तथा विद्यालयका प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद १५, १० र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ भने एकजनालाई ३ हजार नगदसहित सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।
गठन भएसंगै प्रतिष्ठानले यस भन्दा अगाडि धरान उपमहानगरपालिका स्तरीय लोकनृत्य प्रतियोगिता र चित्रकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
त्र

तपाईको प्रतिक्रिया