विराटनगर÷नेपालस्थित भारतीय
राजदूत मञ्जिव सिंह पुरीले नेपालको प्रदेश नं. १ लाई भारतले सर्वाधिक महत्वका साथ हेरेको बताउनु भएको छ ।
मोरङ्ग कटहरी गाउपालिका वडा नं. २ मा पशुपति शिक्षा प्रचार समितिद्वारा निर्माण गरिएको अत्याधुनिक पशुपति शिक्षा मन्दिर (विद्यालय)को आइतबार उदघाटनका क्रममा राजदूत पुरीले उक्त कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो–नेपालको प्रदेश नं. १ भारतका तीन वटा राज्यसँग जोडिएको छ । विहार, बंगाल
र सिक्किमसँग जोडिएकैले यस प्रदेशको विकासलाई भारतले नजिकबाट नियालेको समेत प्रष्ट पार्नुभयो । यो प्रदेशको समग्र विकासले भारतलाई समेत प्रभावित पार्ने उहाँले प्रष्ट पाुनभयो । शिक्षाका लागि भारत सरकारले आÏना राज्यमा गरेको कार्यको दृष्टान्त दिँदै शिक्षा नै विकासको मेरुदण्ड भएको उहाँले बताउनुभयो ।
विराटनगरका शिक्षाप्रेमी, उद्योगी, व्यवसायीहरुको पहलमा दुई करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको दुई तलाको अत्याधुनिक १६ कोठे भवनको प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको थियो । उद्योगी, व्यवसायीहरुले कटहरी–२ मा ३ कट्ठा १५ धुर जग्गा खरिद गरी १२ हजार स्क्वायर फुटमा निर्माण गरिएको पशुपति शिक्षा मन्दिरमा शिक्षक, प्रद्यानाध्यापक, लेखा शाखा, मिटिङ्गहल समेत रहेको छ । हल नवनिर्मित भवनमा २ सय ६७ जना छात्रछात्राहरु अध्ययन गरिरहेका छन भने पशुपति शिक्षा प्रचार समिति (गुठी) ले नेपालका ३५ स्थानमा त्यस प्रकारको विद्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।
सो अवसरमा बोल्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले भन्नुभयो संघीयतालाई मजबुत र बलियो बनाउन शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । प्रदेश नं. १ ले आगामी दिनमा यही कुरालाई ध्यानमा राखेर कानुनहरु निर्माण गर्ने मुख्यमन्त्री राईले प्रष्ट पार्नुभयो । यसैगरी प्रतिनिधिसभाका सांसद शिवकुमार मण्डलले भन्नुभयो अबको शिक्षा
पुरातन खालको नभएर रोजगारीमुलक एवम् प्राविधिक हुनुपर्छ । विद्यालय निर्माण समितिका अध्यक्ष दिनबन्धु गोयलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष बेनीगोपाल मुन्घडा, कटहरी गाउँ पालिकाका अध्यक्ष रामकुमार कामत, भारतीय राष्ट्रिय स्वयम् सेवक संघका दत्तात्रेय होसवल, पशुपति शिक्षाका प्राचार्य महासम शर्मा लगायतले शिक्षाको महत्वमाथि जोड दिनुभएको थियो ।

