धरान÷ लामोसमय पछिे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान
प्रतिष्ठानले प्रसुति विभागमा औषधि पसल सञ्चालनमा ल्याएको छ ।
चार बर्ष अगाडि स्वास्थ्य मन्त्रालयले सरकारी तथा अर्ध सरकारी अस्पतालहरुमा अस्पतालले नै औषधि पसल सञ्चालन गर्नुपर्ने निर्देशन जारी गरे पनि प्रतिष्ठानले हालसम्म सञ्चालनमा ल्याउन सकेको थिएन । अहिले भने प्रतिष्ठानले प्रसुति विभाग अगाडिबाट आफैले औषधि पसल सञ्चालनमा ल्याएको हो ।
अहिले सञ्चालनमा आएको औषधि पसलमा ३१ जना करार कर्मचारीहरु रहेको बताउदै उहाँले चाडै नै आकस्मिक कक्ष, ओपिडी, जिओपिडीलगायतमा सेवा प्रदान गर्ने तयारी भइरहेको बताउनुभयो ।
प्रतिष्ठानले आफैले १५ वर्ष अघि पनि फार्मेसी सञ्चालनमा ल्याएको थियो ।तर, विविध कारणले बीचमा सञ्चालन हुन सकेन् । त्यसपछि ठेक्का प्रक्रियामार्फत् बाहिरका कम्पनीहरुले फार्मेसी सञ्चालनमा ल्याएको थियो ।
गरिव तथा विपन्न वर्गका विरामीहरुलाई सर्वसुलभ मूल्यमा औषधि वितरण गर्ने उद्देश्यका साथ स्वास्थ्य मन्त्रालयले सरकारी मातहतका अस्पतालहरुमा आफैले सञ्चानल गर्नु पर्ने भन्दै निर्देशन जारी गरेको थियो । प्रतिष्ठानमा सञ्चालनमा आएसँगै अव विरामीहरुलाई केही सेवा पुग्ने विश्वास अस्पताल निर्देशक प्रा.डा साहले बताउनुभयो । उपकुलपति डा. रौनियारले सबै अस्पतालका चिकित्सक, नर्सहरुले सहयोग गरेर अस्पतालबाटै औषधि किन्ने वातवारण सिर्जना गर्नको लागि आग्रह समेत गर्नुभयोे ।

