खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी

झापा । सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आगलागी भएको छ । आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।
आइतबार राति शुरु भएको आगलागी सोमबार बिहान मात्रै नियन्त्रणमा लिइएको थियो । संस्थाका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सभाकक्षका झ्याल, ढोका र सम्पूर्ण फर्निचर नष्ट भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिएका छन् । आगलागीको कारण भने खुल्न नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया