व्यवसायिक बन्दै पुष्प व्यवसायी

धरान÷ नेपालमा सन् १९५० देखि पुष्प व्यवसायीको शुरुवात भऐ पनि अहिले पनि ८० प्रतिशत फूल भारतबाट निर्यात हुने गरेको छ ।
नेपालमा उपभोग हुने सम्पूर्ण फूल नेपालमै उत्पादन गर्दै यहा उत्पादन भएको फूल विदेशसम्म निर्यात गर्ने उद्देश्यका साथ पुष्प व्यवसायीहरुको छाता संगठन फ्लोरिकल्चर एसोसिएनले विभिन्न कार्यक्रमहरुलाई अगाडि सारेको छ ।
नेपाल सरकारका कृषि मन्त्रालय पुष्प प्रवद्र्धन शाखाको सहयोगमा फूलको उत्पादनलाई बढाउन पोखरामा ६ पटक, काठमाण्डौमा २० पटक र पूर्वाञ्चललाई प्रतिनिधित्व गर्दै धरानमा २ पटक पुष्प प्रदर्शनी मेला आयोजना गरेको एसोसिएसनले अहिले भने पुष्प व्यवसायी गर्न चाहने र पुराना पुष्प व्यवसायीहरुलाई एकै ठाउमा राखेर धमाधम तालिम दिन थालेको छ ।
पछिल्लो पटक फूलको विरुवा उत्पादनमा जोड दिने उद्देश्यले सुनसरीको धरानमा फ्लोरिकल्चर एसोसिएसनले नयाँ तथा पुराना पुष्प व्यवसाय गर्ने नर्सरी वालाहरुलाई धरानको कृषि उपज बजारमा दुई दिने तालिम दिएको छ ।
झापा, धनकुटा र सुनसरीका ४६ जना नर्सरी व्यवसायीहरुलाई तालिम दिएको हो ।
यसले नया पुष्प व्यापारमा लाग्नेलाई मात्र हैन पुराना व्यवसायीहरुलाई समेत ठूलो सहयोग पुगेको छ । २० बर्ष भन्दा अगाडिदेखि इटहरी ६ मा पशुपति नर्सरी खोलेर जििवकोपार्जन गर्र्दै आउनु भएकी हिरा अधिकारी यस्ता खाले तालिमले पुष्प व्यवसायीमा लाग्नेहरुलाई ठूलो सहयोग पुग्ने बताउनुभयो ।
तालिमलाई पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तराहराका वागवनी अधिकृत प्रदीप कार्की,
प्लोरिकल्चर एसोसिएसनका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठ, केन्द्रिय सचिव विष्णुमणि पोख्रेल र सुनसरी जिल्ला अध्यक्ष खगेन्द्रप्रसाद पोख्रेलले गर्नुभएको छ ।
पुष्प व्यवसायको प्रवद्र्धनको लागि र पुष्प व्यवसायद्वारा रोजगारी सिर्जना गर्दै युवाहरुलाई यो क्षेत्रमा प्रवेश गराउने उद्देश्यले फ्लोरीकल्चर एसोसिएसनले बेला बेलामा तालिमको आयोजना गर्ने गरेको एसोसिएसनका केन्द्रय अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।
बार्षिक अरबौ रुपैयाको फूलको बोटविरुवा भारतबाट नेपाल भित्रिने
गरेको तीतो सत्य सुनाउदै फ्लोरीकल्चर एसोसिएसनका सुनसरी अध्यक्ष खगेन्द्रपसाद पोख्रेलले ५ बर्ष भित्रमा ७५ प्रतिशत फूलका बोटविरुवा उत्पादन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
नेपालको ३९ जिल्लामा ६ सय ७५ वटा नर्सरी रहेको छ भन यसमा १ सय ४७ हेक्टर् जमिनमा ४१ हजारले प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ लिएको एसोसिएसनले जनाएको छ । आगामी दिनमा यसलाई बढाउदै लाने लक्ष्य समेत एसोसिएसनले लिएको छ ।
त्र

तपाईको प्रतिक्रिया