भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकीय भ्रमणमा सम्झौता, समझदारीसँगै नयाँ घोषणा हुने जनकपुर दुलही झै सिगारियो ः जानकी मन्दिर परिषरबाटै रामायण सर्किट र अयोध्या बस सेवाको उद्घाटन

जनकपुर÷नेपालको अत्यन्तै निकटको छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैसाख २८ र २९ गते हुने दुई दिने राजकीय भ्रमणका क्रममा महत्वपूर्ण योजनामा सम्झौता, केही योजनामा समझदारी, उद्घाटनसँगै भावि योजाको घोषणा हुने बताइएको छ ।
नेपालको विकास र सम्बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भारतका प्रधानमन्त्री मोदीले अत्यन्तै व्यस्तताका बाबजुद ऐतिहासिक धार्मिक स्थल जनकपुरको जानकी मन्दिरको दर्शन, मुस्ताङ्गस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्नुहुने भएको छ भने मुक्तिनाथ मन्दिर परिषरमा सुविधा सम्पन्न धर्मशाला निर्माणको घोषणा समेत गर्नु हुने बताइएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार दिनु भएको जानकारी अनुसार प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा केही समय अगाडि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले
भारत भ्रमणका क्रममा भएका महत्वपूर्ण योजनाहरु जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी सम्बन्धी भएका सहमतिलाई सम्झौतामा परिणत
गरिने भएको छ । दुवै देशका प्रधानमन्त्रीले त्यस्ता समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुने भएको हो । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा केही घोषणहरु भएका थिए । अब ती घोषणाहरु सम्झौता पत्रमा हस्ताक्षर सँगै कार्यान्वयनमा जाने छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको पूर्व सन्ध्यामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनकपुर आएर भ्रमण तालिका ससार्वजनिक गर्नु भएको थियो । भ्रमण तालिका सार्वजनिक गर्दे उहाँले भन्नुभयो विगतमा भएका सहमति र घोषणालाई समझदारी र सम्झौतामा रुपान्तरण गर्ने कार्यक्रम तय भएको छ । उहाँले भन्नुभयो दुई देश बीचमा रेलमार्ग, जलमार्ग र कृषिमा साझेदारी गर्ने विगतमा सहमति भएको थियो । प्रधानमन्त्री मोदी पटनाबाट सिधै जनकपुर अवतरण गर्नुहुने भएपछि भ्रमणको तयारी सम्बन्धमा बुझ्न ज्ञवाली जनकपुर आउनु भएको थियो । यस भन्दा अगाडि पनि सुरक्षा व्यवस्था र आवश्यक तयारीका सम्बन्धमा बुझ्न गृहमन्त्री
रामबहादुर थापा जनकपुर आएर आवश्यक जानकारी लिँदै निर्देशन समेत दिनुभएको थियो ।
जनकपुरमा जानकी मन्दिरको दर्शनपश्चात वाह्र विघामा नागरिक सम्बोधन र नागरिक अभिनन्दन ग्रहणपश्चात उहाँ सोही दिन काठमाण्डै पुग्नु हुनेछ, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो । काठमाण्डौमा दुवै देशका पधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डल बीचमा औपचारिक वार्ता हुने भएको छ । सोही वार्ताका क्रमम यस भन्दा अगाडि भएका घोषणालाई सम्झौतामा रुपान्तरण गर्ने, विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयन गर्ने ज्ञवालीले प्रष्ट पार्नुभयो । नेपालका प्रधानमन्त्री केपी ओलीले चैत्र अन्तिम साता भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली स्थित हैदरावाद हाउसमा भएको नेपाल भारत वैठकमा यी सहमतिहरु भएको थियो । त्यसबेला रक्सौल काठमाण्डौ जोडने रेलमार्ग विस्तारमा सहमति भएपनि दुवै देश बीचमा हस्ताक्षर हुन भने बाँकी
रहेको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो भारतीय प्रधानमन्त्री मोदी आएकै दिन वैसाख २८ गते सहमति भएका तीनै वटामा हस्ताक्षर हुनेछ ।
भ्रमण तालिका सार्वजनिक गदैै परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो प्रधानमन्त्री मोदीको भ्रमणलाई थप ऐतिहासिक, अविस्मरणीय र सफल बनाउन, दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन केही ठोस समझदारीमा समेत हस्ताक्षर हुनेछ । उहाँले भन्नुभयो प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा जनकपुरको विकाससँग जोडिएको योजनामा समेत हस्ताक्षर
हुनेछ । यसका लागि हामी गृह कार्य गरिरहेका छौं उहाँले भन्नुभयो । प्रधानमन्त्री मोदीको स्वागतमा नेपालका प्रधानमन्त्री ओली २८ गते जनकपुर आउने र जनकपुरलाई अयोध्यासँग जोड्ने रामायण सर्किटको दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको छ । जानकी मन्दिर परिषरमा आयोजित विशेष कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गर्ने, जनकपुर अयोध्या बस सेवा सञ्चालनको दुवै प्रधानमन्त्रीले हरियो झण्डा देखाएर
सुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोख्रेल र प्रदेश नं. १ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेपछि जानकी मन्दिरमा विशेष पूजाआजामा सरिक हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो । प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा षोडषोपचार विधिबाट आधा घण्टा पूजा अर्जना गर्नु हुनेछ ।
वैसाख २९ गते विहान प्रधानमन्त्री मोदी काठमाण्डौबाट मुक्तिनाथ भ्रमणमा निस्किनु हुने परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमण तालिका सार्वजनिक गर्दै भन्नुभयो । मुक्तिनाथ मन्दिरको विशेष पूजा अर्चना पश्चात पुनः काठमाण्डौ फर्किएपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्या भण्डारी, उप राष्ट्रपति नन्दबहादुर पुनसँग सिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको छ ।

 

तपाईको प्रतिक्रिया