पूर्व राजा ज्ञानेन्द्र शाह दमकमा

दमक÷नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तीनहप्ते निजी भ्रमणको क्रममा आइतबार दमक आइपुग्नु भएको छ । पूर्वराजा शाह झापाको भद्रपुर विमान स्थलमा ओर्लना साथ हजारौको संख्यामा स्वागतका लागि उपस्थित सर्बवाधारणले राजा आउ देश बचाउ भन्दै नारा लगाएका थिए ।
एयरपोर्टमा सर्वसाधारणबाट नाराबाजी भएपछि सुरक्षा अवस्था सम्हाल्न
प्रहरीलाई हम्मे हम्मे परेको थियो । भद्रपुर विमान स्थलबाट शाह दमकस्थित आफनै स्वामित्वमा रहेको हिमालयन टि स्टेट आइपुग्नु भएको थियो । पूर्व राजा शाह निजी भ्रमणमा आउनु भएको शाहका स्वकीय सचिव सागर तिम्सिनाले जानकारी दिनुभएको छ । तिम्सिनाका अनुसार शाहसँगै पूर्व वडामहारानी कोमल समेत रहनु भएको छ । निजी भ्रमण भएकोले तीन सातासम्म कुनै अ‍ैपचारिक कार्यक्रम तय भएको छैन । यद्यपि, पूर्व राजासँग भेटघाटका लागि हजारौ सर्वसधारण यतिबेला दमकस्थित टि–स्टेटमा पुग्ने गरेको तर कसैसँग भेटघात नभएको उहाँले बताउनुभयो । राजदरबार सम्वाद सचिवालयका सचिव डा. फणिन्द्र पाठकका अनुसार पूर्व राजाको पहिलो हप्ता कुनै
प्रकारको कार्यक्रम तय भएको छैन दोस्रो सातादेखि केही औपचारिक कार्यक्रमहरुमा सहभागी हुन सक्नुहुने उहाँले संकेत
गर्नुभयो ।
यसभन्दा अगाडि पूर्व राजा साह तीन हप्ता भन्दा बढी समय नेपालगञ्जको भ्रमणमा रहनु भएको थियो । सोही क्रममा उहाँले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटघाट गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया