सेउती खोलामा अझै पक्की पुल बन्न सकेन

धरान÷ तीनवटै निर्वाचन समाप्त भएपछि देशले विकासको गति लिने अपेक्षा राखेका सर्वसाधारण जनता राजनीतिक दलहरुले चुनावताका गरेको प्रतिबद्धता हालसम्म पूरा त परै जाओस् बीचैमा रोकिएका भौतिक संरचनाहरु समेत निर्माण गर्न सकेका छैनन् यसको प्रत्यक्ष उदाहरण धरान ४ र धरान १५ जोड्ने सेउती पुललाई लिन सकिन्छ । राजनितिक दलहरुले चुनाव जितेर काम सकेको यतिका महिना बितिसक्दा पनि ४ वर्षदेखि अलपत्र परेको छ । धरान १५ निराजन बस्ती र धरान ४ नं. वडाको बिचमा रहेको सेउती खोलाको पुल दुई वटा पिल्लर उठाएर रोकिएको यतिका बर्ष पुगिसक्दा पनि कामले निरन्तता नपाएको हो ।
स्थानियले २०६३ सालमा विकल्पको रुपमा निर्माण गरेको काठे पुल २०६९ सालमा आएको बाढीले क्षति पु¥याए पछि पक्की पुल निर्माणका लागि पहल भएको थियो । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित आर्थिक वर्ष ७०÷७१ देखि सुनसरी जिल्ला विकाश समिति मार्फत निर्वाचन क्षेत्र विकाश कोषको ४७ लाख र जनसहभागिताको लगानीमा तीन वटा पिल्लर मात्रै तयार भएको सेउती खोला पक्की पुल निर्माण समितिका सचिव धनबहादुर कुलुङ
बताउनुहुन्छ ।
४ करोड ५० लाख रुपैयाको कुल लागतमा निर्माण शुरु भएको पुल ५० मिटर लम्बाई, ७ मिटर चौडाईमा ३ वटा पिल्लर लगाई ३ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्ने योजना रहेको थियो । तर लक्ष्य अनुसार राष्टिूय योजनामा आयोजना पार्न नसक्दा समस्या थपिएको धरान उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष मानबहादुर राई बताउनुहुन्छ ।
त्यस क्षेत्रका ९० प्रतिशत विद्यार्थीहरु सेउती खोला पार गरि धरान पठ्न आउने गरेका छन् भने, शतप्रतिशत कृषी उत्पादनहरुको बजार धरान हुने गरेको छ । समयमै पक्की पुल निर्माण गर्न सके क्षेत्रका करिब २ हजार घर परिवारहरु आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रमा प्रत्यक्ष लाभान्वित हुने थिए ।

तपाईको प्रतिक्रिया