पूर्वाञ्चल कलेजका विद्यार्थीलाई छुरा प्रहार

धरान÷पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग चौथो बर्षमा अध्ययनरत दुई विद्यार्थीमाथी सोमबार राती छुरा प्रहार भएको छ ।
धरान–१५ विशाल चोक नजिकै साथीको कोठा बाट नोट लिएर आउने क्रममा तीन चार जनाको समूहमा आएका युवाहरुले उनीहरुमाथी आक्रमण गरी मोबाइल र पैसा समेत लुट्ने प्रयास गर्दा असफल भएपछि उनीहरुलाई छुरा प्रहार गरेका थिए । छुरा
प्रहारबाट कम्प्युटर इन्जिनियर चौथो बर्षमा अध्यनरत बाग्लुङका सुजन खड्का र काभ्रेका प्रदीप सापकोटा घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
छुरा प्रहारबाट घाइते भएका दुवैलाई
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । छाती र हातमा चोट लागेका खड्कालाई सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको छ भने छातीमा चोट लागेका सापकोटाको अवस्था भने सामान्य रहेको अस्पतालले जननाएको छ ।
आक्रमणकारी धरान–१५ का विज्ञान लिम्बू र कुमार लिम्बुलाई श्यामचौक आफ्नै घरबाट सोमबार राती नै प्रक्राउ गरिएको छ भने आक्रमणको मुख्य योजनाकार कुम्भे
राईलाई पानमाराको जंगलबाट मंगलबार प्रक्राउ गरेको हो । भाग्ने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको डिएसपी पौडेलले जानकारी दिनुभयो । चारजना मध्ये संलग्न विकेन लिम्बू फरार रहेका छन् । लिम्बुकोे खोजी कायलाई तिब्रता बनाइएको डिएसपी पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया