नवलपरासी नेपाली कांग्रेसका युवा नेता एवंम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको बिशेष पहलमा अपहरणमा परेका एक भारतीय बालकको सकुसल उद्धार भएको छ ।
ठुठीवारीका कपडा ब्यवसायी बबलू निगमका ७ बर्षिय छोरा आयुस निगम गत बिहीबार ठुठीबारी बजारबाट अपहरणमा परेका थिए । कडेलको पहलमा नेपाल प्रहरी तथा भारतिय सुरक्षाकर्मीको विशेष सहयोगमा नेपालसँग सिमा जोडिएको बिहार राज्यको वाल्मीकीनगर जङ्गल क्षेत्रबाट बालकको उद्धार गरिएको हो ।
बालकको सकुसल उद्धारकालागी पुर्व गृह राज्यमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य देबेन्द्रराज कण्डेलले नेपाल र भारत दुबै क्षेत्रका सबै
सुरक्षाकर्मीसँग समन्वय गरेका थिए ।
ठूठीबारीमा रहेको राधाकुमार ईन्टल कलेजको प्रबन्ध सन्चालक समेत रहेका कण्डेलले बालकको अपहरण भएको थाहा पाएपछि आफ्नो दायित्व महशुस गरी दुबैतिरका माथिलो तहका सुरक्षा अधिकारीसँग समन्वय गरी बालकको सकुसल उद्धार गर्न पहल गरेको जानकारी दिनुभयो ।
यसैबिच बालकका अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विहारको टंकीबजारबाट वालकको उद्वार गर्ने क्रममै अपहरणकारीलाइ नियन्त्रणमा लिइएको हो । भारतको पुलिस डिपार्टमेन्ट स्कवाईट टिमका प्रभारी दिलिप सिंह, ठुबारीका कोतवाल बृजनन्दन सिंह र नेपालको प्रहरीको संयुक्त टिमले ति अपहरणकारीहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा नवलपरासी बर्दघाट सुस्ता पुर्व बिनयी त्रिवेणी गाउंपालिका रानीनगर निवासी निरज श्रेष्ठ, भारतको विहार प्रदेश बालमिकी नगरका राधव यादव, भारतको उत्तर प्रदेश ठुठीबारी निवासी राजेश निगम, ठुठीबारीकै निवासी सोनु निगम छन् ।
उनीहरूलाई अपहरण मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको ठुठीबारीकका कोतवाल बृजनन्दन सिंहले बताए । बालक आयुस निगम गत विहिवार दिउसो ठुठीबारी बजारबाटै गायब भएका थिए । बालकलाई अपरिचित व्यक्तिले आफनो मोटरसाईकलमा चढाई अपहरण गरेपछि पिडित पक्षको घरपरिवार र ठुठीबारी बजारमा हल्ला भएको थियो ।
बालक अपहरणमा परेपछि बालकको बुवा बब्लु निगमसंग १ करोड नेपाली रुपियाको डिमांड भएकोे थियो । बालकलाई अपहरण गरी नेपालको भुमी हुदै भारतको विहार राज्यको भैसालोट क्षेत्रमा लुकाइएको थियो । व्यापारी बब्लु निगम संग १ करोड रुपिया माग गर्दै बालकलाई फिर्ता गर्ने अपहरणकारीको डिमांड आएपछि नेपाल भारतको प्रहरीले संयुक्त रुपमा यस घटनाको अनुसन्धान गरिरहेको थियो ।
दुबै पक्षका प्रहरीले विभिन्न सुराकी अपनाउदै अपहरणकारीको खोज तलास गर्ने र अपहरणकारी समुहलाई नियन्त्रणमा लिन विभिन्न शुत्र प्रयोग गरिरहेका थिए । पिडित पक्षले अपहरणकारी समुहको धम्कीले घटनालाई लुकाउन खोजेपनि प्रहरीको अनुसन्धान भने जारी नै थियो । बालक अपहरण भएपछि ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीले यस घटनामा संलग्न हुन सक्ने शंकाको आधारमा
ठुठीबारीकै एक जना युवकलाई नियन्त्रणमा लिई सोधपुछ गरिहेको थियो ।
बालकलाई अपहरण गरेको उक्त समुहले टंकी बजारमा पैसा लिएर आउन बालकका बुवा बब्लुलाई बोलाएका थिए । व्यापारी बब्लुले अपहरणकारीलाई डिमांड रकम दिने र बालक लिने क्रममा दुबै पक्षको प्रहरी मिलेर ती अपहरणकारीलाई नियन्त्रण लिएका थिए ।
बब्लु निगम ठुठीबारीका सबैभन्दा ठुला व्यापारी हुन् । बब्लुले आफनै निवासमा कालिका बस्त्रालय खोली व्यापार गर्दै आएका छन् । उनले भारु र नेपाली रकमको बट्टा लिई साटासाट गर्ने कारोबार पनि गर्दै आएका छन् । यसै व्यपारबाट उनी करोडौं रकम कमाएको स्थानीयबासी बताउँछन् । उनको सम्पत्ति र कमाई देखेरै उनको
छोरो आयुसलाई अपहरण गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
