साइकल यात्रा भन्दै बराहक्षेत्र नगरपालिका ५ बस्ने पत्रकार ओम प्रकाश बानियाँ नेपाल साइकल यात्रामा निस्केका छन् ।
प्रदेश नम्बर १ को धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार तथा प्रबर्दनका लागि बानियाँ साइकल यात्रामा निस्केका हुन् ।
हाल उनी सुनसरीको भ्रमण सकेर झापा पुगेका छन् । बराहक्षेत्र नगरपालिकाको कार्यालयमा आयोजित नेपाल साइकल यात्रा शुभारम्भ कार्यक्रमबाट उनले आफ्नो यात्रा सुरु गरेका हुन् ।
उनले पहिले आफ्नो प्रदेश एक नम्बर प्रदेशको भ्रमण गर्ने र त्यस पस्चात नेपालको सबै प्रदेशको भ्रमण छ महिना भित्र गरेर आफू पुन विश्व साइकल यात्रामा निस्कने बताए ।
