सामुदायिक विद्यालयमा हात धुने विधी सिकाइयो

धरान÷स्वास्थ्यकोे प्रभाव बाल मनोविज्ञानमा पर्नेमात्र हैन अस्वस्थ विद्यार्थीहरुको अध्ययन गर्ने क्षमतामा समेत कमी हुने गर्छ । अझ सौचालय गएपछि, खाना खानु अघि र हरेक काम गर्दा हात धुनु स्वास्थ रहने मुख्य कडीकै रुपमा लिने गरिएको छ । नीजि विद्यालयमा सरफाइमा बढी ध्यान दिने गरिए पनि सामुदायिक विद्यालयमा भने विद्यार्थीको सरसफाइमा खासै चासो दिएको पाइदैन । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिका वडा नं. १४ ले धरान १४ मा
रहेका सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुको सरसफाइमा ध्यान दिन थालेको छ ।
धरान १४ विजयपुरको दन्तकाली माविमा कक्षा १० मा अध्ययनरत मनिता तामाङ वडा समितिका सरसफाई कार्यक्रम अन्तर्गत वडाअध्यक्षसहितको स्वास्थ टोलीले विद्यालय हाताभित्र सिकाइएको हात धुने विधिमा सहभागी भइन् । यसभन्दा अगाडि सौचालय जानुभन्दा अगाडि, खाना खानु भन्दा अगाडि तथा कुनै काम सकिएपछि सावुनपानीले राम्ररी हात धुनुपर्छ भन्ने सुनेकी तामाङमा हात धुने विधीका विषयमा भने भलिभाति ज्ञान थिएन । १४ नं. वडा समितिकी वाल सञ्चालकी कोषाध्यक्ष समेत रहेकी तामाङले वडा समितिबाट आएका स्वास्थ्यकर्मीसहितको टोलीले सिकाएका यो विधीले स्वास्थ्य रहन मद्दत पुग्ने बताइन् ।
त्यसो त यो विधिको प्रभावकारीका विषयमा यस्तो अनुभव सुनाउने मनिता तामाङ मात्र एक्ली हैनन् । यस विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० कक्षा सम्मका सम्पूर्ण विद्यार्थीहरुले यो विधीको प्रयोग गरे विद्यार्थीको मानसिक, शारीरिक रुपमा स्वास्थ्य रहन मद्दत पुग्ने धारणा राखेका थिए ।
वडा समितिको यो कार्य प्रशंसनीय
रहेको विद्यालयका प्रद्यानाध्यापक सीताराम कोइरालाको समेत रहेको छ । नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीहरुमा स्वास्थ्यसम्बन्धी सचेतना अत्यन्त्यै न्यून हुने भएकोले वडा नं. १४ मात्र हैन धरानका सम्पूर्ण सामुदायिक विद्यालयमा हात धुने विधिका विषयमा सिकाउनु पर्ने आवश्यकता रहेको उहाको भनाई छ ।
भविष्यका कर्णाधार मानिएका विद्यार्थीहरु अहिलेदेखि नै स्वास्थ्य रहन आवश्यक भएकोले १४ नं. वडाले प्रत्येक सामुदायिक विद्यालयमा यो विधि सिकाउन थालिएको धरान १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्राईले बताउनुभयो ।
विद्यार्थीहरुलाई सिकाएको
कुराले अभिभावकलाई समेत सचेत बनाउने भएकोले यो प्रभावकारी हुने उहाको दाबी छ । गमीका समयमा रोगको संक्रमण बढ्ने भएकोले पनि हात धुने तरिकाका विषयमा जानकारी दिन उपयुक्त समय भएकोले पनि शुरुवात गर्मी मौसमबाट नै गरिएको वडा अध्यक्ष भट्टराईको भनाई छ । वडा समितिमा खटिएका स्वास्थ्यकर्मीहरुले समेत बालबालिकालाई यसरी हात धुने तरिका सिकाउदा झाडा पखाला, हैजा, पेटसम्बन्धी समस्या तथा फोहरका
कारण लाग्ने सम्पूर्ण रोगहरुको
रोकथाममा सहयोग पुग्ने बताए ।
त्यसो त हात धोऔ रोगबाट बचौ भन्ने मूल नाराका साथ प्रत्येक बर्ष असोज २९ गते विश्व हात धुने दिवस मनाउने गरिएको छ । विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंग सम्बन्धित सबैको अगुवाईमा मनाउने गरिएको यो दिवस मनाई रहदा सहभागीहरुलाई हात धुने तरिकाका विषयमा भलिभाति ज्ञान नहुन सक्छ । दिवस मनाउनुको सार्थकता भने त्यो बेला हुन्छ जुन बेला गरिब तथा अशिक्षित नेपालीले पनि शौचालय गएपछि, खाना खानु अघि तथा फोहोर बस्तु चलाएपछि सावुन पानीले हात धुनुपर्छ भन्ने चेतना जाग्नुपर्छ । यसको पहिलो खुड्किलो भनेकै भविष्यका कर्णाधार विद्यार्थी हुन् र विद्यालय
स्तरबाटै यसको शुरुवात हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया