घण्टाघरबाट हेर्दा

प्रचण्डाउको थुतुनो बन्द
बर्ष गफाडीको उपाधिबाट विभूषित भा’का माउवादी केन्द्रका मुखियाको अस्तिका दिन चितौन बाँदरमुढेका महिलाहरुले थुुतुनै बन्द गर्दैछन् । बोल्न पाएँ भन्दैमा गतपति केहीको ख्याल नगरी बोल्ने प्रचण्डाउ त्यससपछि हरिया काला भे’छन् । कुरो के परेछ भने द्वन्द्व कालमा प्रचण्डाउले बाँदरमुढेमा ४० जनालाई सिधै स्वर्ग र ३७ जनालाई नर्कमा छाडया रै’छन् । स्वर्गतिर पठाएकाहरुका आफन्तलाई आजसम्म बाटा खर्च द्यारै’नछन् भने नर्कमा बस्याहरुलाई अझ सम्म उद्धारै गरेनछन् । दुई दुई खेप पर्धानमनतरी पड्काए नि प्रचण्डाउले बाँदरमुढेमा पुगेर आश्वासनका गतिला थैलाहरु मात्र खोल्दै आ’रैछन् । आश्वासनका थैलाले मात्र न मास्तिर पठाएकाहरुको तर्पन ताम पाए न नर्कमा बसेकाहरुले क्षतिपूर्ति र औषधोपचार पाए । विचराहरुको कन्सिरी त जहाँसम्म रनक्क भएर
रन्केको थ्यो नि । अस्तिका दिन फेरि प्रचण्डाउ आश्वासनको थैलो बोकेर, बाँदरमुढे पुगेछन् । यसपटक भने नर्कबासीहरुले प्रचण्डाउको अपायनवायु नै बन्द हुने गरी झाँको झारेछन् । सक्ने मात्र बोल नसक्ने नबोल भन्दै झाँको झारेसी’ विचरा हरिया काला भएर फर्केछन् ।
आउला त जहाज
अस्तिका दिन दुइ जना तन्नेरीहरु मस्त गफिदै रै’छन् । गफको शीर्षक रै’छ पर्धानमन्तरी खप्रओको बहुचर्चित सपना पानी जहाज ।
पहिलो युवा ः हैन हौ खप्रओबाले पानी जहाज ल्याउलान् त ?
दोस्रो युवा ः सपना देखेसी’ ल्याएरै छाड्छन् ।
पहिलो युवा ः अनि पानी जहाज कहाँ कुदाउँछन् ?
दोस्रो युवा ः सडकाँ ।
पहिलो युवा ः जहाज पनि सडकाँ कुद्छ ? खप्रओ बाको कुरा र तेरा कुरा उस्तै उस्तै लाग्यो ।
दोस्रो युवा ः माने ट्रकाँ पानी जाहज लोड गरेर ल्याउने सडकँ कुदाउने । दुवै हा…हा…हा..
नसुध्रिने भयो
नेप्लिज लाँग्रेस कहिल्यै नसुध्रिने भयो । लाँग्रेसको गोदामको चाबी बूढानिलकण्ठे मुखिया र मुखिनीले मुठ्ठी कसेर राख्या छन् । गोदामको पहरेदारको रुपमा बेकामे नन्दीभृंगीहरु जनकपुिरया कायस्थ, बुटबले स्वाँठ, कञ्चनपुरका नाम्ले, भोजपुरका स्याल, मकवानपुरकी डेड एक्पयर भएकी हिरोनी, सुनसरीका आयाराम गयारामलाई जिम्मा द्या छ । काँग्रेस बलियो भयो, सुध्रियो भने यिन्का दिन गन्ति शुरु हुने पक्का छ । जति बिग्रियो, जति कमजोर भयो यिन्लाई त्यतिनै फाइदो छ । राजनीति भन्या फाइदोको व्यापार न हो । घाटा खान, सन्यासी बन्न त कोही पनि राजनीति व्यवसायमा आउँदै आउँदैन । बुढानिलकण्ठे काजी र कजिनीका वरिपरि डम्फु, मादल, मृदंगा, झ्याली बजाएर चौबिसै घण्टा स्तुति गान गाउने, नाच्ने उफ्रने नन्दीभृँगीहरु छउन्ज्यालले कँग्रेस तनक्क तन्केला जस्तो छैन ।
डेढघण्टा ल्याङ
आगो खाएर अंगार विस्टयाउन खोज्ने उखान टुक्कामा विद्याविारिधी ग¥यो पर्धानमन्तरी खप्रओ वा अस्तिका दिन पोखरा विमान स्थलमा ल्याङ ल्याङ गर्दै वितेछ । बाग्लुङतिरको रमणीय दृश्य अवलोकन गर्न पोखरा विमान स्थलमा इन्धन भर्न पुगेको हेलिकोप्टर डेढ घण्टा पानीमा आहाल बसेका भैसी झै बसेछ कुरो के परेछ भने विमान स्थलमा तेल भर्ने ट्यांकर नै थलिएपछि तेल नपाएर बस्नु प¥या रै’छ । त्यो तेल भने ट्यांकरलाई घचेट्दै ल्या’ भेनि त हुन्थे । तै रानी मै रानी कस्ले भर्ने कुवाको पानी भएसी त्यस्तै हो । विचारा हाम्रा पर्धान
मन्तरीलाई त्यसदिन कम्ता पट्यार लागेन होला ? अगर्थोक नभए नि थुतुनो चलाएर दुनियाँलाई हिरिक्क हुन्ज्याल हाँउने गर्थे । त्यस दिन त्यसै डेढ घण्टा बस्नुपर्दा सकस नहुने त कुरै भएन ? त्यस्ता
पर्धानमन्तरी आउने भएसी एयर पोर्टको आयलनिगमले पहिल्यै विकल्प खोज्नु पर्दैनथ्यो ?
स्वेतपत्र
खप्पराँ चिठ्ठा परेर अर्थमन्तरी भै’टापल्या युवराज खतिवडा बाजेले केही दिन आडि बडो ठाँडिएर स्वेतपत्र जारी गरेछन् । उन्ले स्वेत पत्र जारी गर्दै त्यसमा भयंकर ठूलो राजनैतिक गन्ध आएको लाँग्रेस लगायत अरु दलका नेताहरुले महसुस ग¥या थे । खतिवडा बाजेले
राज्येसँग पैसो छैन भनेर स्वेत पत्र जारी ग¥या हुन रे । ए बाबा † पैसो पनि कसरी होस् त ? हिजो एकजना राजालाई पाल्नु प¥या थ्यो अहिले गाउँ, वडा, नगर, क्षेत्र र केन्द्रसम्मकै राजैराजा जन्म्या छन् । ती सबैलाई पाल्नु परेसी’ फुइøयाँका राज्ये सँग पैसो होस् त ? तर खतिवडा बाजेले ९० प्रतिशतचाँिह झुट बोलेकै हुन् । पैसा नभएर टाँटै पल्टेकोचाहिँ अलि होइन
होला ? नत्र मन्त्रिहरु हेलिकोप्टराँ कुद्य कुदयै छन् । विदेश भ्रमणमा दौड्या दौडडियै छन् करोड पर्ने गाडी चढेकै छन । टाँटै पल्टिया भे त सबै कुरा ठप्पै हुुनुपर्नेै थियो । अर्थमन्तरी खतिवडाले अलि बढी खोक्या चाहिँ पकक्कै हो ।
आफै तोक्यो
अब हाम्रो देशाँ इमान्दार मान्छे चै नपाइने नै रै’छ । माने इमान्दार मान्छेको खडेरी परेको बुझ्न कसैलाई गाह्रो छैन । चुनाउको बेलामा म यसो गर्छु र उसो गर्छु भनेर उमद्वारहरुले कम्ता फुँई लगाएका थेनन् । कुनै सेवा सुविधा लिन्न भनेर खुबै स्याखुल्ले पल्टन्थे । अब अहिले आएर आफ्नो सेवा सुविधामै गति छाडेर लाग्या छन् । वडा सदस्येदेखि लिएर सबैलाई तलब भत्ता । गाडी, आवास, झन विचित्रको कुरा त के भने आÏनो तलब, सेवा, सुविधा धमाधम आफै तोक्न थाल्या छन् । खान्न खान्न लोकाचार खान थालेसी मानाचार भन्या यही हो । आफ्नो तलब भत्ता आफै बढाउने क्या गजबको अधिकार भेट्टाएका छन् जनतामारा जनप्रतिनिधिहरुले । यही पारा हो भने देशाँ न पानी जाहाज चिप्लन्छ न रेल सुस्केरा हाल्दै दौडिन्छ । विचार गरम है खप्रओ बा ।
अब डल्लिने भए
मामाके घोडी मेरी हिही भनेझै सरकारी कर्मचारीहरुले सरकारी गाडीलाई निजी बनाएर दौडाउनेहरु अब डल्लिने भएका छ् । घरेलु मन्त्रालयले त्यसरी निजी नम्बर प्लेट बनाएर चलाएमा झ्याप्पै अँठ्याउने नीति बनाएको छ । सरकारी सम्पत्तिमा ट्यास्स निजी नम्बर प्लेट जडान गरेर भातमारा कर्मचारीहरुले खुट्टै हल्लाएका थिए । अति गर्नु अतिचार नगर्नु भन्छन् तर भातमारा कर्मचारीहरुले अतिचारको पनि सीमै नाघ्या थे । सब्जी किन्न पनि गाडी पठाउने, भान्टाङ्गभुन्टुङ्गलाई स्कुल पठाउन पनि गाडी पठाउने, श्रीमतिलाई सपिङ्ग गर्न पनि गाडी
पठाउने, साला सालीलाई घुमाउन पनि त्यही गाडी कुदाउने । तेल मोविल, सर्भिसिङ्ग, ड्राइभर खर्च राज्येको चैन भने भातमरा कर्मचारीको । घरेलु मन्तरीले केही गर्लान् कि ?
अन्तेमा
माउवादी केन्द्र र झालेमालेबीचको एकता भ्यागुताको धार्नी जस्तै भा’छ । पर्धानमन्तरी खप्रओको कार्जे शैली र माउवादी अध्येक्ष बराबरी भागबण्डाले भ्यागुताको धार्नी नपुग्ला जस्तो पो देखियो ।े नेपालका बाम कहिल्यै एक ठाम भएनन् यहाँका बामहरु अनेक रुप र रंगका छन् । साइन कल मिलेनी साइनबोर्ड बेग्लाबेग्लै छन् । बर्जुवा शब्द भने दुवै एकै छन् । बर्जुवाको ठ्याँस गन्ध आयो कि कुर्लिहाल्ने । यिनको समान चरित्र हो । खैर यसपटक चाहिँ भ्यगुताको धार्नी पुग्ला पुग्ला जस्तो देखियो थ्यो कि तिुहिएला जस्तो छ ।

तपाईको प्रतिक्रिया