घण्टाघरबाट हेर्दा

मज्जाले जितिन्छ रे †
बुढानिलकण्ठे मुखिया आच्या काँग्रेसका श्यालबहादुरले भन्या आगामी पाँच बर्षपछि कँग्रेसले मज्जाले वहुमत ल्याउने गरी चुनाउ जित्छ रे । हैन हौ ती मुखियालाई फेरि कुनचाहिँ ज्योतिषीले उछाल्देछ नि † आÏनै भित्रका झुण्डहरु गाँड कोराकोरमा लाग्या छन् । जन्ताका बीचमा जाने ह्याउ हराई सक्या छ । अनि बुढानिलकण्ठ दबारबाट भक भक गरेर त भएन नि । स्यालबहादुर कुनचाहिँ ज्योतिषीको मायाजालमा फस्या छन् कुन्नि ? फँस्न त पक्कै फँस्या छन् । त्रिशुल बाबाले पो त्यसो भन्द्या हुन कि ? अस्ति नै भा’को चुनाउमा मलाई ज्योतिषीहरुले सात पटक पर्धानमन्तरी बन्छस् भन्या छन् । फेरि नि मै पर्धानमन्तरी हुँन्छु भनेर सानो डंका पिटेनन् । चुनाउमा भीरबाट लडेझै गल्र्यामगुर्लुम पाहा पछारिए झै पछारिएसी स्याल बहादुरले ती ज्योषिको कम्ता खोजी गरेनन । ज्योतिषी पनि कमन्डलु चिम्टा बोकेर रातारात धाइफल तोडेछ । जे होस् उज्यालो नभएनि स्यालबहादुर यतिबेला छायाँ पर्धानमन्तरीचाहिँ छन् क्यारे ।
२० अर्ब चैट बनाए रे
एक सिटे दलका नेता बाउराम भट्टराई पनि कहिलेकाँही गज्जबको मजाक गर्छन् । धन्न काँग्रेसको बुइँ चढेर त्यै एक सिट पनि हात पारेछन् । नत्र उही
सत्तरीको सात हातालागी शून्य । अब हेरम न अस्तिका दिन आफ्ना यसो गोडादशेक छिचिमिरा भेला पारेर भनेछन् प्रचण्डाउले २० अर्ब रुपैयाँ भ्रष्टाचार गरेसी सहन नसकेर पाटी छोड्को हुँ । विचराले धेरै दिन सम्म आशा गरे प्रचण्डउले अलिकति आफ्ना लागि पनि चुहाउलन् कि भनेर । तर प्रचण्डाउ टसमस भएनन् । हुने कुरा पनि भएन । त्यत्रा बर्ष संघर्ष ग¥या, माउवादी केन्द्रका अध्येक्षे जस्तो मान्छेले चुहाउने त कुरा पनि भएन । राजनीति जोगी हुन ग¥या हैन भनेर प्रचण्डाउले राम्ररी बुझ्या थे । फुट्टी कौडी नझर्ने भएसी बाउराम बाजे बटारिनु स्वभाविक थियो । अन्तेमा ताइ न तुईको नयाँ शक्ति पार्टी गठन गरेर हिडे । कुचोले बढार्नु पर्ने कसिंगर हावाले नै साइसुइत्त पार्देसी प्रचण्डाउ कम्ता गदगद भा’थेनन् ।
कति धनी श्रीमतिहरु
हैट कम्युनिष्टका श्रीमतिहरु त साह«ै धनी हुँदा रा’न् । पाँच रुपेको सिन्दुर किनेर जनवादी विवाह गरेका तिन्का श्रीमतिहरु यतिविघ्न धनाढ्य भएको थाहा पाउँदा घण्टाघरको त एकपछिन्े होस हवासै गुम भयो । नहोस पनि कसरी ? माइती पक्षेले दाइँजो द्या थेनन् श्रीमानहरु भुक्के चप्पल लगाएर नाइटबसमा राजधानी छि¥या थे । अब अहिले तिन्का श्रीमतिका नाममा
राजधानीमै गोडाचारेक घर, ठाम ठाममा घडेरी, बैंकमा करोडौ रकम, सुन तोलाका तोला, चाँदीको त गफै नगरम् । वाफ
रे वाफ । लोग्ने सर्वसहारको नेता भएर भाषन ठोक्ने, न तिनका पैत्रिक सम्पत्ति कुस्त थियो, न उद्योग धन्दा न जाति । न ससुराली खालले श्रीमतिलाई दाइँजो द्या थे । हैट व्यक्तिका सम्पत्ति कहाँबाट थुप्रियो हँ ? आकाशबाट बर्षेन होला जमिनबाट फलेन होला ? जे होस् नेपालका कम्युनिस्टका नेताहरुचाहिँ खाट्टी सर्वहारा रै’छन् ।
गर्नु ग¥यौ गोरे
हिजो आज यो मुलुकमा चर्चा कि गोरेकै छ कि त सर्वहारा कम्युनिष्ट नेताहरुकै छ । गुमनाम से अच्छा बदनाम ठीक भन्या हैन रै’छ । एउटा गोरेले यतिबेला उच्च पदस्थ प्रहरीको मात्र नभएर सर्वहारा, जनताको मुक्तिका लागि युद्ध गरेका, समाजमा गतिलै छवि बनाएका व्यापारीहरुको निन्द्र हराम गर्दिया छन् । अदालतमा गोरेले बयान दिँदा आफ्नो नाम पनि पोल्देला कि भनेर तिन्नको प्राणै जाने ग¥या छ । पोलिएकाहरु मध्ये कतिपय यतैतिरको कारागारमा बरालिन थाल्या छन्् भने कतिपयले सुइकुच्चा ठोकिसक्या छन् । गर्नु ग¥यौ बलराम भैसी पालेर भन्ने लयमा तिन्का श्रीमतिहरु विलौना गर्न थाल्या छन् रे । गर्नु ग¥यौ गोरे नाम पोलेर भन्दै गीत गाउन थाल्या छन् रे । आखिरी यसै फसिने उसै फँसिने गोरेले पनि किलोका किलो सुन चपाउनेहरुको नाम भटाभट भन्न थाल्या छन् रे । गेल भैँस पइनमे परुरु सहित भन्या यही हो । कि कसो हौ ?
काउछो बालकृष्णे
मुलुकाँ गनतन्त्र आएसी ख्याल काइदा भा’छैन । त्यसमाथि कुनै एउटा
राजनतिक पार्टीको कार्जेकर्ता बन्नुपर्छ त्यसपछि त हाइसञ्चो । सत्तामा बस्ने
राजनीतिक पार्टीलाई त झन देशको कानुनले छोइटोपली पनि गदैन । अब
हेरौ न बालकृष्णे ढुंगेललाई । नेपालको काुननले तिन्लाई छुन्छ त ? उज्वन श्रेष्ठको परिवारै उजाडेको मात्र होइन गाम घरमा बस्नै नसक्ने बनाएर विस्थापित गर्दैका बालकृष्नेलाई सर्वोच्च अदालतले कारबाहीको फैसला त ग¥यो । तर खप्रओको ठाडो आदेशमा तिन्लाई जेष्ठ १५ गते फूल अविर लगाउने निर्णय गर्दैछ । असल चरित्रको भनेर त्यो ग¥या रे । हैन हौ तिनै बालकृष्णेले न्यायाधीशको फिला चिरेर नुनचुक लगाइदिन्छु भन्या हैनन ? एउटा सामान्य किसान परिवार सिध्याउने, न्यायाधीशलाई पिँडुला चिरिदिन्छु भन्ने साँच्चै नै असल चरित्रक हुँदा रा’न् । खराब चरित्र भा’का चाहिँ कस्ता हुन्छन् कुन्नि ? घण्टाघर साह«ै अलमलमा प¥या छ । जे होस् राजनीतिक पार्टीका नेता कार्र्जेकर्ता हुँदा भने फाइदौ फाइदा
रै’छ । क्या काइदा †
मुखमा रामराम……
आजकल घण्टाघरका अनुमान फेल हुन थाल्या छन् । फलानो राम्रो भन्यो एक नम्बरको फटाहा निस्कन्छ भने फलानो नराम्रो भन्यो त्यही सज्जन निस्कन्छ । अब त्यो सामान्य प्रशासन मन्तरी लालबाबु पण्डितलाई नै हेरम न आदर्शवादी र सर्वहाराको नेता भन्या त फुइøयाँको हुन्थ्यो । सात महिना अगाडि मोरङ्ग क्षेत्र नं. ७ बाट चुनाउ लड्दा लालबाबुले आफूसँग चुनाउ लड्ने खर्च समेत नभएको भन्दै दुई चार सय उठाएर पुरानो साइकल चढेर चनाउ प्रचार गरे । तर सात महिना पछि नै पण्डित करोडपति भा’छन् । उन्को बैंक हातामा ६१ लाख, विराटनगगरमा आलिसान घर, ६०÷७० तोला सुन, चार विगाहा जग्गा पो देखियो गाँठे । मन्त्रीहरुले आफ्नो सम्पत्ति वितरण बुझाउँदा पण्डितले यति देखाए । नदेखाएको त अरु कति होला कति । यिन्ले ५ रुपैयाँको सिन्दुर किनेर जनवादी विहे ग¥या थे । अहिले पण्डित श्रीमतिका माइतीले द्या सम्पत्ति भन्दै हिड्छन् रे । नसकिने भो कामे्रड हो नसिकने भो ।
प्रचण्डाउ एक्लै पर्दै
झालेमाले र माउवादी केन्द्रबीचमा लगन गाँठो कस्सिएको एक हप्ता मात्र वित्या छ । अबचाहिँ ठूलै कम्निष्ट पार्टी जन्मियो भन्या त लसरघण्टी पो शुरु भएछ । माउवादीलाई झालेमालेमा लगेर मिसाएको माउवादीका धेरै नेतालाई चित्त बुझ्या रै’न छ । अस्तिका दिन माउवादीका ८७ जना पोलिट्व्युरो सदस्यहरुले प्रचण्डाउलाई धम्की नै देछन् । हामीलाई नि पोलिट व्युरोमा राख नत्र अर्को माउवादी केन्द्र गठन गर्छम् । आफूसँग धेरै नेता कार्र्जेकर्ता भएको ध्वाँस पिटेर समान हैसियतको अध्येक्षे बन्या प्रचण्डाउ यतिेबला तनावमा छन् रे । विचारा हुने भए
नि । आफन्तले नै साथ नदिने भएसी ओलीले भोलिका दिनमा खर्लप्पै खान्छन् । पार्टी पनि रहेन आफन्त पनि नरहला जस्तो भएसी’ प्रचण्डाउ कन्पारोमा हात लगाउँदैछन् ।
अन्तेमा
सुनबुढाको नामले चिनिन थाल्या कृष्णबहादुर महराको सभामुख पद चैट होला जस्तो पो छ । सुन तस्करी काण्डमा महराले यस भन्दा अगाडि नै आफू रानो माछा मात्र हुँ ठूला माछा अन्तै छन् भनेर भाषन नै ठोक्या थे । अब अहिले एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नपाइने संवैधानिक व्यवस्था अनुसार महरालाई हुत्याएर राष्ट्रिय जनता पार्टीको पोल्टामा सुम्पने पर्धानमन्तरीको गृह योजना बनाइसक्या छन् । पदमै
नरहेपछि सुनबुढा महरा पनि अन्दर होलान् जस्तो पो छ । महरालाई फँसाउन राजनैतिक तानावाना शुरु भा’छ बेलैमा चेतना भया है ?

तपाईको प्रतिक्रिया