धरान÷ पछिल्ला समय कृषकहरुले कीराको प्रकोपबाट बच्न प्रतिबन्धित विषदीको प्रयोग गर्न थालेका छन् । सुनसरीमा समेत प्रतिबन्धित विषादी प्रयोग गर्ने कृषकहरुको संख्या उल्लेख्य रुपमा पाइएको छ । जनचेतनाकै कमीका कारण आफूखुशी प्रतिबन्धित औषधि प्रयोग गर्दा मानव स्वास्थ्यमा गम्भीर असर पर्दै गएको छ भने अर्कोतर्फ माटोको उर्वरा शक्तिमा समेत ह्रास आउने क्रम बढ्दो छ ।
इनरुवा उपमहानगर पालिका वडांं १० का वडाध्यक्ष सुल्तान मियाले कीराको प्रकोपबाट आफ्नो बालीलाई बचाउन तथा उत्पादन बृद्धि गर्नकै लागि नेपालमा प्रतिबन्धित गरिएको विषादी भारतबाट ल्याएर आफ्नो बारीमा प्रयोग गर्ने गरेका छन् । भारतका विभिन्न स्थानबाट लुकाई, छिपाई ल्याएर प्रयोग गरेको विषादीले क्षणिक लाभ लिने गरे पनि दीर्घकालीन रुपमा यसले स्वास्थ्य र उत्पादनमा असर पु¥याउनेछ । तर उनीहरुलाई विषादी हाल्दाको बेफाइदाका विषयमा भलिभाति ज्ञान छैन ।
त्यसो त उनीहरुलाई विषादीका विषयमा कुनै कृषि प्राविधिक गएर बुझाउने गरेका छैनन् । उनीहरुलाई बुझाउ नकसेकै कारण बर्षेनी यसी प्रतिबन्धित विषादीको प्रयोग गर्ने गरेको स्वय् कृषकहरुको भनाईले स्पष्ट पारेको छ । इनरुवा १० का कृषक सहनी साहले बर्षौदेखि आफ्नो बारीमा प्रतिबन्धित विषादी प्रयोग गर्ने गरेको बताउनुभयो ।
यी दुई त प्रतिनिधि पात्र मात्र हुन् यहाका अधिकांश कृषकहरु नेपालमा प्रतिबन्धित गरिएको विषादी भारतबाट समेत ल्याएर प्रयोग गर्ने गरेका छन् । उत्पादन बढाउन र किराको प्रकोपबाट उत्पादन गरेको सामाग्रीलाई बचाउनकै लागि विषादीको प्रयोग गर्ने गरेको उनीहरु बताउछन् ।
जिल्ला कृषि कार्यालय सुनसरीको तथ्याङ्क अनुसार हरेक वर्ष विषादीको प्रयोग बढिरहेको छ । जस अनुसार २०७२ सालमा झोलजन्य विषादी ७ हजार ५ सय लिटर प्रयोग भएको थियो भने पाउडर जन्य विषादी २ हजार ५० टन प्रयोगमा आएको थियो । २०७३ मा बढेर झोलजन्य मात्रै ९ हजार लिटर पुग्यो भने पाउडर जन्य २ हजार ४६० टन पुग्यो । २०७४ मा ५ प्रतिशतले मात्रै घटेर झोलजन्य विषादी ८ हजार ५५० लिटर र पाउडर जन्य २ हजार ३३७ टन प्रयोग भएको देखिन्छ । कतिपय प्रतिबन्धित विषादीहरु खुल्ला बोर्डरका कारण भारतबाट
आइरहेको कृषि कार्यालय नै
स्वीर्काछ ।
नेपालमा क्लोरोडेन, डिडिटी, डाइअल्डिून, इन्डिन, अल्डिून, हेप्टाक्लोर, मिरेक्स, इण्डोसल्फान, टोक्साफेन, विएचसी, लिन्डेन, फस्मामिडन, मिथायल माराथायन, अर्गेनोमर्करी क्लोराइड, मोनोक्रोटोफस, र फोरेट जस्ता विषादीलाई प्रतिबन्धित लगाएको छ । यति हुदाहुदै पनि नेपाल भारतको खुल्ला सीमानाको फाइदा उठाउदै लुकाइ छिपाई कृषकले नेपाल भित्र्याउने गरेको जिल्ला कृषि विकास कार्यालय सुनसरीका बरिष्ठ कृषि विकास अधिकृत राजकान्त झाको भनाई छ । विषादीको प्रयोगले बर्षेनी माटोको उर्वरा शक्तिमा ह्रास ल्याउनुका साथै मानव स्वास्थ्यमा समेत गम्भरि असर पार्ने
गरेको उहाको भनाई छ ।
विषादी प्रयोग गरेको तरकारी, फलफूल लगायतका कृषि उत्पादन प्रयोग गर्दा मुर्छा पर्ने, झाडापखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्युसम्म हुने सम्भावना बढेर जाने चिकित्सकहरुको भनाई छ । यसका अलावा यसले अन्धोपना, क्यान्सर, ट्यूमर, नपुङ्सकता, बाझोपन, विकृत वच्चाको जन्म,
शरीरका विभिन्न अङ्गहरुमा असर, नशा सम्वन्धि समस्या जस्तै पक्षघात जस्ता दिर्घकालीन समस्या निम्तिने गरेको पाइएको छ ।
विश्वमा हरेक वर्ष ४ करोड मानिस विषादीको प्रयोगबाट प्रभावित हुने र्र बार्षिक ३ लाख भन्दा बढीको मृत्यु हुने गरेका विश्व स्वस्थ्य सगठनको तथ्यांकमा उल्लेख छ । यसमा पनि हाम्रो जस्तो विकासोन्मुख मुलुकमा त झन यसले विकराल रुप लिएको छ । यस सम्बन्धमा कसैले ध्यान नदिने हो भने कृषिमा आधारित हाम्रो देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै जाने एकातिर छ भने भने अर्काेतर्फ विषादीको प्रयोगले मृत्यु हुनेको संख्यामा समेत वृद्धि हुदै जानेछ । यसतर्फ सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ ।
