भाषाशास्त्री सापकोटाको १२२ औ जन्म जयन्ति सम्पन्न

धरान÷नेपालका विख्यात भाषाशास्त्री महानन्द सापकोटाको १२२ औं जन्मजयन्ति धरानमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।
वहुआयामिक व्यक्तित्व सापकोटाका सम्बन्धमा प्रमुख अतिथि एवम् परिचर्चाकार प्रा.डा. भोलानाथ पोख्रेलले भन्नुभयो वास्तवमा उहाँका बारेमा पर्याप्त चर्चा हुनै पाएको छैन । शब्दकोषका अथाह भण्डार, नेपाल कस्तो बनाउने भन्ने वहुचर्चित पुस्तकका लेखक सापकोटाले दर्जनौ कृतिहरु नेपालीलाई छाडेर जानु भएको उल्लेख गर्नुभयो ।
यसैगरी प्रा.डा हरिप्रसाद दाहालले महानन्द सापकोटा राजनीतिक भन्दा पनि भाषाको संरक्षण र पथ प्रदर्शक हुनुहुन्थ्यो भन्दै सरल भाषा र समाज सुधारकका कारण उहाँले नेपाली समाजमा गहिरो छाप छोडनु भएको प्रष्ट पार्नुभयो ।
भाषाशास्त्री महानन्द स्मृति प्रतिष्ठान धरानका अध्यक्ष प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार एवम् पत्रकार गिरिराज आचार्य, मनि राई गोठालेले कविता वाचन गर्नुभएको थियो भने सञ्चालन विष्णु बरालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया