युवाहरुद्वारा सरसफाई

धरान÷ द बेष्ट ग्रुप अन्तर्गत एक्टिभ युवाले शनिवार धरान–१ स्थित पुरानो अस्पताल परिषर
सरसफाइ गरेको छ ।
‘हामी नै गरौ सुरवात, हामीले नगरे कस्ले गर्छ ?’ भन्ने मुल नाराका साथ युवाले अस्पताल तथा अस्पताल परिषरको सफाइ गदै अस्पताल अगाडी ५ वटा सुपाडीको विरुवा रोपेका छन् । एक्टिभका सस्थापक कविर श्रेष्ठसहित ३८ युवाले सफाइ गरेका थिए । विरुवाको संरक्षणको अधिकार असपताललाई दिइएको छ । सरसफाइमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरु विदेश तथा स्वदेशमा रहेका एक्टिभका सदस्यहरुको सहयोगमा उपलब्ध गराइ सफाइ गरिएको थियो । गरिब, असहाय तथा रोगीहरुको सेवा गर्ने उद्देश्यले २०६६ सालमा संस्था गठन भएको एक्टिभकी अध्यक्ष कुसुम राईले बताउनुभयो । एक्टिभले स्थापनाकालदेखि नै गरिवत तथा असहायको सेवामा सर्मपित हुँदै आइरहेको छ । पहिलो पटक सफाइ कार्यक्रम गरेको हो ।

तपाईको प्रतिक्रिया