भारतीय राजदुतावासको सहयोगमा धरानमा बौद्ध दाह संस्कार स्थल निर्माणको शिलान्यास

धरान÷धरान उपमहानगरपालिका वडा नं. ८ को धार्मिक बनमा भारतीय
राजदुतावासको आर्थिक सहयोगमा बौद्ध दाहासँस्कार स्थल निर्माण हुने भएको छ ।
भारतीय भूतपूर्व सैनिकहरुको पहलमा निर्माण हुन लागेको बौद्ध दाह संस्कार स्थलको भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका मेजर डा. राजविन्दर सिंह, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, सेक्टर बन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामाले लामा वैद्धिक मन्त्रोच्चारणका बीच संयुक्त शिलान्यास गर्नुभएको थियो ।
वौद्ध दाहसंस्कार स्थल समन्वय समितिका अध्यक्ष एवम् भूतपूर्व भारतीय सैनिक कर्णबहादुर गुरुङ्गका अनुसार दाह संस्कार स्थल दुई करोड ६० लाख रुपैयाँमा निर्माण हुन लागेको हो । अत्यन्तै व्यवस्थित ढंगले निर्माण हुन लागेको दाहसँंकार स्थलमा लामा गुरुहरु बस्ने, मलामी विश्राम स्थल, बौद्ध धर्म सम्बन्धी विभिन्न चैत्यहरुको समेत निर्माण गरिने गुरुङ्गले जानकारी दिनुभयो । दाह संस्कार स्थलमा बौद्धमार्गीहरुले मात्र नभएर अन्य धर्म सम्प्रदायका मानिसहरुले समेत सदगद गर्न पाउने उहाँले प्रष्ट पार्नुभयो । धरानमा बासाबास गर्ने बौद्ध सम्प्रदायका भूतपूर्व सैनिकहरुले भारतीय
राजदुतावास पेन्सन वितरण कार्यालय धरानमा गरिएको प्रस्ताव र आग्रह अनुसार दुतावासले ६२ लाख उपलब्ध गराउने र अन्य खर्च अफ्नै समुदायबाट सकंलन गरिने पनि अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।
संयूक्त शिलान्यास पश्चात बोल्दै पेन्सन वितरण कार्यालय धरानका मेजर डा. राजविन्दर सिंहले भन्नुभयो धर्मले एउटा राष्ट्रलाई अर्को राष्ट्रसँग भावानात्मक रुपले जोड्ने काम गर्छ । धर्मले एक आपसको सम्बन्ध प्रगाढ बनाउँछ । बुद्ध नेपालमा जन्मेर भारतमा ज्ञान आर्जन गरेको प्रसंग उल्लेख गर्दैै दाह संस्कार स्थलले पर्यावरण विनाश हुनबाट जोगउन ठूलो सहयोग पु¥याउने बताउनुभयो । नेपाली भााषमै सम्बोधन गर्नु भएका मेजर डा. सिंहले आज मानिस पैसाको पछि पछि हिडेर आफ्नो कर्तव्यबाट च्यूत हुदै गएका छन् । आफ्नो कर्तव्य गर्नुपर्छ, राम्रो काम गर्नुपर्छ यसको ज्वलन्त उदहरण भारतीय भूतपूर्व सेना भएको भन्दै उहाँले गर्व समेत गनुृभयो । उहाँले भन्नुभयो पवन हाम्रा गुरु हुन्, पानी पिता हुन्, अनि धर्र्ती आमा हुन् । उहाँले गुरु नानकका परोपकारी कार्यको उदाहरण समेत दिनु भएको थियो भने दाह संस्कार निर्माण स्थलको लागि आफनो व्यक्तिगत तर्फबाट सहयोग समेत गनुृभएको थियो ।
यसैगरी धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले भारतीय राजदुतावासको परोपकारी कार्यको पं्रशंसा गर्नु भएको थियो । उहाँले बौद्ध दाहसँस्कार स्थल निर्माणका लागि सहयोग पु¥याएकोमा दुतावास र भारत सरकारलाई धन्यवाद दिँदै धरानमा भारतीय दुतावासको पेन्सन वितरण कार्यालय समेत रहेकोले धरानको विकासमा आगामी दिनमा भारत सरकारको सदैव सहयोग रहने अपेक्षा समेत गर्नुभयो । मेयर सुब्बाले भन्नुभयो भगवान बुद्ध सामान्य मानिस हुनुहुन्थ्यो तर उहाँले मानवीय करुणा, त्याग र तपस्याबाट बद्धत्व प्राप्त गर्नुभएको थियो । आज उहाँ विश्वमै भगवानका रुपमा स्थापित हुन भएको छ ।

तपाईको प्रतिक्रिया