बिराटनगरमा बृहत् कवि सम्मेलन, सातै प्रदेशका लेखक र कविहरु उपस्थित

बिराटनगर ÷ नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल लेखक संघ मोरङको सयुक्त आयोजनामा दुई दिने बृहत् कवि सम्मेलन सूरु भएको छ ।
सातै प्रदेशका लेखक र कविहरु १ नम्वर प्रदेशको राजधानी बिराटनगरमा भेला भएका छन् । दुईदिन सम्म चल्ने कवि सम्मेलनको प्रज्ञा प्रतिष्ठानका उप कुलपति बिष्णु बिभु घिमिरेले उदघाटन गरेका छन् । उदघाटन सत्रलाई सम्वोधन गर्दै घिमिरे,साहित्य र साहितिक लेखन क्षेत्रले पनि सबैलाई सुचना शिक्षालाई समेटेर सचेत गराउने जस्ता कुराहरु उल्लेख गर्दै, कवि सम्मेलन सफलताको शुभ कामना दिएका थिए । सम्मेलनमा बोल्दै महानगरपालिका प्रमुख भीम
पराजुलीले यो वर्ष देखि बृहत् रुपमा कवि सम्मेलन गर्ने सोच राखेको बताए ।
उदघाटन कार्यक्रमा दुई जना साहित्याकार र कविलाई सम्मान
गरिएको छ । सम्मानित हुनेहरुमा कृष्ण प्रधान साहित्याकार, र नवराज पुडासैनी रहेका छन् । देशैभरिबाट आएका कवि लेखकहरुलाई नेपाली लेखक संघ
मोरङका सल्लाकार दधिराज सुवेदीले स्वागत गरेका थिए । कार्यक्रम संघका सभापति गोकुल अधिकारीको सभापतित्वमा भएको थियो ।

तपाईको प्रतिक्रिया