धरान÷नेपाल भारत सीमा नापी टोली सर्वेक्षण नं. २ र भारत नेपाल सीमा नापी टोलीको संयुक्त कार्यदलले सप्तरीदेखि चितवनसम्मका सीमा स्तम्भहरु निरीक्षण, मर्मत सम्हार, नयाँ सीमा स्तम्भ
राख्ने कार्यलाई तिब्रता दिएका छन् ।
तीन बर्ष अगाडि देखि दुवै देशका संयुक्त टोलीले फिल्डमा गएर कति सीमा स्तम्भहरु दुरुस्त छन्, कति जमिनमा भासिएका छन् कति टुटे फुटेका छन्, कति खोलाले बगाएका छन्, कति पूर्ण रुपले नष्ट भएका छन् भनेर सर्भे रेकर्ड तयार गरेपछि हालको चैथो चरणको कार्य अगाडि बढेको सर्वेक्षण नं. २ फिल्ड टिम प्रमुख रमेश ज्ञवालीले जानकारी दिनुभयो ।
पर्सा जिल्लाको वीरगञ्जमा टुरमुकाम स्थापना गरेर कार्यलाई अगाडि बढाइएको नेपाली टोलीले हाल पर्साको मिर्जापुर, वाराको सिम्रौनगढमा नयाँ पिल्लर
राख्ने, मर्मत गर्ने कार्य गरिरहेको छ । ज्ञवालीका अनुसार पर्सा जिल्लामा काम गरेको तीन बर्ष भयो । नेपाली र
भारतीय टोलीले सप्तरीदेखि चितवन सम्मका ४११२ पिल्लर निरीक्षण, मर्मत र पुनस्र्थापनाको कार्य गरिरहेको छ ।
भारतीय सीमा नापी टोलीमा मंजुल मंगाई रहनु भएको छ र दुवै पक्षका टिममा ९÷९ जना रहेका छन । नेपाली सीमा नापी टोली प्रमुख रमेश ज्ञवालीले दिनुभएको जानकारी अनुसार सप्तरी जिल्लामा मुख्य पिल्लर ३५, सब्सीडरी पिल्लर ३३३, साना पिल्लर २८३ गरी ९५१ वटा रहेका छन् ।
यसैगरी सिराहामा मुख्य पिल्लर २५, सब्सीडरी १५, साना ३४६ गरी जम्मा ३८६, धनुषामा मुख्य २४, सब्सीडरी २६, साना ४४३ गरी ४९३, महोत्तरीमा मुख्य पिल्लर २२, सब्सीडरी ३१, साना १९२ गरी २४५, सर्लाहीमा मुख्य पिल्लर २५, सब्सीडरी ४८, साना २६४ गरी ३३७, रौतहटमा मुख्य पिल्लर १५, सब्सीडरी २९, साना ११५ गरी १५९, पर्सामा मुख्य पिल्लर ४७, सब्सीडरी ४७, साना ९५५ गरी १०४९, बारामा मुख्य पिल्लर ३३, सब्सीडरी ६४, साना ५८८ गरी ६८५ र चितवनमा मुख्य पिल्लर १८, सब्सीडरी ७९ वटा रहेका छन् भने साना पिल्लरहरु राखिएका छैनन् । यस बर्ष सप्तरी, सिराहा, रौतहटका सीमा स्तम्भहरु निरीक्षण गर्ने काम मात्र भएको समेत टोली प्रमुख ज्ञवालीले बताउनुभयो । सप्तरीदेखि रौतहट सम्म तीनै प्रकारका पिल्लर गरी २२७१ र पर्सा, बारा र चितवनमा गरी १८४१ सीमा स्तम्भहरु रहेका छन् । पर्सा जिल्लामा मात्र हालसम्म ४० वटा नयाँ स्तम्भ, बारामा ५४० वटा गरी ५८० नयाँ सीमा स्तम्भहरु निर्माण भइसकेको ज्ञवालीले बताउनुभयो ।
पर्साको केही स्थानमा सीमा स्तम्भ सम्बन्धमा विवाद देखिएको छ नि त भन्ने सम्बन्धमा नेपाली टोली प्रमुख ज्ञवाली भन्नुहुन्छ वास्तवमा त्यो विवादै होइन । त्यो व्यक्तिगत स्वार्थ र राजनैतिक स्वार्थले उब्जाएको विवाद हो । दुई देशले एग्रि गरेको डकुमेन्ट्सको आधारमा सीमा स्तम्भ सम्बन्धी काम हुन्छ । द्य।ध्।न्। अर्थात बाउन्ड्री वर्किङ्ग ग्रुपले नीतिहरु बनाउँछ, नम्सहरु तयार गर्छ । सुगौली सन्धी पश्चात तयार पारिएको नक्साको आधारमा द्य।ध्।न्। को मिटिङ्ग एकपटक नेपालमा बस्छ अनि अर्को पटक भारतमा बस्छ । अर्थात पालैपालो बैठक बस्छ । त्यसले तयार पारेको नीतिगत कुराहरु क्।इ।ऋ। (सर्भे अफिसियल कमिटी) लाई दिन्छ । क्।इ।ऋ। ले फिल्डमा गएर त्यो पिल्लर मर्मत गर्ने, निर्माण गर्ने भनेर निर्देशन दिन्छ । त्यसैको आधारमा प्रक्रिया अगाडि बढ्छ । कसैले कसैको एक इन्च भूमि पनि मिच्ने कुरा आउँदैन, ज्ञवालीले भन्नुभयो ।

