बनौ बनौ लाग्या छ
हिजो आज घण्टाघरलाीई नि पर्धानन्याधीश बनौ बनौ लाग्या छ रे † यो कलियुगमा पनि के के सुन्नु प¥या हो । मन लादैमा जे चाहियो त्यही बन्न पाइने हो र ? पुपृराँ नि लेख्या हुनुपर्छ । जे बन्ने कहो त्यसका लागि त्यही अनुसारको योग्यता नि हुनुप¥यो । अब त्यो घण्टाघरलाई पर्धान न्यायाधीश बन्न मन लाग्यो भन्दैमा हुने हो र ? त्यसका लागि कम्ता योग्यता चाहिन्छ ? नेताहरुलाई वान्ता आउन्ज्याल माल खुवाउन सक्ने जेथो हुनुप¥यो, दुई दुईवटा नागरिकता हुनुप¥यो, एसएलसी भन्दा माथिको सर्टिफिकेट भए त्यसको कामै लाग्दैन । एसएलसीसम्मको सिटिएफिकेटमात्र चाहिन्छ । यसभन्दा बाहेक सबैभन्दा ठूलो योग्गताचाहिँ चार चारवटी कन्यालाई भि¥याएको हुनुपर्छ । अरु पनि थप योग्यताहरु चाहिन्छन् । तर मुख्य योग्यताचाहिँ यिनै हुन् । यी सबै योग्यता जो कोहीमा हुँदै हुँदैन । जोसँग छन् त्यसले त्यो पद पाउने हो । इतिश्री स्कन्द पुराण्े माममात्मे, कदार खण्डे..
अस्तु ।
स्मार्टसिटी बनाउने वेपत्ता
स्थानीय निर्वाचनमा मेयर उपमेयरमा उमेद्वारी दिएका गजधम्बे पार्टीका लोकल नेताहरुले कम्ता गजबका घोषणापत्र निकालेका थेनन् । भाषन पनि ख्याल काइदाको गर्दैनन् थिए । धेरैले सहरलाई स्मार्ट सिटी बनामछम् भन्थे । कसैले सोलाक्त परेका फराकिलो बाटो बनामछम भन्थे, कसैले आकाशे पुल बनामछम भन्थे , अरु पनि के के भन्थे भन्थे । तिन्का भाषन सुनिरम जस्तो लाग्दो । तिन्का भाषन सुनेर जन्ताले नि ग्वाम–ग्वाम भोट लाइदिए । तर अहिले त्यसरी भाषन गर्नेहरु खुरुरु नगर पाकिलिकको गाडीमा दौन्छन्, ट्वाइलेटदेखि लिएर कसैका घर उद्घाटन गर्न पुग्छन् । स्मार्टसिटटीको कुरा त तिन्का खपराँबाट हराइसक्या छ । पहिला भाषन ग¥या
कुरा उनेरु याद गनै चाहँदैनन् । कसैले सम्झाइदियो भने नि त्यसै त्यसै तिनका प्रेसर हाइ भएर आउँछ । जोगी हुन कान चिरेकै हुनुपर्छ भन्थे हो रै’छ ।
राष्ट्रपतिको लिगलिगे दौड
काम पनि छैन, काज पनि छैन, खाने बेलामा लाज पनि छैन भन्ने विना अपजसे सोलिड पदचाहिँ नेपालका
राजनैकि दलहरुका लागि राष्ट्रपति नै रै’छ । शितल निवासाँ ढलीमली गर्न पनि पाइने, छुट पनि खाइने भत्तो पनि कुस्तै पाइने, कानुनले नि लछारपाटो नलगाउने, जस अपजसको भागिदार पनि हुनु नपर्ने सोलिड पद त राष्ट्रपतिकै रै’छ । अहिले त्यी पदका लागि झालेमालेका झल्लाझलु, सुचने, माउवादीका बादलमात्र नभएर अहिलेकै राष्ट्रपति पनि फेरि दोहो¥याउन ग्रिन सिंगल दिइसक्या छन् । साठी र चालीसको भागबण्डामा चास्नीमा टाँसिएको माउवादीले राष्ट्रपति हाम्लाई चाहिन्छ भन्दै बादललाई लिगलिगे दौडमा सामेल गराएको छ । हेरौ गिलगिले दौड कस्ले उछिन्दो रै’छ ।
कुन नक्कली कुन सक्कली
त्यो घण्टाघर आजकल निक्कै द्विविधामा देखिन्छ । अब हेरौ न डा. गोविन्द केसीलाई मध्यरातमा पुलिसका बथान पठाएर चार जोइका पोइले
गिराÏतार गर्ने आदेश दिएछन् । आदेश पाएसी विचारा पिप्साहरु मध्यरातको जोडो समेत नभनी साह«ै मेहनत गरेर केसीलाई अँठ्याएर लगेछन् । केसीलाई पक्रेको कुरा एक कान दोकान मैदान भयो । नेप्लीज काँग्रेसका होनहार नेता गनगने थापाले माइतीघर मण्डलामा पुगेर भनेछन् सक्छौ भने हामी सबैलाई मानहानीको मुद्धा लगाउ । त्यसैबेला काँग्रसका अर्का बेकामे नेताले अज्ञात स्थलबाट चार जोइका पोइको समर्थन गर्दै डा. केसीलाई तथानाम गाली गरेछन् । तिन्ले केसीलाई नानीमैयाको पुलिंग अबतार सम्म भन्न भ्याएछन् । पक्कै पनि नानी मैया र नीधिको बीचमा पहिला कुनै कनेक्सन हुनुपर्छ । त्यो घण्टाघरको द्विविधाचाहिँ के हो भने गगन थापा र नीधि दुवै कँग्रेस । तर कुन नक्कली हो र कुन सक्कली हो भन्ने चाहिँ छुट्याउनै गाह«ो प¥यो ।
किन उफ्रिएका होलान्
हिन्दीमा एउटा उखान छ चोर चोर मैसेरे भाई । हिजोआज हिन्दीको त्यो उखान नेपालका ठूल्ठूलै नेताहरुमा समेत लागू भएको छ । पदमा छउन्ज्याल तस्कर र माफियाहरुको दाहिने हात भएर काम गर्ने नेप्लीज काँग्रेसका नुवाकोटे हरुवा नेता रामशरण महतले् भन्या जुलुस निकालेर, अनसन बसेर अदालतको काम कारबाही प्रभावित पार्न पाइँदैन रे । उन्ले यस्तो चेतावनी डा. गोविन्द केसीलाई द्या रे । अनसन बसेर महात्मा गान्धीले भारतबाट अंग्रेजलाई लेख्याट्या थे, जुलुस निकालेरै नेपालमा प्रजातन्त्र गनतन्त्र आको महतले भुसुक्कै बिर्सेछन् । केसीलाई प्रक्राउ गर्न महतको समेत भित्री साँठगाँठ छ कि क्या हो ? केसीले अनसन बस्दा, सडकमा जुलुस निस्कदा महराको खप्पर किन भारी भएर आएको होला ? पदमा बस्दा कम्बल ओेढेर घ्यु खान माहिर महतको पराजुली बासँग भित्री साँगगाँठ त छैन ? अब जन जनले खोतल्नु पर्ने पो भयो त ?
सडकमा हेर्न चाहेका रे
जरै कुहिएर मसिन लागेको राप्रपाका अध्येक्षे कमलाउ हिजो आज सपना विपना जतिखेर नि बर्बराउन थाल्या छन् । विचारा किन नबर्बराउन त ? अरु भैदिया भे पागलखानामै पुगिसक्थे । काँग्रेसको बुइँ चढ्दा पनि आफ्नै गाम घरबाट सात बल्ड्याङ्ग पछारिएपछि बर्बराउनु त स्वभाविक हो । कहिले ग्रहदशा बिग्रकाले चुनाउ हारेको भन्छन् त कहिलेजन्ताले हाम्लाई सदनमा होइन सडकमा हेर्न चाहेकाले चुनाउमा हारेको फुई लगाउँछन् । बाहिर फुई लगाए पनि भित्रचाहिँ भक्कानिएर आएको होला विचाराको । कमलाउलाई भलिभाँति थाहा होला अब जन्ताले राप्रपालाई सडकमै राख्छन् । उपप्रधानमन्त्री हुँदा समेत राज्येको स्रोत साधन दोहन गर्दा समेत जन्ताले लोपा खुवाइदिएको
कुरा कमलाउने किन बुझपचाएको होला ?
मास्तिर थुक्दा..
मास्तिर थुक्दा त्यसको छिटा आफ्नै अनुहारमा पर्छ भन्ने त सबैलाई थाहै होला । हिजो आज एकथरी मानिसहरु पूर्व डिआइजी नवराज सिलवालको हात धोएर पिँध पखाल्ने धन्दामा लाग्या छन् । ललितपुरका जन्ताले भारी मतले जिताएर आफ्नो नेता स्वीकारी सकेको तिन्लाई पचेकै रै’नछ । डा. गोविन्द केसीलाई झैँ सिलवाललाई फँसाउन पराजुली बाजेको निर्देशनमा फर्मान जारी गरिएछ ।
जोरी पारीलाई अब के चाहियो ? त्यसैलाई महाभारत बनाएर पिँध पखाल्नेहरु सिलवालका पछि लाग्या छन् । अहिले पिँध पखाल्नेहरु भोलि सिलवालका अघि पछि ज्यू हजुरी गर्दै पुगे भने अचम्म नमाने हुन्छ । आखिरी खप्रओले सिलवाललाई घरेलु मन्तरी बनाइदिने भनेकै छन् घरेलु मन्तरी भएसी पिँध पखाल्नेहरुको चाकडीको लाम देखिने छ आखिरी यस मुलुककाँ असम्भव भन्ने कुरा छँदै छैन ।
अन्तेमा
यतिबेला तीन करोड नेपालीले पर्धान न्यायाधीशमाथि औलो ठड्याएका छन् । त्यो पनि चोरी औला । बारुलाको गोलामाथि हात हालेपछि त्यसको नतिजा पनि त्यस्तै हुन्छ । सर्वोच्च अदालत नै आफू हुँ जस्तो गरेर अन्टेसन्टे आदेश दिने पराजुलीले अस्तिका दिन रुकुमतिर पुगेर मनको वह पोखेछन् । उनको नागरिकता, शैक्षिक प्रमाणपत्रको कुरा भाइरल जस्तै देशैभर फैलिएको छ । रुकुममा पुगेर उन्ले भनेछन् म योग्य भएरै पर्धानन्यायाधीश भा’ हुँ । सडकमा मैले मेरो शैक्षिक प्रमाणपत्र देखाउदै हिड्ने होइन । सबै कुरा त सडकबाटै उठेको हो । अनि प्रमाणपत्र पनि सडकमै ल्याएर देखाउनु पर्दैन त ? आखिरी जनता सडकमै हुन्छन्, कि कसो है पराजुली वा †
