व्यवसायिक कन्टेनर बोकेर भारतको कोलकत्ताबाट हिडेको रेल सीमा नजिक बनथाहा आइपुग्यो समयको बचत, सुरक्षामा सुनिश्चिता, ढुवानी शुल्कमा सहुलियत हुने उद्योगी, व्यवसायीको कथन

–वथनाहा रेल्वे स्टेशनलाई कन्टेनर यार्ड बनाइयो ।
–वथनाहा आइपुग्यो मालवाहक ट्रेन ।
–उद्योगी व्यवसायीमा हर्षोल्लास ।
–५८ वटा कन्टेर एकैसाथ आइपुगे ।
–सुनसरी, मोरङ, झापा, सप्तरी लाभान्वित हुने ।
वथनाहा (भारत) ÷तेस्रो मुलुकबाट आयात गरिएको अ‍ैद्योगिक प्रयोजनका कच्चा पदार्थ सहितको ५८ वटा कन्टेनर बोकेर पाँच दिन अगाडि भारतको कोलकत्ता बन्दरगाहाबाट हिडेको मालवाहक रेल पाँचदिन पछि आइतबार नेपालको सीमा भन्दा साँढे पाँच किमी पर वथनाहा रेल्वे स्टेशन आइपुग्दा यस क्षेत्रका उद्योगी व्यवसायी हर्षित भएका छन् ।
पूर्वाञ्चलका उद्योगी, व्यवसायीहरुले बर्षौदेखि नेपाल तथा भारत सरकारसँग मालवाहक ट्रेनको पहुँचको सुविधा माग गर्द आएका र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको पहिलो भारत भ्रमण हुँदा भारत
सरकारले नेपालका पाँच प्रमुख औद्योगिक सहरमा रेल्वे नाका पु¥याइदिने सम्झौता भए बमोजिम जोगबनी कटिहार रेलखण्डमा पहिलो पटक मालवाहक रेल सेवा शुरु भएको हो ।
यस भन्दा अगाडि पूर्वाञ्चलका उद्योगी व्यवसायीहरुले महँगो भाडा दरमा भारतीय ट्रक, लहरीबाट औद्योगिक कच्चा पदार्थ र टे«किङ्गका सामान ल्याउने गरेका थिए । अब उद्योग व्यवसायीहरुले सिधै मालवाहक रेलबाट सामान ल्याउने बाटो खुलेको छ । कोलकत्ता बन्दरगाहबाट यस भन्दा अगाडि कार्गो रेल सेवा वीरगञ्ज नाकामा मात्र उपलब्ध थियो । कोलकत्ता बन्दरगाहबाट ५८ वटा कन्टेनर बोकेको रेल आइतबार वथनाहा आइपुग्दा नेपाली उद्योगी व्यवसायीमात्र होइन स्थनीय भारतीय नागरिक, रेल्वे विभागका कर्मचारीहरु समेत खुशी देखिन्थे । उनीहरुले अब औद्योगिक नगरी विराटनगर पनि
रेल्वे सेवासँग जोडिएको भन्दै खुशी व्यक्त गरेका थिए । वैदेशिक व्यापार सहजीकरणमा यसले पूर्वी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई लाभ पुग्ने विराटनगरस्थित रहेको भारतीय राजदुतावास क्याम्प अफिसका प्रभारी अधिकारी निरजकुमार कायास्थले बताउनुभयो । कोलकत्ताबाट मालबाहक रेल छुट्दाको अवस्था देखि नै धरान साप्ताहिकलाइ जानकारी गराउँदै आउनु भएका कायास्थले भन्नुभयो नेपाल तर्फको रेल्वे लाइन पूरा हुनासाथ व्यवसायी, उद्योगीहरुले ठूलो फाइदा लिन्छन् ।
भारतीय रेल्वे अन्तर्गत द कन्टेनर
कर्पोरेशन मार्फत हाल बथनाहा आइपुगेको मालवाहक रेल परीक्षणका रुपमा
शुभारम्भ गरिएको हो ।
चाँडै नै नियमित सेवा शुरु हुनेमा उद्योगी व्यवसायीहरु विस्वस्त छन् । नियमित सेवा शुरु भएपछि तेस्रो मुलुकबाट आयात हुने औद्यागिक कच्चा पदार्थ, ट्रेकिङ्गका सामान आयात गर्न उद्योगी व्यवसायीहरुले साना सवारी साधन प्रयोग गर्नुपर्ने झण्झट रहँदैन थनाहाबाट मोरङ्गको कटहरीसम्म १८.५ किमी रेल्वे मार्ग रहेको र नेपालतर्फ १३ किमीको दूरी रहेको
छ । मोरङ्गको बुधनगरदेखि कटहरी सम्मको रेल्वे मार्ग भारत सरकारले निर्माण गर्दैै आएको भएपनि नेपाल सरकारले समयमै किसानलाई जग्गाको मुआब्जा उपलब्ध गराउन नसक्दा ढिलो हुन गएको छ । विराटनरको बुधनगरमा एकीकृत भन्सार चेक पोष्टको निमाण भारतले आफनो तर्फबाट सम्पन्न गरे तापनि नेपालतर्फको जग्गा किचोलोकै कारण निर्माण हुन सकेको छैन । वथनाहादेखि बुधनगरसम्मको रेल्वे मार्ग निर्माण र एकीकृत जाँच चौकी भारतले दुई बर्ष अगाडि नै निर्माण सम्पन्न
गरेर समुद्घाटन समेत गरिसकेको छ ।
भारतको वथनाहासम्म मात्र भएपनि मालवाहक ट्रेन आउँदा नेपाली उद्योगी व्यवसायीहरुलाई ठूलो राहत मिल्ने विराटनगरका उद्योगी एवम् समाजसेवी ताराचन्द खेतान बताउनुहुन्छ । यसबाट ढुवानीमा कम लागत मात्र होइन समयको बचत, सुरक्षाको सुनिश्चितता समेत हुने उहाँको तर्क छ । विराटनगरका अर्का उद्योगी नन्दकिशोर राठी भन्नुहुन्छ विराटनगरका व्यवसायीहरुले लामो समयदेखि गर्दै आएको माग हाल आएर पूरा भएको छ । नेपालसम्मै भारतीय रेल्वेबाट कन्टेनर ढुवानीका लागि यहाँका उद्योगी व्यवसायीहरुले नेपाल सरकार, भारतीय राजदुतावास, भारत सरकारलाई
बारम्बार आग्रह गरेका थिए । आज आएर यहाँका उद्योगी व्यवसयीहरुको माग
पूरा भएको छ, राठीले भन्नुभयो । यसैगरी मोरङ्ग व्यापार सघका पूर्व अध्यक्ष एवम् एसियन थाई फुड्स प्रा.लि.का प्रबन्ध निर्देशक महेश जाजुले भन्नुभयो कोलकत्ताबाट औद्यौगिक प्रयोजनका सामान विराटनगर ल्याउँदा महँगो पथ्र्यो । अब प्रति केजी दुई रुपैयाँ सम्म सस्तो पर्छ । यसले प्रत्यक्ष लाभ उपभोक्तालाई हुने उहाँको कथन थियो । कोलकत्ता बन्दरगाह सम्म आएका औद्योगिक प्रयोजनका कच्चा पदार्थ साना सवारी साधनबाट ल्याउँदा एकातिर महँगो पथ्र्यो भने सुरक्षाको प्रत्याभूति समेत नहुने चिन्ताबाट अब उद्योगी व्यवसायीहरु मुक्त भएका छन् । यतिमात्र नभएर तेस्रो मुलुकबाट आयात गरिएका कोलकत्ता बन्दरगाहामा कन्टेनर राख्दा ड्यामरेज र बन्दगाह शुल्क समेत बढी तिुर्नपर्ने बाध्यतामा उद्योगीहरु थिए ।
भारतको वथनाहासम्म मालवाहक ट्रेन आइपुग्दा पूर्वाञ्चलका तराईमात्र नभएर पहाडी क्षेत्रमा खुलेका उद्योगहरु समेत प्रत्यक्ष लाभान्वित हुने देखिएको छ । खास गरेर उद्योगी व्यवसायीहरुले चिनी, विस्कुट, स्टिलका कच्चा पदार्थ, इनर्जी ड्रिंग्स, तयारी पोसाक, मोटरका पार्ट्स पूर्जा, मेशिनरी सामान आयात गदै आएका छन् । कोलकत्ताबाट बथनाहा सम्मको सडक दूरी ५५० किमी भएपनि रेलमार्गको दूरी अझ छोटो हुने बताइएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले दिएको जानकारी अनुसार पूर्वाञ्चलको कुल व्यापारको हिस्सा ३८.१६ प्रतिशत समुन्द्र पारबाट हुने गरेको छ । केन्द्रका क्षेत्रीय प्रवन्धक कृष्णप्रसाद रेग्मीले दिनु भएको जानकारी अनुसार आव २०७४÷०७५ को पछिल्लो आठ महिनामा समुन्द्र
पारका मुलुक तथा तेस्रो देशबाट ५७ अर्ब ६५ करोड ७७ लाख ७३ हजार रुपैयाँ बराबरको आयात भएको छ । उहाँका अनुसार कोलकत्ता बन्दरगाहबाट उक्त अवधिमा साना सवारी साधन, ट्रक तथा लहरीमा ७० हजार कन्टेनर नेपाल आएका थिए ।
यहाँ स्मरणीय कुरा के छ भने नेपालका प्रमुख ५ वटा औद्योगिक नाकामा भारतले रेल्वे नाका पु¥याउने सहमति अनुसार हाललाई नेपालको सीमा नजिक वथनाहा सम्म मालवाहक रेल आएको हो । यसैगरी जनकपुर
जयनगर, बीरगञ्ज पथलैवा, भैरहवा–सुनौली, नेपालगञ्ज रुपैडिया कोहलपुरसम्म पनि रेल्वेको काम भइरहेको र केही स्थानमा मुआब्जा विवादले काम अगाडि बढ्न सकेको छैन । नेपाल
सरकारले ट्रयाक भित्र परेको जग्गा उपलब्ध गराउनु पर्ने सम्झौता छ भने भारत सरकारले तोकिएको नाकासम्म रेल्वे लिग, रेल्वे स्टेशन, पुल पुलेसा आदि बनाउने भन्ने छ ।

तपाईको प्रतिक्रिया