धरान÷१.५ टेस्लाको एमआरआइ मेसिन खरिदमा ६ करोड भ्रस्टाचारको नियतले खरिद कार्य अगाडि बढाएको र खरिद निर्णयको ९ महिना पछि आफ्नै एकल निर्णयले टेन्डर रद्द गरेर आफुले खनेको खाल्डोमा आफै परेका उपकुलपति प्रा.डा. राजकुमार रौनियार लगायत दर्जनौ अधिकारीहरुसंग अख्तियार दुरुपयोग आयोगले धमाधम बयान लिइरहेको, साढे चार अरबको क्यान्सर तथा मुटु रोग अस्पताल भवन निर्माण गर्न लागतको ३.६ प्रतिशत भुक्तानी दिने गरि परामर्शदाता नियुक्ति गरि हतारमा ड्रइङ्ग डिजाइन वापत परामर्शदातालाई ९ करोड भुक्तानी दिएर भवन निर्माण ठेक्का भने विना कारण
रद्द गरेर ४ करोड भ्रष्टाचार गरेको आरोपमा समेत अख्तियारले गम्भीर छानविन सुरु गरेको तथा एक न. प्रदेश सरकारले पनि भ्रष्टाचारको छानविन गर्ने बताइरहेको अवस्थाविच बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले यसै आ.व. मा कार्यकारिणी समितिलाई जानकारी नगराई गोप्य रुपमा खरिद गरेका २ वटा एण्डोस्कोपि मेसिनमा करोडौ भ्रस्टाचार गरेको रहस्य खुल्न आएको छ ।
उपकुलपति नियुक्त हुँदा कांग्रेस नेताहरुलाई बुझाएको १४ करोड रुपैयाको ब्याज सहित असुल्ने अभियान अन्तर्गत उपकुलपति रौनियारको ध्यान संस्थाको आम्दानीको दोहन गरेर अन्धाधुन्ध उपकरणहरु खरिद गर्ने र खरिद कार्यको जानकारी प्रतिष्ठानका सिक्षाध्यक्ष र रजिस्ट्रार लगायतका पदाधिकारीहरुलाई समेत नहुने अचम्मको परिस्थितिमा प्रतिष्ठान गुज्रिरहेको र सबै राष्ट्रिय संचार माध्यममा उपकुलपति प्रा. डा. रौनियारको भ्रष्टाचारको समाचारले स्थान पाएको छ ।
के हो इण्डोस्कोप काण्ड ?
प्रतिष्ठानका रजिस्ट्रार तुल बहादुर श्रेष्ठ र सिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल लगायत जिम्मेवार पदाधिकारीहरुलाई समेत जानकारी नदिई र नियम अनुसार कार्यकारिणी समितिमा समेत अनुमोदन नगरी निश्चित ब्यापारीहरुसंग सेटिङ्ग
गरेर बन्द स्पेसिफिकेसन (आफुले चाहेकै व्यापारीले टेण्डर पार्ने गरि स्पेसिफिकेसन बनाएर) मा उपकुलपती प्रा.डा. रौनियारले २ वटा इण्डोस्कोप मेसिन खरिद गरि करोडौ भ्रष्टाचार गरेको रहस्य खुल्न आएको छ । प्रतिष्ठानको सर्जरी बिभाग प्रमुख, खरिद समिति र खरिद मुल्यांकन समितिलाई मात्र जानकारी रहने गरि अत्यन्त गोप्य ढंगले खरिद निर्णय गरिएको उक्त मेसिनहरु मध्ये एक प्रकारको मेसिन पहिलाकै व्यवस्थापनले खरिद गरेर प्रयोग विहिन रहेको र नयाँ खरिद भएको मेसिन प्रयोग गर्ने स्थान समेत नरहेको अवस्थामा पनि किन यति हतारोमा यति महँगो मेसिन खरिद भयो भनेर प्रतिष्ठानका चिकित्सक र प्राविधिकहरु तिन छक्क परेका छन् । “उपकुलपतिमा नियुक्त भए देखिनै उहाँको सबै शक्ति उपकरण खरिद गर्ने र सो को उजुरी अख्तियारमा परेपछि अख्तियार मिलाउन काठ्माण्डौ जानेमा केन्द्रित छ एक कर्मचारीले भने । सेवा कस्तो छ, बिद्यार्थीको पढाइ कस्तो चल्दैछ, अनुसन्धान कार्यहरु कसरी अगाडी बढ्दै छन्, वहाँलाई कुनै मतलब छैन “ खरिद शाखाका एक अधिकृत स्तरका कर्मचारीले भने । आफ्नो पीडा पोख्दै उनले थपे “म त अख्तियार धाउँदा धाउँदा हायल कायल भएर पटक पटक सरुवा मागी सकें, त्यो पनि गर्दैनन, कहिले फसिने हो भन्ने चिन्ताले आधा शरीर घटिसक्यो“ ।
उपकरण सम्बन्धि नै अध्ययन गरेर आएका एक प्राविधिक कर्मचारी भन्छन “ कागज मिलेको देखिन्छ, बन्द स्पेसिफिकेसन हुन्छ, मुल्यांकन समितिको बैठकमा राम्ररी कागज पत्र हेर्न पनि दिदैनन, संयोजकले रेडिमेड मुल्यांकन प्रतिवेदन ल्याएका हुन्छन, संस्थागत भ्रष्टाचारको नमुना भैसक्यो यो प्रतिष्ठान । “ उनले थपे “ एमआरआइको काण्ड यस्तो राष्ट्रिय मुद्दा भयो तर मुल्यांकन १५ मिनेटमा सकियो, समितिका संयोजकसंग रेडिमेड प्रतिवेदन थियो, म त अन्यत्र जागिर खोज्ने प्रयासमा छु, यस्तै अवस्था रहे एक दिन अवस्य हत्कडी लाग्ने छ ।
त्यसो त उपकुलपति प्रा. डा. रौनियारले खरिद सम्बन्धि कुनै कागजात रजिस्ट्रार तुल बहादुर श्रेष्ठलाइ नदेखाउनु भन्ने आदेश खरिद, लेखा र प्रशासनका कर्मचारीलाई दिएका छन् । प्रतिष्ठानको नियमावली अनुसार आर्थिक प्रशाशन प्रमुख रजिस्ट्रार भए पनि मातहतका कर्मचारीलाई उनि भन्दा बढी भूमिका दिएर “डमी रजिस्ट्रार“ को रुपमा विगत एक वर्ष देखि राख्नुले पनि प्रतिष्ठानको कर्मचारीतन्त्र अन्योलताको शिकार हुदै आएको छ !
इन्डोस्कोपी को बोलपत्र सुचना
त्भलमभच ज्ष्नज भ्लम ख्ष्मभय भ्लमयकअयउथ क्थकतझ धष्तज भ्च्ऋए (द्यएप्क्ष्ज्क्) क्ष्ँद्य ल्य। द्यएप्क्ष्ज्क्रण्ठघरण्ठद्धरज्ञद्धद्द
खरिदमा भएको अनियमितता
बजार मूल्यः भ्याट सहित करिव १ करोड २५ लाख ।
सेटिङ्गमा दर रेट लिएर निकालिएको लागत ः ३,१२,६३,३३३ (३ करोड १२ लाख ६३ हजार ३सय ३३ रुपैया )
बोलपत्र हाल्ने फर्महरुः
ज्ञ। ज्ष्mबबिथबल ःभमष्त्भअज, सबै भन्दा बढी रकम
(अमेरिकन डलर २,२५,०००)
द्द। ल्बतष्यलब िभ्भिअतचय(त्भअज , सबै भन्दा कम (अमेरिकन डलर १,३४,५००)
घ। च्बअजभब िक्ष्लतभचलबतष्यलब,ि दोश्रो कम दर (यूरो १,३४,६०३)
ज्ष्mबबिथबल ःभमष्त्भअज लाइ मात्र मिल्ने गरि बन्द स्पेसिफिकेसन तयार गरी सार्वजनिक खरिद ऐन नियमावली विरुद्ध सबै भन्दा बढी मूल्यमा बोलपत्र हाल्ने सोही कम्पनिसंग उपकरण खरिद गरेर एकै उपकरण मा १ करोड भन्दा बढी भ्रस्टाचार भएको देखिन्छ !
त्भलमभच ायच ख्ष्मभय भ्लमयकअयउभ क्थकतझ धष्तज न्बकतचयकअयउथ, ऋययिलयकअयउथ बलम म्गमभलयकअयउभ (द्यएप्क्ष्ज्क्) क्ष्ँद्य ल्य। द्यएप्क्ष्ज्क्रण्ठघरण्ठद्धरज्ञद्धघ खरिदमा भएको अनियमितता
बजार मूल्यः भ्याट सहित करिव ९३ लाख
सेटिङ्गमा दर रेट लिएर निकालिएको लागत ः रु १,९१,२५,६५० (१ करोड ९१ लाख २५ हजार ६ सय ५० रुपैया )
बोलपत्र हाल्ने फर्महरुः
ज्यकउष्तभअ भ्लतभचउचष्कभक एखत ीतम मात्र (अमेरिकन डलर १,६०,०००)
स्पेसिफिकेसन तयार गर्दा नै ज्यकउष्तभअ भ्लतभचउचष्कभक एखत ीतम लै मात्र बोलपत्र पार्ने प्रकारको बनाइ सोही फर्म लाइ बोलपत्र हाल्न लगाई खरिद गरेको र सो कम्पनीसंग उपकरण खरिद गरेर एकै उपकरणमा १ करोड भन्दा बढी भ्रस्टाचार भएको
देखिन्छ ।
धरानमा प्रतिष्ठान बचाउ अभियान
अन्तर्राष्ट्रिय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको भ्रष्टाचारमा संलग्न उपकुलपति प्रा.डा. राजकुमार
रौनियारलाई कारबाहीको माग र प्रतिष्ठान सुधारका लागि एक्सन धरान र धरान स्वतन्त्र समाजले हस्ताक्षर संकलन अभियान नै चलाएका छन् ।
ती दुवै संस्थाले चैत्र २५ गते प्रतिष्ठनका उपकुलपति रौनियारलाई ज्ञापनपत्र बुझाए पनि निर्माण
संरचना, उपकरण खरिदमा चरम भष्टाचार भएको भन्दै ध्यानाकर्षण गराएको थियो । आठ गते शनिवार देखि भएको हस्ताक्षर संकलन अभियानमा मंगलबारसम्म ४० हजारले हस्ताक्षर गरिसकेको एक्सन
धरानकका संयोजक सचित शर्माले जानकारी दिनुभएको छ ।
हस्ताक्षर अभियानमा धरानका स्थानीय बुद्धिजीवि, सञ्चारकर्मी, राजनैतिक दलका प्रतिनिधि, ट्राफिक पहरी, धरान उपमहानगरपालिकाका पदाधिकारी, राष्ट्रिय अनुसन्धानका कर्मचारी, यातायात मजदुर, शिक्षक, प्राध्यापकदेखि सर्वसाारणसम्मले प्रतिष्ठान जोगाउन उपकुलपति प्रा.डा. रौनियारको बहिर्गमन तथा पदमुक्त एकमात्र विकल्प भएको भन्दै मत जाहेरसँगै सहभागिता जनाएका छन् । उनीहरुले प्रतिष्ठान देशकै गहना र पूर्वाञ्चलबासीको गौरव र प्रतिष्ठाको विषय भएको भन्दै भ्रष्टलाई कारवाही गरी प्रतिष्ठान जोगाउन आग्रह समेत गरेका छन् । झण्डै एक बर्ष अगाडि प्रतिष्ठानमा राजनैतिक नियुक्ति लिएर आएका उपकुलपति रौनियारको मिलेमतोमा प्रतिष्ठानमा ब्रम्हलुट मच्चाएको समेत बताएका छन् ।
प्रतिष्ठानमा हुने विभिन्न औषधि, उपकरण खरिद र भवन निर्माणमा सार्वजनिक नियमावलीलाई समेत मिचेर पदाधिकारीहरुले प्रतिष्ठान र नेपाल सरकारको बजेटमा ब्रम्हलुट गरेको भन्दै अख्तियार दुरुपयोगको अनुसन्धान्न तिब्र ढगले अगाडि बढिरहँदा थप दबाबका लागि एक्सन धरान र धरान स्वतन्त्र समाजले हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् । हस्ताक्षर अभियान केही दिन अझ चल्ने बताइएको छ । एक्सन धरानका संयोजक शर्माले भन्नुभयो धरानका विभिन्न वडा, इटहरी, विराटनगर, धनकुटा, भेडेटार लगायतका स्थानमा समेत हस्ताक्षर संकलन थाल्न आग्रह गरिएको छ । उहाँले भन्नुभयो पतिष्ठानमा भएको भ्रष्टाचारले उपचारका सबै सेवाहरु प्रभावित भइरहेको छ, सामान्य एक्सरे गर्न पनि विरामीहरुले बाहिर जानुपर्न अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा धरानबासी टुलुटुलु हेरेर बस्न सक्दैनन, अहिले नै भ्रष्टलाई कारबाही नहुने हो भने प्रतिष्ठान थप धरासायी बन्छ ।
हस्ताक्षर अभियानकर्ताहरुले संकलित हस्ताक्षर स्वास्थ्य मन्त्रीलाई बुझाउने र सोको जानकारी, कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेशका मुख्य मन्त्रीलाई दिने भएका छन् । पछिल्लो समय प्रतिष्ठानले खरि गर्न लागेको एमआरआई उपकरण, नेपाल
सरकारको बजेटबाट निर्माण हुन लागेको अंकोलोजी र कार्डियोलोजी भवन निर्माणमा भ्रष्टाचार, कमिशनको भागबण्डा नमिल्दा ठेक्का रद्ध भएको भन्दै अख्त्यिारमा उजुरी परेको थियो । हाल उजुरीमाथि छानबिन र संग्लनहरुमाथि बयान लिने काम भइरहेको छ ।
एडल्ट एक्सरे प्लेटमा समेत घोटला
प्रतिष्ठानभित्र रहेको डेन्टल हस्पिटलमा आएका विरामीहरु समान्य एक्सरे गर्न समेत बाहिर जानुपर्ने अवस्था सिर्जना भएको छ । एक महिना अगाडिदेखि एडल्ट एक्सरे प्लेटले काम नगर्दा विरामीहरु ७५ रुपैयाँ लाग्ने एक्सरेका लागि धरानको भानुचौकसम्म धाएर ५ सय खर्च गर्न बाध्य छन् ।
एडल्ट एक्सरे प्लेटका लागि कोडाक क्वालिटीको लागि टेन्डर आवहान भएपनि ठेकेदारसँगको मिलेमतोमा ‘वि’ क्वालिटीको एडल्ट एक्सरे प्लेट डेन्टललाई उपलब्ध
गराएपछि एक्सरेमा समस्या आएको डेन्टलका चिकित्सकहरु बताउँछन् । यस भन्दा अगाडि कोडाक क्वालिटीकै चलाउने गरिए तापनि हाल सेकेन्डहेन्ड क्वालिटीको चलाउन डेन्टलकी डेपुटी चिफ डा. मनु विक्रम, हालकी चिफ डा्. प्रमिला सुवालका श्रीमान् डा. अशोक ऐयरले दबाब दिने गरेको कर्मचारीहरु बताउँछन् । ओरल मेसिन एण्ड हेल्थ डेन्टीस्टिस्की हेड डा. जोस्ना रिमालले लो क्वालिटीको एक्सरे प्लेट प्रयोग गुर्नको कुनै अर्थ नरहेको भन्दै यदि प्रयोग नै गर्नुपर्छ भने हस्पिटल निर्देशकले लेखेर दिनुपर्ने अडान लिनु भएको कर्मचारी बताउँछन् ।
‘वि’ क्वालिटीको एक्सरे प्लेटबाट ४० प्रतिशत एक्सरे विग्रने गरेको छ । प्रतिष्ठानको व्यवस्थापनलाई बारम्बार यसको जानकारी दिँदा पनि कानमा तेल हालेर बसेको डेन्टलका चिकित्सकहरुको गुनासो रहेको छ ।
अख्तियारले १८ जनाको बयान लिँदै
धरान÷नेपाल र भारतको मैत्री सम्बन्धको रुपमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको
चरम भ्रष्टाचारमा छानविनपश्चात संलग्न देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनासँग पालैपालो बयान लिन शुरु गरेको छ ।
प्रतिष्ठानका पदाधिकारीहरु दैनिक जसो अख्तियारमा बयानका लागि केन्द्रीय कार्यालय टंगाल पुग्ने गरेका छन । बयानका लागि टंगाल पुग्नेहरुसँग सम्पर्क राख्दा प्राय ः उनीहरुको एउटै जवाफ हुने गर्दछ घरायसी कामले काठमाण्डौ आएको छु । तर भित्री अन्तर कथा भने बेग्लै हुने गरेको छ । अख्तियारको केन्द्रीय कार्यालय स्रोतले दिएको जाकारी अनुसार अख्तियारमा बयान दिन जानेहरुमा उपकुलपति प्रा.डा. राजकुमार रौनियार, डा. विकास साह, मुल्यांकन समितिका सदस्य
राहुल मिश्रा, मुल्यांकन समितिका सदस्य डा. मुकेश गुप्ता, रेडियोलोजिष्ट प्रदीप साहका साथै रेडियोलोजीका अन्य डाक्टर टेक्निसियन तथा लेखा शाखाका पदाधिकारीहरु समेत रहेका छन् ।

