धरान ÷सुनसरी जिल्ला अन्तरकप महिला फुटबल टुर्नामेन्टको उपाधि धरान महिला फुटबल क्लबले जितेको छ । बक्लौरी महिला फुटबल क्लबलाई ४–० को फराकिलो गोल अन्तरले
पराजित गर्दै उपाधि चुम्न सफल भएको हो । जितका लागी धरान महिला फुटबल क्लबका कोपीला लिम्बुले पहिलो हाफको १५ र १७ मिनेटमा गोल गरेकी थिइन् । त्यसैगरी २३ मिनेटमा सिम्रन कालीकोटेले थप १ गोल गरिन् । पहिलो हाफ सम्म बक्लौरी महिला फुटबल क्लबका तर्फबाट कुनैपनी गोल हुन सकेन । यसैगरी दोस्रो हाफमा पनि कोपीला लिम्बुले ह्रयाट्रीक गर्दै टिमलाई फराकिलो गोल अन्तरले जित दिलाउन सफल भइन् । यसैगरी आईतबार नै भएको पहिलो खेल अन्तर्गत बिष्णुपादुका महिला फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बक्लौरी महिला फुटबल क्लब विजयी भएका थिए । जितका लागी बक्लौरी महिला फुटबल क्लबका तर्फबाट पहिलो हाफको १५ मिनेटमा मनिषा विष्टले र २२ मिनेटमा सर्मीला राईले १÷१ गोल गरेका थिए । यसैगरी बिष्णुपादुका महिला फुटबल क्लबका तर्फबाट भने तारा राईले सान्तवना गोल गरेकी थिइन् । बिष्णुपादुका महिला फुटबल क्लबलाई हराउदै बक्लौरी महिला फुटबल क्लबले धरान महिला फुटबल क्लब संगको भेट पक्का गरेको थियो । धरान महिला फुटबल क्लबले भने सिधै बाई पाएर फाइनल खेल खेलेको थियो । उक्त खेलको राईजिङ प्लेयर बिष्णुपादुका महिला फुटबल क्लबका गंगा आले मगर,मस्ट हेन्ड वर्कीङ प्लेयर बक्लौरी महिला फुटबल क्लबकी मनीषा विष्ट र खेलको सवोत्कृष्ट खेलाडीको उपाधि धरान महिला फुटबल क्लबकी कोपीला लिम्बु घोषित
भए । उपाधि विजेता र उपविजेता टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । धरान महिला फुटबल क्लबको आयोजना र शेम परी सेलुन एन्ड स्पा धरानको प्रायोजकमा उक्त एक दिने खेल धरान १७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा सम्पन्न भएको हो । महिलाहरुलाई फुटबल खेलमा प्रोत्साहन गर्नका लागी खेलको आयोजना गरिएको धरान महिला फुटबल क्लबकी अध्यक्ष भगवती राना मगरले बताउनुभयो ।
अन्तरकप फुटबल प्रतियोगितामा तीन वटा टिमहरु सहभागी भएका थिए ।

