अब गोरखाको पा“चौ शाखा धरानमा

धरान÷ऐतिहासिक एवम् सुन्दर नगर
धरानबाट गोरखा डिपार्टमेन्ट स्टोरले यही फागुन २५ गतेदेखि आÏनो पाँचौ शाखा सञ्चालनमा ल्याउने भएको छ ।
उक्त कुराको जानकारी दिन सोमबार
धरान ८ धनकुटे रोडस्थित गोरखा डिपार्टमेन्ट स्टोरको नव निर्मित आलिशान भवनमा आयोजित पत्रकार सम्मेलनमा स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यले भन्नुभयो हामी धरानबाट पाँचौ शाखा शुक्रबारदेखि विधिवत रुपमा सञ्चालनमा ल्याउँदै
छौं ।
वि.सं. २०५६ साल असार २ गते १४ जना कर्मचारी र केही हजार आइटम लिएर शुरु भएको गोरखा डिपार्टमेन्ट स्टोरले यस अघि नै विराटचौक, पथरी, दमकमा आफना शाखाहरु विस्तार गरिसकेको छ । धरानमा सञ्चालन हुन लागेको डिपार्टमेन्ट स्टोर १ लाख ४२ हजार स्वायर फुटमा फैलिएको छ भने दुई वटा सुविधासम्पन्न मल्टी फलेक्स स्क्रिनको सिनेमा हल, सेभेन लेभेन टाइपको मिनि सो, ८ सय मोटरसाइकल र १ सय साना सवारी साधन अट्न सक्ने दुई तलाको अण्डरग्राउण्ड पार्किङ्ग, धरानको मात्र नभएर टाढाटाढा सम्मको
रमणीय दृश्यहरु अवलोकन गर्दै विभिन्न भेराइटीको स्वाद लिने आकर्षक किचन आदि गोरखा डिपार्टमेन्ट स्टोरका आकर्षक पक्ष हुन । अण्डर ग्राउण्ड Ïलोरमा रहेको सेभेन लेभेन टाइपको मिनि सो जापानी ब्राण्ड भएको र यसका शाखाहरु आज संसारभरि गरेर २७ सय रहेका छन् । पूर्वाञ्चलमा यो ब्राण्डको सामान अन्यत्र नपाइने र यसको आधिकारिक विक्रेता गोरखा डिपार्टमेन्ट स्टोर नै रहेको प्रबन्ध निर्देशक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । दुई सिनेमा हल जसमा २ सय ६५ र २ सय १६ जना अटन सक्ने क्षमता भएको र त्यसको साउण्ड सिस्टम र प्रोजेक्ट अमेरिकाबाट आयात
गरिएकाले अत्यन्तै स्तरीय रहेको जानकारी गराइएको थियो । यसका अलावा ६ लाख भन्दा बडी आइटम, दुईवटा सेमिनार हल र बैंकेट हल समेत डिपार्टमेन्ट स्टोरमा रहेका छन् ।
ग्राहकको सेवा र सुन्तुष्टिलाई नै आÏनो सफलता मान्दै आएको गोरखा डिपार्टमेन्ट स्टोरले धरानको पाँचौ शाखमा २ सय ५० जनालाई रोजगारी दिने जनाएको छ । बेकरी, शुद्ध पानी, दूधजन्य पादार्थको आफै उत्पादन गदै आएको गोरखा डिपार्टमेन्ट स्टोरले आÏना अन्य शाखामा झण्डै ११ सयलाई प्रत्यक्ष
रोजगारी उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया