घण्टाघरबाट हेर्दा

छाड्दै छाडदिन रे
आजकल घण्टाघरलाई घरेलु मन्तरीको गफ सुन्दा त्यसै त्यसै पेट हुँडलिएर आउँछ । बल्लबल प्रचण्डाउको पदमा रोईकराई गरेर घरेलु मन्तरी के भा’छन् वाइस सत्ताइसका डिङ्ग हाक्न थालिल हाले । सुन तस्करी प्रकरणमा घरेलुका सह सचिवले वडो मिहेनत गरेर तीन कोरी भन्दा बढी भुसतिघ्रे तस्करहरुलाई कारबाहीको दायरामा ल्यायो । तीन दर्जन जति जेलको हावा खाँदै छन्, बाँकीले कुलेलम ठोक्या छन् । अनुसन्धान गरेर प्रभाव जुटाउने मौन तर घरेलु मन्तरीको फूर्तिचाहिँ सानो छैन । गर्ने भन्ने हनुमान पगरी गुथ्ने ढेँडु भनेझैँ । अब हेरौ न अस्तिका दिन घरेलु मन्तरी पूर्वतिर चर्न आउँदा
विराटनगरमा आफ्नै आसोपासे नारदहरुका अगाडि भनेछन् सुन तस्करी गर्ने म कसैलाई पनि छाड्दिन । सुन तस्करीमा ठूला ठूला भनाउँदाहरु पनि छन भन्ने कुरा घरेलु मन्तरीले भेउ नपाएका हुन् कि अक्कलले काम नगरेको हो कन्नि । त्यो सुन काण्डको लहरो वाल्वटार सम्मै पुग्या चर्चा छ । थुतुनो र त्यो केजाति जोगाउनु भन्छन् । घरेलु मन्तरीले खै कुरा बुझ्या ? बल्ल बल्ल घरेलु मन्तरी भेट्या छन् । बढी फ¥याकफुरुक ग¥यो भने त्यो पनि स्वाहा होला । नचेती बुद्धिको विर्को खुल्दैन भन्छन् लहै…….।
का“ग्रेसको आन्दोलन
यसो पाकपाक पुकपुक, भाकभाक भुकभुकको केशमा प्रहरीले तरुण दलका सुनसरी सभापतिलाई अँठ्याएपछि काँग्रेसहरु आगो खाएर अंगार ओकल्न सडकमा हान्निए । कहिले सिट्टी फुक्दै बजारमा दौडिए, कहिले झुरुप्प्प भएर कोण सभा गरेर पडिकए । तर पुलिले ज्यान गए सुन्या हैन । माने टेरपुच्छरै लगाएन । कम्युनिस्टका कार्जेकर्ता अहिले प्रक्राउ प¥या भे उद्युम भइसक्ने थियो । आन्दोल गर्न त काँग्रेसले कम्युनिष्टबाटै सिक्नुपर्छ । शान्तिपूण आन्दोलन गर्दा नि कहाँ पुलिसले पत्याउँछ ? नओलर्नु सडकमा ओर्लिसकेपछि सडकाँ टायर बाल्नुपर्छ, सवारी साधन तोडफोड गर्नुुपर्छ , आगजनी गर्नुपर्छ, प्रहरीसँगै भिड्नुपर्छ माने अशान्ति मच्चाउनुपर्छ । आन्दोलन भन्या छ गोडाविसेक सडकमा आएर सिट्टी फुकेर पनि कहाँ हुन्छ । मलामी गएजस्तो शान्त पनि कहाँ आन्दोलन हुन्छ । यतिबेला कम्युनिष्टका कार्जेकर्ता प्रक्रेको भए देखाइदिन्थे तिरीमिरी झ्याई । सभापतिलाई छुटाउन आन्दोलनको स्वरुप परिवर्तन पो गर्ने हो कि ?
दोसल्ला ओढाएर सम्मान
प्रतिकेजी सुनमा ५० हजार ख्वाप्प ख्वाप्प खादै आएका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीले अदालतमा आत्म समर्पन गरेछन् । भाग्ने सबै चौवाटाहरु बन्द भएसी’ उनी लुरुलुरु अदालत पुगेर बयान दिएछन् । अदालतमा बयान दिँदा खत्रीले वारम्बार हाम्रो उखाने प्रधानमन्तरी खप्रओबाको नाम लिन बिर्सेछन् । आफूलाई पर्धानमन्तरी ओलीले प्रवल चौथो
पुरकार देको, दोसल्ला ओढाएर सम्मान ग¥यासम्म भनेछन् । पर्धानमन्तरी खप्रओबाले तिन्लाई साहसिक सुन
तस्करी ग¥यौ, स्याब्बास भनेर त
पुरस्कार र सम्मान ग¥या त होइनन् होला ? बाजेले घ्यु खा’थे मेरा हात सुँघ भनेझै सुनको मुद्दामा पर्धानमन्ीको नाम किन ल्या होला ? ठूला मान्छेको नाम लिँदा अदालतले छाड्देला भनेर पो खत्रीले त्यसो भन्या हुन् कि ?
अंक गणितीय नबुझ्या रे ।
अरथ मन्तरी युवराज खतौडा पनि महाको मापाका रै’छन् । वडा अध्येक्षेको सम्म चुनाउ नलडेका खतौडालाई खप्रओबाले तानेर अरथ मन्त्री बनाई द्या छन् । चुनावी ज्ञान नभए नि अर्थोक माने अर्थ सम्बन्धी ज्ञान चाहिँ डंगुर छ । अस्तिका दिन उन्ले आव. ०७५÷०७६ को बजेट संसदा फर्ररै पढेर सुनाइदिए । खतौडाले बजेट पढ्दा नेप्लिज लाँग्रेसका सभापति बुढानिलकण्ठे मुखिया पनि हेरि रा’थे , सुनि रा’थे । बुढानिलकण्ठे काजीले त्यसदिन चाइचुई बोलेनन् । अर्को दिन कस्ले चाँडी लगायो कि केही कुछ खुवाइदियो कुन्नि काजीले त बजेटलाीई हावादारी भन्दिए । खतौडा पनि के कम आखिरी उनी पनि
राष्ट्र बैंकका गर्भनर, योजना आयोगको उपाध्येक्ष पड्काइसक्या स्खलिल न
ठहरिए । त्यसमाथि खप्रओकै गृह जिल्ला झापाका न परे । प्वाक्क भन्दिए बजेटलाई हावादारी भन्नेले अंक गणित बुझेकै
रै’नछ । हुन त काजीले अंक गणित कसरी बुझुन ? अंक गणित हेर्ने जिम्मा मुखिनीले पा’छिन् । कि कसो हौ ?
झलु फायर
झालेमालेका उहिल्यैका अध्येक्षे झल्ला झलु माने झलनाथ खानालले आफनो बरियता तोक्नेहरुले कम्युनिस्ट सिद्धान्त र आदर्श नबुझेको भन्दै अस्तिका दिन नाकाबाट पतपत धुवाँ निकालेछन् । झलुलाई यतिबेला नेकपाले बरियतामा चौथो स्थानतिर हुत्याई द्या छ । उमेर र पदको हिसाबले पनि झलु बरियतामा दोस्रो स्थानमा हुनुपर्ने थियो तर चौथो बनाइदिएसी उनी नाकबाट पतपत धुवाँ निकाल्दै बर्बराउन थाल्या छन् । कुन नेताको कति बरियतामा भनेर खप्रओबा र प्रचण्डाउले तय गरेछन् । झलुलाइ सुइँको सम्म देनछन् । अब झलुको काम पार्टीमा सिद्धिएछ कि क्या हो ? नत्र एकपटक पर्धानमन्तरी, अध्येक्षे समेत भैटोपलि सक्या झललुलाई माखा फालेजस्तो हुत्याइदन्थ्यो होला । अस्तिका दिन उनी चीनबाट फर्केसी आÏना आसेपासेलाई भनेछन् म देखाइदिन्छु । झलुले के दखाउलान् कुन्नि ?
नामै बालकृष्ण
यतिबेला सत्तापक्षे बालकृढण महारजको जय जय गान गाई गरहेको छ भने सडकमा रहेको प्रतिपक्षे मुर्दावाद मुर्दावाद भनेर न्वारानदेखिको बल निकालेर चिच्याई रहेको छ । बडा विचित्रको संयोग छ यतिबेला सत्ता पक्षेर प्रतिपक्षे भाते संगठनका ठेट्नाहरुको । तर जेहोस् कृष्ण होस कि बालकृष्ण होस् दुवै शक्तिशाली हुदा रान् । अब हेरम न द्वापर युगका श्रीकृष्ण र गणतन्त्र नेपालका बालकृष्ण दुवै कम्ता शक्तिशाली छैनन् । द्वापर युगका श्रीकृष्ण दही चोरेर खाएको आरोपमा हातमा बाधिएको डोरी Ïवास्स Ïवास्स फुकाउथे अहिलेका बालकृष्ण मान्छे मारेको आरोपमा थुनामा हुदा नि फुत्त फुत्त बाहिर निस्कन्छन् । द्वापरयुगका श्रीकृष्ण तिलस्सी शक्तिको प्रयोग गर्थे गणतन्त्रका बालकृष्ण सत्ताको शक्ति प्रयोग गर्छन् । अब सबैले गणतन्त्रका बालकृष्ण महाराजको जय भन्नु
परेन त ?
कामदारी मन्त्री
हिजो आजका युवा पीढिलाई देख्दा घण्टाघरलाई त्यसै त्यसै जंग चल्न थाल्या छ । छेउ कुनामा बस्यो फेसबुक र अरु सामाजिक सञ्जाल खोल्यो । भए नभएका स्टाटस लेख्यो, अरुले पोष्ट गरेका स्टाटसमाथि तथानाम लेख्यो दिन बितायो । यो पाराले केपी ओलीले समृद्ध नेपाल बनाउने जुन अठोट ग¥या छन् त्यो पूरा होला र ? अब हेरौ न जगत विश्वकर्माले दुई वटा भैसी गोठको अस्तिनैका दिन रिविन काटेर उद्घाटन फोटो कम्ता भाइल भएन । कसैले बेकामे मन्त्री भनेर स्टाटस लेखे, कसैले के भने । हैन खेदनुका पनि हद पो हुन्छ त गाँठे । काम गर्दा नि गाली ग¥या छन् काम नगर्दा पनि गाली ग¥या छन् । मन्तरी विश्वकर्माले कम्ता ठूलो काम ग¥या छन् ? भट्टी पसल, व्युटी पार्लर उदघाटन गर्नु भन्दा भैसी गोठको उद्घाटन कता हो कता उत्तम । यसले कृषि क्षेत्रमा टेवा पु¥याएको छ, आर्गनिक सागसब्जीको लागि गोवर, स्वास्थ्यका लागि दूध उत्पादन हुन्छ । लाउकेहरुले गाँठी कुरा खै बुझ्या ?
अन्तेमा
प्रदेश सरकारले यापारीहरुलाई अब दह«ै संरक्षण गर्ने भएको छ । प्रदेशका सुन व्यापारीहरुले यस भन्दा अगाडि कम्ता दुःख पाएका थिएनन् सुन खरिद गर्न पर्दा काठमाण्डौको
राट्र बैंक नै पुग्नु पथ्र्यो विचरा गोरेले ३५÷४० किलो दिएर उनीहरु कम्ता हैरान भएका थिएनन् । अब त्यही गोरे प्रदेशका गृहमन्त्री हिक्मत कार्कीले राम्रै उपाय सुझाएका छन् । अब प्रदेश सरकारले नै यहाँका सुन
व्यापारीहरुलाई सुन विक्री गर्ने रे । केन्द्रका सबै मोटाएर अतुल्य भएसी प्रदेशका पनि त मोटाउनु प¥यो । सधै टकनटाक भएर बस्नु त भए नि † राजनीति भन्या जोगी हुन त ग¥या होइन नि । आखिरी प्रदेश गृहमन्त्रीको नामै हिक्मत न प¥यो । कसो नगर्लान् त ?

तपाईको प्रतिक्रिया